
गोबिन्द्र राज तिमिल्सेना,बाजुराः जिल्लाको वडीमालिका नगरपालिका वडा नम्बर ७ मा वडालाई “हराभरा समृद्ध वडा” बनाउनको लागी विरुवा वितरणको कार्यलाई निरन्तरता दिईदै आएको छ । “एक विरुवा रोपौ,हरियाली समृद्धि बढाऔँ” भन्ने उदेश्यका साथ विरुवा वितरणको अभियानलाई अगाडी बढाईदै आइएको छ । वडालाई स्वच्छ,हराभरा,वातावरणमैत्री तथा आर्थिक रुपमा समृद्ध बनाउन दाँते ओखर र टिमुरका विरुवा रोपण अभियानलाई निरन्तरता दिईदै आइएको बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।
वडाअध्यक्ष पाध्यायका अनुसार वडालाई हराभरा र समृद्ध वडा बनाउको लागी अभियानलाई अघि बढाईदै आएको बताएका छन् । बोट विरुवाको रोपण गरि वडालाई हरियाली,वातावरणमैत्री तथा आर्थिक रुपले समृद्ध बनाउन दाँते ओखर र टिमुका विरुवा रोपण अभियानलाई जोड दिईएको पाध्यायले बताए । उहाँले भन्नुभयो, “ दाँते ओखर र टिमुरको खेतीले स्थानीय रोजगारी सिर्जना गर्ने,माटोको संरक्षण गर्ने र स्थायी आम्दानीको सा्रेत बनाउने हुँदा यो अभियानलाई निरन्तरता दिदै आएका छौ”दाँते ओखर र टिमुरका विरुपा रोपण गरि वडालाई हरियाली र समृद्धितर्फ धकेल्न सहयोग पुग्ने बिश्वास आफुले लिएको वडाअध्यक्ष पाध्यायले बताउनुभयो ।

वडाले हरेक समयमा ओखर,टिमुर लगायतका विरुवाहरु वितरणको अभियानलाई निरन्तरता दिदै आएकोले वडालाई थप वातावरणमैत्री र आर्थिक रुपमा समृद्ध बनाउन सहजता भईरहेको स्थानीय गणेश तिमिल्सेनाले बताउनुभयो ।उहाँले भन्नुभयो,“ वोट विरुवा वितरणले गर्दा व्यवसायिक खेती गर्न,स्थानीय रोजगारीको सिर्जना गर्न सहज भईरहेको छ”वोट विरुवा रोपण कार्यले वडाको वातावरण स्वच्छ बन्नुका साथै वोटविरुवा रोपणले माटोको संरक्षण गर्ने हुँदा यसलाई बढवा दिदै जानुपर्ने तिमिल्सेनाले बताउनुभयो । वडा भित्र रहेका आ आफ्ना खेतबारी तथा बाँझो जग्गामा ओखर टिमुर लगायत अन्य विरुवा रोपण गरि वडालाई वातावरणमैत्री तथा आर्थिक रुपमा समृद्ध बनाउन आवश्यक रहेको स्थानीयको भनाई छ ।
दाँते ओखर र टिमुर रोपण कार्यलाई सफल बनाउन सबै वडाबासीहरुले यो अभियानलाई साथ दिन वडाअध्यक्ष पाध्यायले आग्रह गरेका छन् । विगत बर्षहरु देखि नै यो अभियान सञ्चालन भईरहेको छ,थप अभियानलाई साथ दिन उनले वडाबासीहरुमा आग्रह गर्नुभएको हो । अभियानलाई सफल बनाउन गुणस्तरीय विरुवा रोपण,स्थानीय किसान र युवाको सक्रिय सहभागीता,नियमित हेरचाह,संरक्षण र उचित व्यबस्थापन,बजारिकण र व्यावसायिक पर्वद्धन जोड दिन पाध्यायले आग्रह गरेका हुन् । बिभिन्न समयमा विभिन्न विरुवा रोपण कार्यलाई तिव्रता दिईदै आएको र अवको केही बर्षमै वडा आर्थिक रुपमा सशक्त बन्ने अपेक्षा आफुले लिएको पाध्यायले बताउनुभयो । “ एक विरुवा रोप्ने,वडामा हरियाली र आर्थिक समृद्धि बढाउने ”वडाबासीहरुको चाहनालाई वडाले निरन्तरता दिदै आएको छ । अन्य वडाको भन्दा यस वडालाई हरेक क्षेत्रमा समृद्ध बनाउन आफु अध्यक्ष भएको पहिलो कार्यकाल देखि नै लागिरहेको वडाअध्यक्ष पाध्यायले बताउनु भएको छ ।
वडामा गुणस्तरिय वोटविरुवा रोपण गरि वडालाई वातावरणमैत्री र आर्थिक रुपमा समृद्ध बनाउन आफु निरन्तर लागीरहने उनको भनाई छ । केही बर्ष अगाडी रोपण गरिएका वोटविरुवाहरु हुर्किरहेको बताउँदै फेरि पनि वोटविरुवा रोपण गरि केही बर्षमै वडालाई हराभरा र आर्थिक रुपमा सशक्त बनाउने उदेश्य वडा कार्यालयको रहेको उनले बताए । साथै वडामा केही दाँते ओखर र टिमुरका वोटहरु बाँकी रहेकोले छुटेका सम्पुर्ण वडाबासीहरुले वडा कार्यालयमा आएर बोटविरुवा लिनहुन आग्रह गरेका छन् । गत बर्ष वोटविरुवा हुर्काएका हरुको लागी प्रतिवोट १० रुपैयाँ अनुदान समेत रहेको र हुर्केको विरुवाको फोटो सहित निवेदनका साथ टिमुरको विरुवाको लागी निवेदन दिन सबै कृषकहरुमा वडा-कार्यालयले आग्रह गरेको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर