
गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: तीन दशक देखि गित संगीत क्षेत्रमा गितका शब्द बुनिरहेका चर्चित सर्जक,साहित्यकार तथा संगीतकार राजेन्द्र शाह (विपी) र देउडा तथा ठाडीभाका गितमा समधुर श्वर दिएर एकछत्र राज गर्न सफल “काेकलकण्ठी श्वरका धनी”उपनामले चिनिन् सफल चर्चित गायक प्रकाश थापा राष्ट्रिय र प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित हुँने भएका छन्।

विहिवार नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ बाट सम्मानित हुने स्रष्टाहरुको नाम सार्वजनिक गरेको हाे ।जसमा बाजुराका दुई जना सम्मानितकाे सुचीमा परेका हुन्। असार १८ गते बसेको मन्त्री स्तरीय बैठकबाट निर्णय गरेर तीन वटा विधा तर्फका स्रष्टाहरुको नाम सार्वजनिक गरेको छ ।
भाषा तथा साहित्य, संस्कृति, र संगीत तथा नाटक विधामा योगदान पु¥याएका व्यक्तित्वहरूलाई यस वर्षको पुरस्कारका लागि चयन गरिएको हो ।यस बर्ष तीन विधाका २१ जना प्रादेशीक प्रतिभा पुरस्कार र ३ जना राष्ट्रिय गरि २४ जना प्रतिभा सम्मान पुरस्कारका लागि छनोट भएका हुन्। जसमध्ये २ जना बाजुराकै राजेन्द्र शाह विपी र प्रकाश थापा सुचिमा समावेश छन् ।
देउडा गीतको संगीतीक यात्रामा शब्द र स्वरले चर्चा बटुलेका शाह र थापा उक्त पुरस्कारबाट सम्मानित हुने भएका छन्। यस अघि बाजुराकै चर्चित देउडा गायक तथा सर्जक, संगीतकार लालबहादुर थापा पनि सम्मानित हुनु भएको थियाे । राजेन्द्र शाह करिब तीन दशक देखि देउडा गितका शब्द बुनिरहेका छन् भने दुई दशक देखि देउडा गितमा समधुर आवाज दिईरहेका छन् गायक प्रकाश थापा।
हजाराै चलनचल्तीका गीतमा शब्द कोरेका शाह र आवाज भरेका थापा एक अर्काका परिपुरक हुन्।शाह,थापा,र देउडालाई एक अर्काका पर्यायवाची भन्दा पनि फरक पर्दैन्।देउडा मात्रै नभई ठाडीभाका अन्य लाेकदाेहाेरी गितमा मिठा शब्द बुन्ने र आवाज दिने शाह र थापा बाजुराकाे मात्रै नभई देशकै उत्कृष्ट गहनाकाे रुपमा स्थापित हुनुहुन्छ।
बुढिगङ्गामा नगरपालिकामा जन्मेका शाह अहिले कञ्चनपुरकाे महेन्द्रनगरलाई आफ्नो कर्मथलाे बनाएर गित संगीत क्षेत्रमा लागेका छन् । कञ्चनपुर काठमाडौं बसेर गित संगीत क्षेत्रलाई सिराेपर गरेर शाह अगाडी बढेका छन् भने यता गायक थापा आफु जन्मेको माटाे मार्तडीलाई नै कर्मथलाे बनाएर गित संगीत संगै शिक्षक पेशा अगालेर अगाडि बढिरहेका छन्।
शाहले सिर्जना गरेका गितमा सुदूरपश्चिमको मौलिकता र संस्कृति झल्किएको हुन्छ त्यति मात्र नभई जीवन र जगतका अनेक आयामहरू उनले सिर्जना गरेका गितमा भेटिन्छन् त्यस्तै गितमा आवाज भर्ने थापाकाे श्वरबाटै मानिस मन्त्रमुग्ध हुन्छन् । उनकाे आवाजले देउडाकाे संस्कृति संरक्षण र सबैप्रती माया,माेहकाे भाव झल्काई रहेकाे हुन्छ ।
सानाे उमेर देखि नै लेखन र साहित्यमा अभिरुचि राख्ने शाहले हजारौं गितमा शब्द बुनेका छन् भने कवितासंग्रह जस्ता कृति प्रकाशन समेत गरेका छन् । यता सानै उमेर देखि गित सङ्गितमा रुचि राख्ने थापाले २०५६ सालमा पहिलो गित बजारमा ल्याएका थिए । उनकाे पहिलाे गितकाे नाम थियाे,“सुदरपश्चिम विकटै भए नि,सम्झना छ मै मरी गएनी । ”
हरेक बाधा अड्चनका साथ अगाडी बढेका शाहलाई ‘कालीरात’ एल्बमले देउडा गीतको सिर्जनामा आम श्रोतामाझ स्थापित गराउन सफल भएको थियाे । जसले शाहलाई ठुलै हैसला प्राप्त भयो । ०६३ सालदेखि सुदूरपश्चिमका देउडा गायकहरू संग उनको सहकार्य हुन थाल्यो । ‘जसका कारण उनकाे सिर्जनाको यात्राले नयाँ रुप लियाे’ । हिउँचुलिका डाँफ्या, जुग जान्याँ पिरती, रैबार छेक्न्याँ डाँडो, हिमाल राम्रो हिउँले, टाढाको बस्यारो, जस्ता थुप्रै चर्चित गितमा उनले शब्द भरे जसमा समधुर आवाज दिए गायक प्रकाश थापाले।
विभिन्न समस्या बाधा अड्चनलाई झेल्दै सिर्जनाको धरातल नछाेडेका शाह र आवाज भर्न पछि नहटेका थापा अहिले सबैकाे नजरमा पर्ने व्यक्तिकाे रुपमा स्थापित हुनुहुन्छ।सुदुरकाे कला संस्कृति बचाईराख्न तथा देउडाको स्थान जाेगाउन शाह र थापाकाे याेगदान अतुलनीय छ ।’
शाहले चर्चिच गित ‘बाजुरा वैकुण्ठ रैछ’, ‘सेती महाकाली’, ‘समृद्ध संस्कृति’ जस्ता हजारौं संस्कृति, इतिहास र पर्यटन प्रवर्द्धन गर्ने गीत रचेका छन् भने तिनै गितमा आवाज भरेका छन् गायक थापाले ।गाउँघरमा मेलापात तिर घन्किरहने ‘मान्छेको परानी’,सिलगाडी,गङ्गाजल,कर्णालीका छाल,गैरी पिलल ठाली,‘खाउँ भन्या मोइ छैन’, ‘दिपाइलको गडी’, ‘क्वै नेता चीन लाग्या’, ‘कै पुल्ती मार्र्या हौँ’, ‘कन लायो आगाे’ लगायतका ठाडी तथा देउडाभाका गित पनि शाहले सिर्जना गरेका छन् भने गायक थापाले आवाज दिएका छन्।जुन गितले सुदुरकाे माैलिकता झल्काएकाे छ ।
अनेकाै शब्द बटुलेर गित बनाउने निकै खुबी भएका व्यक्तित्व हुन् सर्जक राजेन्द्र शाह । त्यस्तै समधुर आवाज बाटै आम दर्शक श्राेताकाे मन-मुटुमा वस्न सफल व्यक्तित्व हुन् गायक थापा । शाहले सिर्जना गरेका र थापाले आवाज भरेका गितमा सुदुरकाे संस्कृति,सामाजिक सन्देश, र दुख पिडाका वेदना झल्किएका हुन्छन् । शाह र थापाले सिर्जना गरेका र आवाज भरेका संस्कृति संरक्षण गर्ने गित स-साना बालबालिका देखि बुढापाखासम्म नसुन्ने काेही छैनन्। ती गितहरु विभिन्न सञ्चार माध्यम रेडियोहरुमा घन्किरहेका हुन्छन्।
शाहकाे सिर्जना र थापाकाे श्वरले व्यक्तिलाई नजिक तान्छ ।उनका सिर्जना र आवाजले सुदुरपश्चिम मात्रै नभई समग्र गित संगितकाे क्षेत्रलाई पहिचान थप्न मद्दत गरेकाे छ ।उहाँकाे गित संगीत प्रतिकाे माया,माेह,लगाव जिवन्त रुपमा अविस्मरणीय रहिरहने छ । बाजुरेली दुबै प्रतिभाशाली स्रष्टा आज देशैभरि संगीत साधककाे रुपमा परिचित छन्। उनीहरु दर्शक श्राेताहरुकाे माझ प्रेरणाकाे श्राेत बन्नु भएको छ।
मन्त्रालयले सार्वजनिक गरेकाे सुचीमा आफु र गायक थापा परेकाे हुँदा आफु गाैरवान्वित भएको सर्जक शाहले बताएका छन् ।उनले भने,“याे सम्मान दर्शक श्राेताकाे हाे।उहाँहरुकै अपार माया साथ सहयाेगले हामी यहाँसम्म छाै । याे सम्मान हामी दुबैकाे व्यक्तिगत उपलब्धि नभई सुदुरकाे संस्कृति र पहिचानको खम्बा हाे ।”
पुरस्कार घोषणा पछी शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।।
“प्रकाश र म एक अर्काको परिपुरक जस्तो बनेर विगत अढाई दशक देखि हजारौं मौलिक देउडा गीतहरु बजारमा ल्याईरहेका छौं। यसर्थ पनि प्रकाश र मैले संगै यो पुरस्कार प्राप्त गर्नुलाई सुखद संयोग ठानेको छु।”
संगीतकर्मलाई योगदानको रुपमा मुल्याङ्कन गरेर यो पुरस्कार दिने निर्णय गरेकोमा मन्त्रालयको सिफारिस समितीलाई धन्यवाद। म यो क्षणमा मेरा अग्रज तथा मार्गदर्शक स्रष्टाहरुलाई स-श्रद्धा सम्झन चाहान्छु। मेरा समकालीन साथीहरु र अनुज पुस्ताका प्रतिभाहरुलाई पनि स-प्रेम सम्झन चाहान्छु। मेरा सिर्जनालाई मन पराएर मलाई यो मुकाम सम्म पुर्याउन प्रमुख भूमिका खेल्ने मेरा समस्त श्रोता, दर्शक, पाठक, शुभेच्छुक एवम शुभचिन्तकहरु प्रती कृतज्ञता ज्ञापन गर्दछु।
उसरी सम्मान तथा पुरस्कारहरु प्रती म निस्पृह नै रहें, यसको गरिमा, मर्यादा र शुद्धता प्रती सदैव सचेत रहें। तथापि, एउटा गलत भाष्यलाई भत्काउन मैले राष्ट्रीय प्रतिभा पुरस्कार ग्रहण गर्ने मनसाय बनाएँ। चलचित्र, आधुनिक वा दोहोरी बिधामा बीस-तीस वा पचास-साठि गीत लेख्ने-गाउने काठमाण्डौं केन्द्रीत स्रष्टाहरुलाई सँधै राष्ट्रीय पुरस्कार दिइरहने तर सात-आठसय वा हजार-बाह्रसय गीत गाउने-लेख्ने देउडा गीतका स्रष्टाहरुलाई जहिले पनि क्षेत्रीय वा प्रादेशिकमै सिमित राख्ने केन्द्रीकृत मानसिकतालाई तोड्न जरुरि थियो।
थप्दै उनले लेखे “नेपाली भाषाको जननी खस भाषा भए जस्तै नेपाली संगीतको जननी पनि देउडा गीत हो; तसर्थ देउडा गायक र देउडा सर्जक पनि राष्ट्रीय स्रष्टा हुन भन्ने कुरालाई स्थापित गर्न जरुरि थियो। म यो पुरस्कारको निमित्त पात्र मात्र हो, यसलाई समस्त देउडा गीत संगीतको क्षेत्र नै पुरस्कृत भएको अनि देउडा गीतको विधाले राष्ट्रीय महत्व, स्विकार्यता र पहिचान प्राप्त गर्न सानो योगदान पुर्याएको रुपमा लिएको छु। ” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
यता गायक थापाले पनि देउडा क्षेत्र सांगीतिक यात्राकाे बलियाे खम्बा भएकोले यसलाई कसैले भुल्न नहुने बताए ।देउडा गितले समाजकाे सामाजिक रहनसहन,कला संस्कृतिकाे संरक्षणमा ठुलाे सहयाेग गर्ने हुँदा यसलाई सबैले अपनत्व गरेर अगाडि बढ्नुपर्ने कुरामा जाेड दिए।
उनले भने,“याे पुरस्कारबाट सिङ्गाे देउडा क्षेत्रले ठुलाे सफलता प्राप्त गरेकाे छ ।अहिलेकाे वर्तमान समयमा फरक खाले गित जसले समाजमा नकारात्मक प्रभाव पारिरहेकाे अवस्थामा देउडा सर्जक,गायकले याे स्थान पाँउनु देउडा क्षेत्रकाे पहिचान बढेकाे अनुभुती भएको छ ।”देउडा गित सुदुरकाे मात्रै नभई भाषा,कला र सिङ्गाे अधिराज्यकाे शान भएकोले यसलाई ठुलाे शक्तिकाे रुपमा लिनुपर्ने थापाले बताउनुभयो ।
पुरस्कारले सुदूरपश्चिम र कर्णालीको मौलिकतालाई राष्ट्रियस्तसम्म पुर्याउन बलियाे खम्बाकाे रुपमा काम गर्ने विश्वास आफुले लिएको थापाले बताए ।त्याे बेला देउडा गायक थाेरै थिए । अहिले देउडा गाउने कयौँ कलाकार जन्मेका छन्। देउडाप्रतिको आकर्षणले नै देउडामा गायकको संख्या वृद्धि हुँदै गएको शाह र थापाकाे बुझाइ छ ।
देउडा क्षेत्रमा एक पछि अर्काे आकर्षण कायमै रहनु खुशीकाे कुरा भए पनि पछिल्लो समयका कतिपयले देउडामा पप र ¥याप मिसाउन थालेपछि देउडा विकृति थपिदै गएकाे उनीहरुमा चिन्ता छ । समाजमा देउडाकै नाममा नकारात्मक प्रभाव पार्ने गितले संस्कृतिमा विचलन ल्याउने चिन्ता थपिएको उनीहरु बताउँछन्। छाडापनले अहिलेका कतिपय देउडा गीतमा घर-परिवारसँग बसेर सुन्न सक्ने खालका नरहेकोमा उनीहरुकाे दुखेसाे छ ।
‘नयाँ पुस्तामा देउडाप्रतिको मोह छ तर उत्श्रृङ्खल र छाडा गीतप्रति बढी आकर्षण देखिन्छ । जसले गर्दा देउडा गीत र ठेट संस्कृति ओझेलमा पर्न थालेको छ ।’ पछिल्लो पुस्ताहरुले देउडा संस्कृति भुल्दै गएकाे देउडाका नाममा विकृति फैलाउने गित सङ्गीत प्रती सबैकाे चासाे बढेकाेले यसमा गम्भीर हुन आवश्यक रहेकाे सर्जक शाह र थापा बताउँछन्।
नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत हरेक वर्ष राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गर्दै आएकाे छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री यतिवेला बाजुराकै ब्रदी प्रशाद पाण्डे छन्।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर