• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

“ शिक्षा,स्वास्थ्य ”लाई पहिलाे प्राथामिकतामा राख्दै बडीमालिकाले ल्यायाे ५१ कराेड ८८ लाखकाे बजेट

खप्तड मालिका न्युज June 24, 2025 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गाेविन्द्र राज तिमिल्सेना,असार १०,बाजुरा: बडिमालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/ ८३ का लागि कुल ५१ करोड ८२ लाख १८ हजार ३ सयकाे बजेट सार्वजनिक गरेको छ ।बडिमालिका नगरपालिकाले ” कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र पुर्वाधार बडिमालिका नगरपलिका समृद्धिको प्रमुख आधार ” भन्ने मुल नाराका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो ।चौथौ नगर सभा तथा १७ औं बजेट अधिवेशनबाट उक्त बजेट पारित गरिएको हाे।

मङ्गलबार नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत पालिकाको निति तथा कार्यक्रम र बजेट बारे जानकारी गराइएको थियो ।नगरपालिकाले चालु तर्फ  ३४ करोड १७ लाख २३ हजार ४ सय ७७ अर्थात कुल बजेटको ६५ दशमलव ९० प्रतिशत र पुँजिगत तर्फ १७ करोड ६४ लाख ९४ हजार ८ सय २३ रुपैयाँ अर्थात ३४ दशमलव १० प्रतिशत बजेट बिनियोजन गरेको हो ।

आर्थिक विकाश अन्तरर्गत २१ करोड ५९ लाख ४ हजार, सामाजिक विकाश अन्तर्गत १९ करोड १४ लाख ८२ हजार बजेट बिनियोजन गरेको छ । त्यसै पुर्वाधार विकाश अन्तर्गत १३ करोड ७८ लाख, १० हजार ५ सय ६० रुपैयाँ बन वातावरण तथा बित्त ब्यबस्थापन शुसासन अन्तरर्गत १ करोड १५ लाख ९ ९ र कार्यालय संचालन तथा प्रशासनीक खर्चमा १५ करोड ५८ लाख २२ हजार ३ सय ५० रकम बिनियोजन गरेको छ।

पालिकाले आर्थिक बिकाशको कृर्षि तर्फ १ कराेड ५९ लाख २५ हजार,उद्योग तर्फ १९ लाख ५० हजार ,पर्यटन तर्फ ८ लाख ३ हजार,बितिय सहकारी तर्फ ४ लाख ,सिचाइ तर्फ ७७ लाख ५० हजार,पशुपंक्षी तर्फ ९ लाख लाख २०,भुमि व्यवस्था तर्फ ३ लाख ४६ हजार बजेट बिनियोजन गरेको छ । त्यस्तै सामाजिक बिकाश तर्फको शिक्षामा १३ करोड ११ लाख ४५ हजार,स्वास्थ्य तर्फ,२ करोड ९७ लाख,४२ हजार,खानेपानी तथा सरसफाई तर्फ ६१ लाख ४० हजार बजेट बिनियोजन गरेको छ ।

युवा तथा खेलकुद भाषा संस्कृति तर्फ ४२ लाख, ८० हजार बजेट बिनियोजन गरेको छ । त्यस्तै पुर्वाधार बिकाश तर्फको यातायात तर्फ २ कराेड ८३ लाख ९० हजार,भवन तथा शहरी विकाश तर्फ अधुरा शहरी स्वास्थ्य केन्द्रका भवन निमार्ण,वडा कार्यालय भवन निमार्णको तथा नगर आवास कार्यक्रमकाे लागी ४८ लाख ६० हजार,उर्जा तर्फ नविकरणिय उर्जाकाे माध्यमबाट साझेदारी गरि स्मार्टलाईट र सिसिटिभी जडानकाे लागी ३५ लाख बजेट विनियाेजन गरेकाे हाे।

त्यस्तै वन वातावरण तथा बिपद् ब्यबस्थापन शुसासन क्षेत्रको वातावर तथा जलवायु अन्तरसम्बन्धित क्षेत्र वातावरणीय परीक्षण दिगो बिकाशको लागी विपत ब्यबस्तापन तर्फ १ कराेड १५ लाख ९ हजार ३ सय ९० रुपैयाँ बिनियोजन गरेको हाे ।सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रमा,नगद स्तरीय विपद व्यवस्थापन,नगरपालिका मातहतका कार्यालयमा ई-हाजीरी जडान लगायत वडा स्तरिय विपद् व्यवस्थापन गरि कुल ७४ लाख ५० हजार बजेट विनियोजन गरेकाे हाे।

कार्यालय सञ्चालन तथा प्रशासन तर्फ प्रबिधि मैत्रि बडिमालिका नगरपालिकाको संस्थागत बिकाश सञ्चालनको लागी १९ लाख २० हजार ,न्यायिक तथा कानुनी सचेतता कार्यक्रमकाे लागी १२ लाख,सबै वडा,स्वास्थ्य संस्था,नगरपालिकाका बिभिन्न शाखा,उपशाखा सञ्चालनको लागी १२ लाख ,सार्वजनिक सुनुवाई चौमासकि समिक्षा उपभोक्तालाई तालिम पत्रपत्रिका कृयाकलापहरुको लागी १५ करोड ५८ लाख २२ हजार बजेट बिनियोजन गरेको छ ।

पालिकाले सबैको क्षेत्रको गरेर कुल जम्मा गरेर ५१ करोड ८२ लाख १८ हजार ३ सयको बजेट बिभिन्न शिर्षकहरुमा राखेर आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । आर्थिक बर्ष २०८२/८३ को बजेट प्रस्तुत नगर उपप्रमुख नन्दा थापाले गर्नुभएको हाे ।

त्यस्तै नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अमर खड्काले आर्थिक विकाश तर्फ “ आर्थिक विकास तर्फकाे पहिलो आधार कृषि”नै भएकाेले रैथाने बालीकाे प्रबर्द्धन तथा संरक्षण,एक वडामा एक उत्पादन कृषिमा आत्मनिर्भर बडीमालिका लगायतका गाैरवका याेजना सञ्चालन गरिने बताउँनुभयाे। साथै पहिले देखि नै समावेश हुदै आएकाे नगरपालिका र स्थानिय कृषकहरुको साझेदारीमा बडिमालिका कोदोको बिष्कुट उद्योग पालिकाकाे गौरवको योजना अन्तिम चरणमा पुगेकाे,मेसिन खरिदकाे कार्य भईसकेकाेले यसै बर्षबाट काेदाेकाे विस्कुट उत्पादन गरि बजारिकरण गरिने बताउनुभयो ।

त्यस्तै पर्यटनका हिसाबमा विरेखाेला झरनाकाे संरक्षण तथा व्यवस्थापन,बडीमालिका पर्यटन विकास समितिकाे स्थापना,पर्यटकलाई पिकनिक स्पाेट जस्ता पर्यटकिय क्षेत्रकाे व्यवस्थापन,सिचाई प्रबिधिको सुबिधा,सामुदायिक बिद्यालयमा पढ्दै कमाउदै कार्यक्रम मार्फत दिवा खाजा कार्यक्रममा स्थानिय उत्पादित दाल तथा तरकारीलाई उपयोग गरीने,स्थानीय तथा रैथाने बालीनालीकाे प्रर्बद्धन गरिने नगर प्रमुख खड्काले बताउनुभयो ।

त्यस्तै नगरमा रहेकाे १० शैया अस्पतालकाे व्यवस्थापन,विभिन्न राेग निधानका लागी स्वास्थ शिविर सञ्चालन,ट्याली मेडिसिन,औषधी खरिद,विपन्न नागरिक उपचार सहायता,नगरबासीकाे एकीकृत स्वास्थ सूचना मार्फत रिफरल केन्द्र स्थापना,लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अन्तर्गत एकल महिला र ग वर्गका अपाङ्गता भएका व्यक्तिकाे लागी सामाजिक सुरक्षा भत्ता कार्यक्रम र छाउपडी जस्ता घटनाकाे अन्त्य गर्न सराेकारवाला निकाय,धामी पुराेहित सङ्ग अभिमुखिकरण जस्ता कार्यक्रम गरिने नगर प्रमुख खड्काले बताए ।

नगरको समृद्धि कृषि,पर्यटन र यातायातलाई प्राथामिकताका साथ लागु गरीने,बिकाश साझेदारी प्रदेश संघ संस्थाको उपस्थितमा बडिमालिकाको बिकाश लगानी अभिबृद्धि गर्न लगानी कर्ता,बिकाश साझेदार,पशुपंक्षी सम्बन्धि पशु शिविर,पशु औंषधी खरिद,आधुनीक बङ्गुर बदशाला निर्माण,बाख्रा प्रबर्द्धन,गाेठ सुधार कार्यक्रम,कालिज फर्म व्यवस्थापन,पशु आहाराको लागी घाँस खेती जस्ता कार्यक्रम सञ्चालन गरीने भएको हाे।साथै याे बर्षबाटै नगर प्रहरी कार्यक्रम सञ्चालन गरिने भएको छ।

“एक टाेल एक गुरु अभियान: कक्षा १२ वा स्नातक तह उर्तिण स्वयंमसेवक मार्फत नैतिक शिक्षा,नवीन प्रविधि,स्थानीय सीप,टाेल सभा र सामाजिक विकृति विरुद्धका अभियान,”गाउँले गुरु” कार्यक्रम त्यस्तै स्वास्थ अन्तर्गत स्मार्ट हेल्थ कार्यक्रम,सबै स्वास्थ संस्थामा टेली हेल्थ सेवा विस्तार,गर्भवती महिला लक्षित जानकारी सेवा,”मनका कुरा” मानसिक स्वास्थ कार्यक्रम ,मुटुराेग,आँखा स्त्रीराेग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिने भएको हाे।नगर क्षेत्र भित्रका धार्मिक सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने निति लिइने,पर्यटकको नियमितता,बडीमालिका तिर्थयात्रालाई निरन्तरता,टुरिजम सर्किट प्रचार प्रसार देशव्यापी र्याली,पर्यटकीय संरचना निर्माण गरिनेभएको हाे।

नगरपालिकाका महत्वपुर्ण पर्यटकि स्थानहरु मना कैलाश मन्दिर,बिरेखोला झरना,त्रिबेणी पाटन,बडिमालिका मन्दिर उपरकोट,कालाजग्रा पारखेगढी,दहडाँडा,जाल्पादेवि मन्दिर,चल्लेसैन दह,लगायत सुन्दर तथा धार्मिक स्थानको संरक्षण पर्बद्धन गरिने, स्थानिय कच्चा पदार्थमा आधारित साना घरेलु तथा उद्योगहरुको बिकाश बिस्तार गर्न बिभिन्न किसिमका ब्याबसायिक सीपमुलक तालिमको ब्यबस्था गरीने भएको हाे । नगरपालिका स्तरीय औद्योगिक नीति तर्जुमा गरी साना घरेलु उत्पादन मुलक उद्योगहरुको स्थापना गर्ने प्रबिधी हस्तातरण गर्ने जस्ता कार्यक्रमहरुलाई निरन्तरता,कृषिकाे लागी कृषि हाट बजार सञ्चालन,प्रविधि सङ्ग बारीमै अभ्यास कार्यक्रम,परम्परागत सीपकाे संरक्षण,सिस्नु,गुन्द्रुक,अचार,हर्पिक आधीमा आधारित उद्यम सञ्चालन गरिने भएको हाे।

युवा रोजगार र महिला उद्यम बिकाश सम्बद्ध रणनैतिक आयोजनाको परिमार्जन गर्दै एद्यम बिकाश रणनीति तर्जुमा गरीने भएको छ । नगर स्तरको खानेपानी समस्या समाधान गर्न बिस्तृत अध्ययन प्रतिवेदन तयार गरी सो अनुसार कार्यान्वयन गरीने भएको हाे।शिक्षा स्वास्थ्यलाई पहिलाे प्राथामिकतामा राख्दै नगरले आफ्ना काम कर्तव्य अघि बढाउने भएको हाे।शिक्षमा पढ्दै सिकाउदै कार्यक्रम,नगर क्षेत्रभित्रका सम्पुर्ण विद्यालयहरुकाे फर्निचर स्मार्ट बाेर्ड र घेरवार गरिने,प्रत्येक विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम प्रभावकारी बनाईने,स्वास्थ्य तर्फ हरेक नागरिककाे दैलोमा जेष्ठ नागरीकको स्वास्थ्य परिक्षण जस्ता थुप्रै कार्य सञ्चालन गरिने भएको हाे।

निती कार्यक्रममा सबै कुरा समावेश गर्न नसके पनि नगरपालिकालाई समृद्ध नगर सुखी नगरबासी बनाउँन हरेक क्षेत्रलाई प्राथामिकताका साथ अघि बढाईने नगर प्रमुख अमर खड्काले बताएका हुन् । निति तथा कार्यक्रममा समावेश गरीएका योजनाहरुको कार्यान्वयन गर्न पालिका पछाडी नहट्ने खड्काकाे भनाइ छ । उनले भने,“ चालु आर्थिक बर्षमा जे जति निति तथा कार्यक्रमहरु ल्याएका छौ ति कार्यक्रमहरुलाई कार्यान्वयनमा ल्याउने गरि काम गर्नेछाै। ”सञ्चालन गर्न नसकेका कार्यक्रमहरु पनि याे आर्थिक बर्षबाट लागू गरिने खड्काले बताए ।

बडीमालिकाले समग्र रुपमा नगरकाे विकास समृद्धिकाे लागी विशेष नीति अनुसार नीति कार्यक्रम तथा बजेट ल्याएकाे हाे। शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलाे प्रथामिकतामा राख्दै नगरले आर्थिक बर्ष २०८२/०८३ काे निती कार्यक्रम तथा बजेट पारित गरेकाे हाे ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑