
बाजुराः जिल्लाकाे बुढीगङ्गा नगरपालिका वडा नम्वर ७ मा नि:शुल्क पशु स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । युवा लक्षित पशु विकास गाउँ नगर,समृद्धिकाे मुल आधार, भन्ने मुल नाराका साथ वडा नम्वर ७ काे आयोजनमा उक्त शिविर सञ्चालन हुने भएको हाे।

शिविरमा गाई,भैंसी,बाख्रा,बङ्गुर,कुखुरा लगायत आदी पशु-पंक्षीकाे नि: शुल्क स्वास्थ चेकजाँच गरिने भएकोले सम्पुर्ण वडाबासी कृषक-पालकहरुले आफ्ना पशुपंक्षीहरु ल्याएर नि:शुल्क स्वास्थ चेकजाँच गर्न वडा कार्यालयले आग्रह गरेकाे छ । शिविर यहि वैशाख १४ गते देखि १७ गतेसम्म सञ्चालन हुने छ ।
१४ गते बायल टाेल पाटिस,१५ गते खारेखेत ( नमुना प्रा.वी.काे प्राङ्गण)१६ गते सिमलकाेट ( शारदा मा.वी.काे प्राङ्गण) र १७ गते झाली ( झाली प्रा.वी.काे प्राङ्गणमा) दिउँसो १२ बजेदेखि २ बजेसम्म शिविर सञ्चालन हुने छ । पशु स्वास्थ शिविरमा गाई भैंसीमा हुने थुनेलाेकाे उपचार,पशु स्वास्थ उपचार खाेप,नि:शुल्क औंषधी वितरण,व्यवसायीक डेरी फार्म र बाख्रा ( बाेयर,बाख्रा,बाेका) बङ्गुर,कुखुरा,(लेयर्स) ,फार्म सञ्चालन गर्न प्राविधिक सल्लाह सुझाव र सहयाेगकाे सेवा प्रवाह गरिने भएको हाे।
प्रदिप शाउँद,राेशनी बानियाँ,गाैरव बिष्ट लगायतकाे प्राविधिक टाेलीले सेवा प्रदान गर्ने छ । समयमै पशुहरु ल्याएर शिविरकाे सेवा लिन र प्राविधिक सङ्ग उपलब्ध औंषधी बाहेक अन्य औंषधी कृषकहरुले आफैले किन्नु पर्ने छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर