
बाजुराः जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय पदमबहादुर रावत रहेका छन् ।

खप्तड छेडेदह गाउँपालिकाबाट बुढीगंगा नगरपालिका आउदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा चालक रावतको घटनास्थलमै मृत्यु भएको हाे ।
वडा नम्बर ५ काे चिराल्ने कच्ची सडकमा ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टरमा सवार रहेका चार जना मध्ये मृतक रावतका छोरा सञ्जय रावतलाई सामान्य चोट लागेको छ । घाइते बालकको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
अन्य तीन जना भने सकुशल रहेको प्रहरीको भनाई रहेको छ । ट्याक्टरको अगाडीको भाग करिव २५० मिटलर तल सडकमा खसेको र ट्राली ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर