
बाजुराः जिल्लाको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्ललाई नेकपा एकिकृत समाजवादी हिमाली गाउँ कमिटीले आइतबार दश बुँदे ज्ञापन पत्र बुझाएको छ । हिमाली गाउँपालिकाका इन्चार्ज मानबहादुर मल्लद्धारा हस्ताक्षरित दश बुँदे विकास निर्माण हुँदै पर्यटन,शिक्षा,स्वास्थ्य,पुर्वाधार लगायतका विषयमा ज्ञापन पत्र बुझाइएको छ ।

ज्ञापन पत्रमा पालिकाका सबै वडाका वस्तीहरुमा सडक लगायतका पुर्वाधार निर्माणलाई पहिलो प्राथमिकता राख्नुपर्ने,स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र जनमुखी बनाउन पुर्वाधार विकास,जनशक्ति व्यवस्थापन तथा उपकरण र निःशुल्क औषधी सहज रुपमा उपलव्ध गराउनु पर्ने,पालिकाका सबै घरधुरीमा नियमित रुपमा विजुली बत्ती प्रवाह गर्नुपर्ने माग उल्लेख गरिएको छ ।
यस्तै पत्रमा पालिकाबाट हुने सेवा प्रवाह पारदर्शी,निष्पक्ष र छिटो छरितो हुनुपर्ने,स्थानीय उत्पादनलाई बढवा दिए गाउँमै रोजगारी सिर्जना गर्नुपर्ने,शिक्षाको गुणस्तर सुधारका लागि कक्षाकोठा व्यवस्थापन,शैक्षिक क्षेत्रमा लगानी बढाउनुपर्ने भनिएको छ । रारा र रानीसैनको आधार क्षेत्रका रुपमा रहेको धुलाचौरलाई बजारीकरण गरी रानीसैनलाई पर्यटकीय क्षेत्रको विकासका साथै सो क्षेत्रबाट निकासी हुने जडिबुटी संकलन करको दायरमा ल्याउनुपर्ने,खाद्य संस्थानबाट विक्री हुने खाद्यान्न पालिकाका नागरिकलाई सहजताको पहुँचमा ल्याउन पहल गर्नुपर्ने,योजना छनोटमा जनसहभागिता गराउनुपर्ने र सभ्य,अनुशासित समाज निर्माणका लागि कानुनी सचेतना कार्यक्रम संचालन गरी लागु औषध दुव्र्यशनीजस्ता कार्य पालिकाले नियन्त्रण गर्नुपर्ने ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञापन पत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले पालिकाको विकासका लागि सकारात्मक सुझाव सहितको ज्ञापन पत्र आएकोले धन्यवाद दिएका छन् ।उनले पालिकाको विकासका लागि गाउँपालिका पछि नपर्ने पनि प्रतिक्रिया दिएका छन् । ज्ञापन पत्र बुझाउन सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिला मन्त्री तथा समाजवादीका केन्द्रीय सदस्य नरेश शाही,केन्द्रीय सदस्य अजबहादुर मल्ल,एकिकृत समाजवादीका जिल्ला अध्यक्ष पुरबहादुर रावत, सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रत्नचन्द्र जोशी जिल्लाका उप सचिव दीर्घराज पाध्याय, लगायत नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर