• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बाझाे जग्गाकाे सदुपयाेग,विद्यालय परिसर भित्रै तरकारी खेती

खप्तड मालिका न्युज April 15, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा: जिल्लाको वडीमालिका नगरपालिका वडा नम्बर ७ ढम्कनेमा रहेकाे सरस्वती आधाभुत विद्यालयले विद्यालय परिसर भित्र रहेकाे बाझाे जग्गालाई सदुपयाेग गरेर तरकारी खेती गर्दै आएकाे छ।

बालबालिकाकाे उज्ज्वल भविष्य र बिद्यालयकाे दिवाखाजा तथा आर्थिक सहयाेगका लागि पढ्दै ,सिक्दै , कमाउदै कार्यक्रम अन्तर्गत विद्यालयकाे परिसरमा बडिमालिका नगरपालिका र वडाकाे सहयाेगमामा जेसिवी द्वारा खनजाेत गरिएकाे खेतमा तरकारी खेती गरिएको हाे।बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई बिद्यालय भित्र रहेकाे बाझाे जग्गाकाे सदुपयाेग गर्न खनजाेत गरेर तरकारी उत्पदान गर्न सिकाईदै आएकाे हाे । पढ्दै कमाउदै कार्यक्रमलाई प्रभावकारी बनाउन तथा बिद्यालयमा बालबालिकालई खुवाईदै आएको दिवा खाजालाई सहज बनाउन बिद्यालय परिसर भित्रै बाझाे जग्गा खनजाेत गरेर तरकारी लगाईएकाे विद्यालयका प्रधानाध्यापक हस्त बहादुर धामीले बताए ।

उहाँले भन्नुभयाे,“ बिद्यालयमा पढ्दै कमाउदै कार्यक्रम संगै बिद्यालयमा खुवाईदै आएको दिवा खाजालाई सहज बनाउन बाझाे जग्गा खनजाेत गरेर तरकारी खेती गरिदै आएको छ ” ।बाझाे जग्गा पनि सदुपयाेग हुने र बिद्यार्थीहरुलाई पनि पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत सीप सिक्न,र अनुभव बटुल्न सहज हुने भएकाेले यस्ताे कार्य गरिएको धामीले बताउनुभयाे।

बिद्यालयमा पढाईसंगै प्रत्यक्ष रुपमा तरकारी खेतीका बारेमा सिकाईदै आएको बिद्यालयले जनाएको छ । विद्यालय वरीपरी खाली रहेको जमिनमा खनजाेत गरेर तरकारी लगाईएकाे बिद्यालयले जनाएको छ । वरिपरी रहेको जग्गा बाँझो राख्नु भन्दा तरकारी खेती गर्दा बिद्यालयको दिवा खाजा कार्यक्रम संगै अन्य सामाग्रीहरु जुटाउन पनि सहज हुने हुँदा बिद्यालयमै तरकारी खेती गरिएकाे प्रधानाध्यापक धामीकाे भनाइ छ ।

दिवा खाजा तथा बिहान बेलुकीको खाना सहज हुने गरी विद्यालयमै तरकारी उत्पादन गर्ने गरि बाझाे जग्गाकाे सदुपयाेग गरिएको छ ।विद्यालय  भित्रको जमिनमा आलु लगायत अन्य तरकारी लगाइएको छ ।बिद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई अन्य अतिरिक्त क्रियाकलाप र कृषि उत्पादनका विभिन्न कामहरु विद्यालयले सिकाउदै आएको हो । यसरी बाझाे जग्गाकाे सदुपयाेग गरेर तरकारी खेती गर्दा बिद्यालयमा पढ्दै सिक्दै,कमाईदै कार्यक्रम प्रभावकारी बनाउन सकिने अपेक्षा विद्यालयकाे छ ।

पछिल्लो समय जिल्लाका ९ वटै स्थानीय तहका अधिकाशं विद्यालयले बिद्यालय हाताभित्रै तरकारी खेती गर्दै आएका छन्। विद्यार्थीलाई विद्यालयमै तरकारी उत्पादन गर्न सिकाईदै पनि आएकाे छ ।यहाँको बडिमालिका , गौमुल , बुढीगङ्गा , त्रिवेणी ,खप्तड छेडेदह,हिमाली , जगनाथ , स्वामिकार्तिक , बुढीनन्दा पालिकाका अधिकाशं विद्यालयहरुले बालबालिकाहरुको पढाई संग सँगै विद्यालयमा तरकारी लगाउँन सिकाउँदै आईरहेका छन् ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑