
बाजुराः नेपाली काङ्ग्रेस बाजुराका पुर्व पार्टी सभापति,निती,अनुसन्धान तथा प्रशिक्षण विभागका केन्द्रीय सदस्य कविराज पण्डित र नेपाल पत्रकार महासङ्घ बाजुराका सह-सचिव तथा प्रेस युनियन बाजुराका कोषाअध्यक्ष जनक बोहराले आफ्नो जन्मदिन अवसरमा अस्पताल बाजुराको परिसरमा वृक्षरोपण गरेका छन्।

पण्डित र बोहराले आफ्नो जन्मदिनको अवसरमा अस्पतालको वातावरण हरियाली बनाउने गरी दुबै ब्यक्ति मिलेर ३५ भन्दा बढी विभिन्न प्रजातीका बोटविरुवा रोेपेका हुन।आज विहान अस्पताल बाजुराको परिसरमा पण्डित र बोहराले उक्त वृक्षरोपण गर्नुभएको हो ।। अस्पताल ‘ग्रीन गार्डेन’हस्पिटलको रुपमा बदल्न पछिल्लो समय बृक्षरोपण कार्य भईरहेको छ ।
जन्मदिनको अवसरमा अन्य फजुल खर्च गरेर रमाउनु भन्दा अस्पताल परिसरमा वृक्षारोपण गर्दा स्वच्छ हावा,वातावरण हरियाली हुने र शितलताका लागि अस्पताल परिसरमा वृक्षारोपण गरिएको उनीहरुले बताए ।बोट-बिरुवा बृक्षरोपणको कार्यले अस्पतालको पर्यावरणिय क्षेत्रमा ठुलो सहयोग पुग्ने अपेक्षा लगिएको द्धय पण्डित र बोहराले बताए ।
बोट विरुवा लगाएर अस्पतालमा आएका विरामीहलाई छहारी र स्वच्छ हावा आवश्यक पर्ने भएकाले बोट विरुवा रोपण गरिएको बताइएको छ । काँग्रेस बाजुराका पुर्व पार्टी सभापति र महासंघका सह-सचिव बोहराले अस्पताल परिसरमा वृक्षारोपण गरेर जन्मदिन मनाएका हु्न ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर