• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

आहा ! क्या लाेभलाग्दाे किम्नीछडा झरना,संरक्षण,प्रबर्द्धन तथा प्रचार-प्रसारकाे पर्खाइमा

खप्तड मालिका न्युज May 11, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

गोविन्द्र राज तिमिल्सेना,बाजुराः साच्चै बाजुरा प्राकृतिक, साँस्कृतिक तथा ऐतिहासिक रुपमा निकै धनी मानिन्छ । बाजुरामा अथाह मनोरम दृश्य तथा सम्भावना भएका स्थलहरु छन्। यहाँको सम्भावनालाई अझै विश्वसामु चिनाउँन सकिएको छैन्। यहाँको अथाह सम्भावनालाई विश्वसामु चिनाउँन सकिएको खण्ड र यहाँका प्राकृतिक तथा साँस्कृतिक सम्भावना बोकेको स्थलहरुको पर्यटन प्रवर्द्धन गर्न सकिएको खण्डमा यहाँको पर्यटन क्षेत्रमा ठुलो टेवा पुर्याउन सकिने विश्वास छ ।

त्यस्तै अथाह मनोरम हेर्दा पनि लोभलाग्दो निकै सम्भावना बोकेको झरना किम्नीछडा झरना पनि एक हो ।जिल्लाको त्रिवेणी नगरपालिका–५ स्थित किम्नीछडा झरना मनै लोभ्याउने मनमोहक तथा पर्यटकलाई मोहनी लगाउँने झरनाको रुपमा समेत उक्त झरनालाई चिन्न सकिन्छ । अथाह सम्भावना बोकेको झरना जो पर्यटन, प्रबर्द्धन,सम्बर्द्धन तथा संरक्षणको पर्खाईमा छ ।सम्भावनायुक्त झरनाको अझै प्रसार-प्रसार गर्न सकिएको छैन्।जसले गर्दा उक्त झरना ओझेलमा पर्दै गएको छ ।

बाजुराको एक गहनाको रुपमा उक्त झरनालाई चिन्न सकिए तापनि झरनाको उचित पर्यटन,प्रबर्द्धन तथा प्रचार-प्रसार नहुँदा त्यसको पर्यटकीय सम्भावना हराउँदै गएको पाईन्छ। पर्यटकीय हिसाबमा लोभलाग्दो भए पनि संरक्षण तथा व्यवस्थापन हुन नसक्दा झरना लामो समय देखि अहिलेसम्म संरक्षणको पर्खाइमा रहि आएको छ ।आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको रूपमा रहेको किम्नीछडा झरनाको कतैबाट संरक्षण,पर्यटन तथा प्रबर्द्धन हुन नसकेको पत्रकार जनक बोहराले बताए । उनले भने,“अथाह सम्भावना बोकेको किम्नीछडा झरनाको पर्यटन,प्रबर्द्धन तथा प्रचार-प्रसार गर्न जरुरी छ ”। यहाँको स्थानीय सरकारले पनि उक्त झरनाको पर्यटन,प्रबर्द्धन तथा व्यवस्थापन गर्ने कुरामा विशेष जोड दिनुपर्ने बोहराले बताए ।

बाजुरामा अथाह सम्भावना बोकेका प्राकृतिक,धार्मिक तथा ऐतिहासिक सुप्रसिद्ध ठाउँ छन् । ती सम्भावना बोकेका थुप्रै गन्तव्यहरुलाई विश्वसामु चिनाउँन सकिएका छैनन्। जहाँ आन्तरिक पर्यटक मात्रै घुमफिर गर्ने गरे पनि बाह्य पर्यटकहरु पुग्न नसकेको बडीमालिका ७ का स्थानीय गणेश तिमिल्सेनाले बताए । उनले भने,“त्रिवेणीको किम्नीछडा झरना एक उदाहरण मात्रै हो । यस्ता कयौं पर्यटकीय सम्भावना बोकेका ठाउँ बाजुरामा छन्,जुन पर्यटन तथा प्रबर्द्धनको पर्खाईमा छन् ”।

जिल्लाको दक्षिणी भेगमा किम्नीछडा झरना समुन्द्री सतहबाट करिब ७ हजार फिट उच्चईमा छ । ३ सय मिटर लामो दुरिमा रहेर यो झरना झरिरहेको छ । यो झरनाको छडो अग्लो ठाउँबाट खस्ने हुँदा झरनाको दृश्य निकै आकर्षक र लोभलाग्दो रहेको छ । उक्त झरनाको पानीमा नुहाउँन तथा फोटा र टिकटक बनाउन युवायुवतीको जमात लाग्ने गर्दछ। झरनालाई स्थानीय सरकार तथा राज्य पक्षबाट कुनै पहल तथा यसको पर्यटन,प्रबर्द्धन गर्नमा खासै चासो दिएको पाईदैन्।

यस्ता खाले विभिन्न सम्भावना बोकेका बाजुराका कतिपय पर्यटकीय,धार्मिक तथा ऐतिहासिक स्थल लोपन्मुख अवस्थामा छन्।राज्यले यस्ता सम्भावना बोकेका ठाउँहरुको पहिचान,पर्यटन,प्रबर्द्धन तथा संरक्षणमा ध्यान नदिदा क्रमिक रुपमा लोप हुँदै गईरहेका छन्।आन्तरिक तथा बाह्य पर्यटन भित्र्याई जिल्लाको पहिचान हुने विश्वास लगिए पनि यिनिहरुको प्रचार-प्रसार नहुनु निकै दुखको कुरा समेत रहेको छ ।

किम्नी झरना प्राय बाह्रै महिनामा झरी रहने गरेको छ।अग्लो डाडोबाट गहिरो खोल्सामा झरनाको पानी खस्दा निकै मनमोहक देखिन्छ । झरनाको पानीमा रमाउँने,नाच्ने,भिडियो,टिकटक बनाउँनेको ताती लाग्ने गर्दछ।निकै सम्भावना बोकेको किम्नीछडा झरना संरक्षणकै अभावमा ओझेलमा छ। प्राकृतिक रुपमा निकै सुन्दर भए पनि हेर्न आउने पर्यटकहरुलाई त्यहाँ पुगाउँन सकिएको छैन् ।किम्नी छडा झरनाको संरक्षण नहुँदा पछिल्लो समय यहाँका आन्तरिक पर्यटकहरुले पनि खासै चासो दिन छोडेका छन्।

उहाहरणका रुपमा वीरेखोला भरना जस्तै किम्नीछडा भरनालाई पनि संरक्षण गर्ने हो भने यहाँको पर्यटन,प्रबर्द्धनमा टेवा पुग्ने विश्वास लगिएको छ । झरनालाई थप व्यवस्थित गरेको खण्डमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन सकिने देखिन्छ।त्रिवेमा मौरे, नाटेश्वरी, मालिका लगायतका धेरै ठाउँ पर्यटकीय स्थलको रूपमा परिचित छन् ।तर किम्नीछडाको कहि कतै नाम सुनिदैन्।अन्य पर्यटकीय स्थलको जे जत्ति पर्यटन प्रबर्द्धन गरिएको छ किम्नी भरनाको पनि त्यतिकै पर्यटन प्रबर्द्धन आवश्यक रहेको स्थानीयको भनाइ छ ।

यता त्रिवेणी नगरपालिकाका नगर प्रमख कर्ण बहादुर थापा सङ्ग झरनाको बिषयमा किन झरनाको पर्यटन,प्रबर्द्धन हुन सकेन् ,पालिकाले झरनाको प्रचार-प्रसार गर्न किन कन्जुस्याइँ गरिरहेको हो भनेर सोध्दा नगर प्रमुख थापाले झरनाको संरक्षण,पर्यटन,प्रबर्द्धन तथा व्यवस्थापनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा अन्य विभिन्न संस्थासँग पहल गरिदै आएको बताउनुभएको छ । अथाह सम्भावना बोकेको किम्नीछडा झरनाको पर्यटन,प्रबर्द्धन गर्न नगर सरकार लागीरहेको बताउदै थापाले अझै सोचेजस्तो राज्यको दृष्टिमा झरनालाई पार्न नसकिएको स्वीकार गरेका छन्।

नगर प्रमुख थापाले भने,“भौगोलिक दृष्टिकोणले दुर- दराजमा रहेको किम्नी छडा झरनाको पर्यटन,प्रबर्द्धन तथा प्रचार-प्रसार गर्न नगर सरकार चुकेको छैन्।तर सोचेजस्तै सबैको नजरमा पार्न सकिएको छैन्।”नगरले उक्त झरनाको संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धन गर्न विगत देखि नै विशेष नीति अपनाएर अगाडी बढिरहेको र अहिले पनि सकेजति झरनाको व्यवस्थापन गर्न नगर सरकार लागीरहेको उनले बताए ।,“किम्नीछडा झरना,त्रिवेणीको मात्रै नभई सिङ्गो बाजुराको गहना हो,यसको पर्यटन,प्रबर्द्धन गर्नु हामी सबैको दायित्व हो ”।नगर प्रमुख थापाले भने।

प्रचार(प्रसारको कमीले राज्यको नजरमा पर्न नसकेको किम्नीछडा झरनालाई राज्यको नजरमा पार्न स्थानीय सरकार लगायत अन्य सरोकारवाला निकाय र सम्पूर्ण स्थानीयले आ-आफ्नो ठाउँबाट भुमिका खेल्नु पर्ने देखिन्छ। भौगोलिक हिसाबले विकट भएपनि प्राकृतिक सुन्दरताले भरिपुर्ण किम्नीछडा झरनाको पर्यटन प्रबर्द्धनमा जोड दिन आवश्यक रहेको देखिन्छ।सम्भावना बोकेका ठाउँहरुको पर्यटन,प्रबर्द्धन गरि यहाँको अर्थतन्त्रमा बलियो सुधार गर्नुपर्ने र राज्यको नजरमा यस्ता सम्भावना बोकेका स्थलहरु चिनाउँन जरुरी रहेको देखिन्छ।

बाजुरा भौगोलिक तथा सम्भावनाले भरिपुर्ण जिल्ला भए पनि यहाँको सम्भावना स्थानीय स्तरमै सिमित अबस्थामा छ ।यहाँको प्राकृतिक सम्पदा,पर्यटकीय स्थल,रैथाने तथा खाद्यान्न बाली,बन,बनस्पति,सुहाउँदो हावापानी,भौगोलिक हिसाबले महत्त्वपूर्ण मानिएका ठाउँहरुको प्रचार-प्रसार गर्न सकिएको खण्डमा बाजुराको सामाजिक,ऐतिहासिक क्षेत्र मात्रै नभई आर्थिक क्षेत्रमा पनि बलियो सुधार गर्न सकिने देखिन्छ ।बाजुरामा हरेक सम्भावनाहरु छन्,यी सम्भावनाहरुलाई विश्वसामु पुर्याएको खण्डमा यहाँको पर्यटन,प्रबर्द्धन गर्न सकिने देखिन्छ।

बाजुरा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक हिसाबले निकै प्रसिद्ध छ जहाँ हरेक सम्भावना छन्। अथाह मनोरम प्राकृतिक दृश्य सङ्गै हरेक सम्भावना बोकेको सुदूरपश्चिमको गहना बाजुरालाई अझै यहाँको पर्यटन,प्रबर्द्धन,यहाँको रैथाने खाद्यान्न बालीनालीहरुको प्रचार-प्रसार,पर्यटकीय क्षेत्रको प्रबर्द्धन स्थानीय उत्पादित अर्गानिक वस्तुहरुको बजारिकरण,तिनिहरुको प्रयोग र खेती गर्न सकिएको खण्डमा बाजुरालाई सामाजिक,सास्कृतिक र अर्थतन्त्रको क्षेत्रमा बलियो सुधार गर्न सकिने सरोकारवालाहरुको भनाइ छ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑