• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बुढीगंगाको नीति तथा कार्यक्रम सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई पहिलाे प्राथमिकता

खप्तड मालिका न्युज June 25, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा:  बुढीगंगा नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख राम बहादुर बानियाले “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार  सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार” भन्ने नारासहित नीति सार्वजनिक गरेका हुन्।

अधिवेशन मार्फत प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा सुधार ल्याउने योजना समेटिएको छ। नगर प्रमुख बानियाका अनुसार आगामी वर्ष नगरपालिकाले आफ्नै आयोजना बैंक निर्माण गरी परियोजनाहरूको प्रभावकारी कार्यान्वयन गर्नेछ।

नीतिमा बजेट तर्जुमालाई मध्यमकालीन खर्च संरचनासँग जोडिने र लैंगिक उत्तरदायी बजेट प्रणालीलाई मुख्य शर्तको रूपमा लागू गरिने उल्लेख गरिएको छ। आर्थिक ऐन परिमार्जन गर्दै आन्तरिक श्रोतहरू परिचालन गरेर आम्दानी वृद्धि गर्ने लक्ष्य लिइएको छ। व्यवसायिक कर, घरबहाल कर, सम्पत्ति कर अनिवार्य रूपमा संकलन गरिनेछ भने सरकारी तथा खाली जग्गामा बनेका निजी संरचनाहरूबाट एकीकृत दरमा कर उठाइने नीति लिइएको छ।

कृषि तथा पशुपालन पेशालाई मर्यादित बनाउन ‘नगरप्रमुख कृषि पुरस्कार’लाई निरन्तरता दिइने भएको छ। उत्कृष्ट कृषकहरूलाई सम्मान गरेर उत्पादनमा हौसला थप्ने लक्ष्य लिइएको छ।

‘एक घर, एक धारा’ अभियानलाई सशक्त बनाउँदै सम्पूर्ण नगरवासीलाई सुरक्षित र स्वच्छ खानेपानीको पहुँचमा पुर्‍याइनेछ। साविकका गा।वि।स। क्षेत्रमा बृहत् खानेपानी योजना सञ्चालन गरिनेछ भने पुराना ऐतिहासिक ढुङ्गेधाराहरूको मर्मत र पुनर्निर्माण गरिनेछ।

नीतिमा नगर विकासमा विशेष योगदान पुर्‍याउने व्यक्ति, संस्था तथा निकायहरूलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ। समयमै गुणस्तरीय काम सक्ने निर्माण व्यवसायी, उत्कृष्ट करदाता, विद्यालय, कर्मचारी, सहकारी संस्था तथा सामाजिक संस्था सम्मानित गरिनेछ।

नगरपालिकाले नीति तथा कार्यक्रममार्फत समावेशी, उत्तरदायी र दिगो विकासको आधार तयार गर्ने प्रतिबद्धता जनाएको छ। नीति तथा कार्यक्रम नगर प्रमुख रामबहादुर बोहराले प्रस्तुत गरेका हुन् । आजै बजेटपनि प्रस्तुत सहित पारित गर्ने तयारी पालिकाले गरेको छ।

सम्बन्धित पोस्ट
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    समाचार

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑