
गौरब विष्ट ,जेठ,२९,बाजुरा : बुढिगङ्गा नगरपालिका वडा नम्बर ५ नाैविसमा रहेकाे भानाेदय माध्यामिक विद्यालयले विज्ञान गणित शैक्षिक प्रदर्शनी कार्यक्रमकाे आयोजना गर्ने भएको छ ।

शिक्षा विकास निर्देशनालय डोटीको २०८१-८२ काे स्वीकृति कार्यक्रम अनुसार १ दिने विज्ञान-गणित शैक्षिक प्रदर्शनी कार्यक्रम गरिने विद्यालयले जनाएको छ।
कार्यक्रमकाे लागी जिल्लाका ९ वटै स्थानीय तहका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरुलाई सहभागीताकाे लागी आग्रह गरिएको विद्यालयले जारी गरेकाे सूचनामा उल्लेख गरिएको छ।
शैक्षिक प्रदर्शनी कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले तयार पारेका विज्ञान र गणित सम्बन्धी सामग्रीहरू प्रदर्शनी गरिनेछ। कार्यक्रम असार २ गते विहान ११ बजे विद्यालयमै सञ्चालन गरिने छ ।
प्रदर्शनीमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यालयका विद्यालयहरूलाई नगद पुरस्कार सहित प्रमाण-पत्रले सम्मान गरिने बताईएकाे छ। प्रतियाेगीतामा प्रथम हुनेलाई नगद १०,००० सहित प्रमाण-पत्र,द्धितिय पुरस्कार ५,००० नगद सहित प्रमाण-पत्र,तृतिय पुरस्कार नगद ३,००० सहित प्रमाण-पत्र र सान्त्वना हुनेलाई नगद २,००० सहित प्रमाण-पत्र प्रदान गरिने छ ।साथै कार्यक्रममा सहभागी भए बाफत प्रती विद्यालयलाई १,००० प्रदान गरिने छ ।
कार्यक्रममा प्रत्येक विद्यालयबाट ३ जना विद्यार्थी जसमा एक जना छात्रा अनिवार्य हुनु पर्ने छ । सहभागी विद्यालयहरू आफैँले यातायात र खाना खर्चको व्यवस्था गर्नुपर्ने विद्यालयका प्रधानाध्यापक धन बहादुर नाथ द्वारा हस्ताक्षरित सूचनामा भनिएकाे छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर