
खप्तड मालिका न्युज,बाजुराः बडीमालिका नगरपालिका वडा नम्बर ७ को वडास्तरीय उत्कृष्ट सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधबार एक औपचारीक कार्यक्रमका बिच वडा कार्यालयको हलमा आयोजित वडास्तरीय उत्कृष्ट सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाको पर्यटन स्वास्थ्य,र शिक्षा, क्षेत्रमा योगदान पुर्याउने दुई जना पत्रकार सहित ४ जना सम्मानित भएका छन् ।

वडास्तरिय उत्कृष्टता सम्मान २०८२ कार्यक्रम अन्तरर्गत वडामा रहेका शैक्षिक,स्वास्थ्य,पर्यटन र टोल सुधारमा योगदान गर्ने पत्रकार सहित संस्थाहरुलाई सम्मान गरिएको वडा सचिव सरिता ठकुल्लाले बताएकी छन् ।सम्मानित हुनेमा बडीमालिका खवरका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्याय,खप्तड मालिका न्युजका अनलाइन सम्पादक गोविन्द्र राज तिमिल्सेना स्थानीय पर्यटन पर्बद्धन पत्रकार सम्मान पुरस्कार २०८२ बाट सम्मानित भएका छन् । त्यस्तै स्थानीय पर्यटन पर्बद्धन संस्थाबाट वाइल्ड बाजुराका मनोज रेग्मीलाई पनि सम्मानित गरिएको हो ।
उनीहरुलाई बडीमालिका ७ भित्रका ऐतिहासिक,प्राकृतिक,धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण,प्रचारप्रसार तथा पर्बद्धनमा पर्यटनको उजागर गर्न पत्रकारीता क्षेत्र मार्फत अहम योगदान पुर्याएकोले सम्मानित गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।
यस्तै शैक्षिक क्षेत्रमा योगदान पुर्याउने सरस्वती आधारभूत विद्यालयका शिक्षक हिरालाल पाध्याय,स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने शहरी स्वास्थ्य केन्द्र ढम्कने प्रमुख राजेश्वरी बुढा र उत्कृष्ट टोल विकास संस्थाका रुपमा सरस्वती टोल विकास संस्थाका दिपेश कुमार तिमिल्सेनालाई दोसल्ला र प्रमाण पत्रले सम्मान गरिएको वडा अध्यक्ष पाध्यायले बताएका छन् । वडाको शैक्षिक,स्वास्थ्य,विकास निर्माण र पर्यटकीय क्षेत्रका रुपमा रहेको कालाजग्रा,पोरखेगढी सहितका क्षेत्रको प्रवद्र्धन तथा प्रचार-प्रसार गर्नेलाई वडा कार्यालयले हरेक वर्ष उत्कृष्ट छनोट गर्दै सम्मान गर्ने कार्यक्रम अघि सारेको वडा अध्यक्ष पाध्याको भनाई छ ।
वडाको विकासका टेवा पुग्ने गरी अहम भुमिका निर्वाह गर्नेलाई वडा कार्यालयले उनीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने निती लिएको अध्यक्ष पाध्यायले बताएका छन् । वडा नम्बर ७ को सामाजिक आर्थिक,ऐतिहासिक,धार्मिक,शिक्षा,स्वास्थ्य,पर्यटनका क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिलाई प्रत्येक बर्ष सम्मान गरिने पाध्यायले बताउनुभयो । साथै उहाँले पत्रकारलाई आगामी दिनहरुमा वडाको विकास समृद्धिमा पत्रकारीता क्षेत्र मार्फत महत्वपुर्ण भुमिका निर्वाह गरि प्रेरणादायी कार्यहरू गर्न समेत आग्रह गरे ।
त्यस्तै मानव विकासको पहिलो आधार शिक्षा भएकोले यसलाई अझै सुधार गर्न आबश्यक रहेको अध्यक्ष पाध्यायले बताए । मानव विकास भएन् भने केही पनि विकास हुन नसक्ने बताउँदै उनले मानव विकासको पहिलो आधार शिक्षा नै रहेको प्रस्ट पारे । माध्यामिक शिक्षा परिक्षामा दुबै बिद्यालयबाट कुनै पनि विद्यार्थी पास हुन नसक्नु गम्भिर कुरा रहेको बताए । विद्यार्थी पास हुन नसक्नुमा कमजोरी पहिल्याई सुधारको बाटोमा लैजान आवश्यक रहेको कुरामा पाध्यायले जोड दिए । त्यस्तै कार्यक्रममा दुबै बिद्यालयका प्रधानाध्यापक द्धय विजयराम पाध्याय र लालचन्द्र जैशीले बिद्यार्थी उत्तिर्ण हुन नसक्नुमा शिक्षकको मात्रै गल्ती नभएको बताए । उनले यसमा अभिभावक,स्वयम् विद्यार्थी त्यस्तै राजनितिक दल पनि जिम्मेवार हुनुपर्ने बताएका हुन् ।
सोही कार्यक्रममा विपत जोखिम न्युनिकरण सम्बन्धी नक्साकंन कार्यक्रम समेत सञ्चालन गरिएको थियो । विपद्पूर्व गरिने जोखिमको विश्लेषण तथा मूल्याङ्कन, विपद् रोकथाम वा विपद्बाट हुने क्षतिको न्यूनीकरण तथा विकासका कार्यमा विपद् जोखिमलाई कम गर्ने सम्बन्धी कार्यको चर्चा गरिएको थियो । वडाभित्र हुने विपत जोखिमलाई न्युनिकरण गर्न प्रकोप तथा जोखिम रहेका ठाउँ,उपयुक्त स्रोत पहिचान गरि पहिचान गरिएका कुरालाई नक्साकंन गरिएको हो ।
वडा अध्यक्ष धर्मराज पाध्यायको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कार्यपालिका सदस्य,लछी विक,वडाका वडा सदस्यहरु,ज्ञानोदय मावि तथा लक्ष्मी माविका प्रधानाध्यापक द्धय विजयराम पाध्याय,लालचन्द्र जैशी,बडीमालिका खवरका कार्यकारी सम्पादक लक्ष्मीराज पाध्याय,खप्तड मालिका न्युजका अनलाइन सम्पादक गोविन्द्र राज तिमिल्सेना,काँग्रेस वडा सभापती गोरख बहादुर धामी,सरस्वती टोल विकास समितिका संयोजक दिपेश तिमिल्सेना,विवेकशिल टोलका संयोजक मोती पाध्याय,लगायत स्थानीयको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव सरिता कुमारी ठकुल्लाले गरेकी थिइन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर