• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बडीमालिकाकाे नीति: “मनका कुरा” मानसिक स्वास्थ्य कार्यक्रम

खप्तड मालिका न्युज June 26, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गाेविन्द्र राज तिमिल्सेना,बाजुरा: बडिमालिका नगरपालिकाले “मनका कुरा”मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरबासीकाे स्वास्थ अवस्था बुझ्दै नगरले उक्त अभियान सञ्चालन गर्ने भएको हाे।

नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरबासीकाे सम्पुर्णकाे स्वास्थ अवस्था स्वस्थ्य राख्न साे नीति अपनाएकाे हाे । साेहि कार्यक्रम अन्तर्गत नगरले स्मार्ट हेल्थ कार्यक्रम,सबै स्वास्थ संस्थामा टेली हेल्थ सेवा विस्तार,हेल्थ रिमाईन्डर सेवा गर्भवती तथा सुत्केरी लक्षित जानकारी लगायतका कार्यक्रम सञ्चालन गर्ने भएको हाे ।

वडामा मानिसिक स्वास्थ साथी परिचालन,विद्यालय स्वास्थ परिक्षण,हरेक ३ महिनामा विद्यार्थीकाे स्वास्थ चेकजाँच,आयुर्वेद स्वास्थ सेवा,टाेल स्वास्थ सेवा,मुटुराेग,आँखा स्त्रीराेग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हाे।

साथै लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अन्तर्गत नगरमा रहेका एकल महिला र (ग) वर्गका अपाङ्गता भएकाकाे लागी “सामाजिक सुरक्षा भत्ता” कार्यक्रम सञ्चालन गरिने भएको हाे।

नगरपालिकाकाे “सामाजिक सुरक्षा भत्ता” कार्यक्रम अन्तर्गत नगरमा रहेका ५० बर्ष उमेर पूरा भएका एकल पुरुष ४५ बर्ष पुरा भएका अविवाहित एकल एकल महिला र (ग) वर्गका अपांगताकाे लागी सामाजिक सुरक्षा भत्ता कार्यक्रम सञ्चालन गरिने नगर प्रवक्ता धर्मराज पाध्यायले बताए ।

नगरपालिकाको आर्थिक बर्ष २०८२/२०८३ को निती तथा कार्यक्रम मार्फत सो अभियान संचालन गर्ने गरि निती ल्याईकाे र छिट्टै कार्यान्वयन गरिने प्रवक्ता पाध्यायकाे भनाइ छ ।

त्यस्तै “किसान सङ्ग बारीमै अभ्यास कार्यक्रम”,परम्परागत सीपकाे संरक्षण,सिस्नु,गुन्द्रुक,अचार,हर्पिक आधीमा आधारित उद्यम सञ्चालन, एक टाेल एक गुरु अभियान अन्तर्गत कक्षा १२ वा स्नातक उर्तिर्ण स्वयंसेवक मार्फत नैतिक शिक्षा,नवीन प्रविधि,स्थानीय सीप,टाेल सभा र सामाजिक विरुद्धकाे अभियान सञ्चालन गरिने नगर प्रमुख अमर खड्काले बताए ।

कृषि क्षेत्रकाे सुधारका लागी कृषि हाटबजार सञ्चालन,काेदाेकाे विस्कुट उत्पादन तथा बजारिकरण,हप्तामा एक पटक पढ्दै सिक्दै कृषि कर्म कार्यक्रम,प्रविधि सङ्ग बारीमै अभ्यास,स्वास्थ्य क्षेत्रको सुधारका लागि स्मार्ट हेल्थ कार्यक्रम,
सबै स्वास्थ संस्थामा टेलि हेल्थ सेवा विस्तार,हेल्थ रिमाईन्डर सेवा,मनका कुरा मानसिक स्वास्थ कार्यक्रम,मुटुरोग,आँखा ,स्त्रीराेग जस्ता जटिल समस्या भएका नागरिकका लागि स्वास्थ्य शिबिर लगायतका कार्यक्रमहरु रहेको नगर प्रमुख खड्काकाे भनाइ छ ।

उद्योग तथा राेजगार क्षेत्रकाे विकासमा परम्परागत सिपकाे संरक्षण र आधुनिकिकरण,लघु उद्यम स्थापना,पर्यटन क्षेत्रकाे विकासमा बडीमालिका पर्यटन क्षेत्र विकास कार्यक्रम,टुरिजम सर्किट,प्रचार र देश व्यापी र्याली,पर्यटन समिति गठन,पर्यटकीय संरचना निर्माण,सुशासन क्षेत्रकाे विकासमा याेजना सम्झाैता वडा कार्यालयबाट अनिवार्य,वडा सचिव/ प्राविधिक स्थायी रुपमा वडामै रहने व्यवस्था,ई- हाजीरी प्रणाली लागू,एकीकृत सेवा प्रवाह प्रणाली सुरु,लगायतका कार्यक्रम सभाबाट पारित गरिएको नगर उप-प्रमुख नन्दा थापाले बताएकी छन्।

बडीमालिकाले समग्र रुपमा नगरकाे विकास समृद्धिकाे लागी विशेष नीति अनुसार नीति कार्यक्रम तथा बजेट ल्याएकाे हाे। शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलाे प्रथामिकतामा राख्दै नगरले आर्थिक बर्ष २०८२/०८३ काे निती कार्यक्रम तथा बजेट पारित गरेकाे हाे ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑