
बाजुराः बाजुराको गौमुल गाउँपालिकाका स्वास्थ्य संस्थाबाट स्मार्ट हेल्थ ग्लोवल सेवा सुचारु भएको छ । स्वास्थ्य सेवालाई थप पहुँच योग्य र गुणस्तरीय बनाउँन स्वास्थ्य संस्थामा स्मार्ट हेल्थ सेवा सुचारु गाउँपालिकाले जनाएको छ ।। नागरिकलाई गाउँ, घरमै स्वास्थ्य सेवा उपलब्ध गर्ने उद्देश्यसहित गाउँपालिकाले स्मार्ट हेल्थ ग्लोवल परियोजनासंग सहकार्य गरी निःशुल्क सेवा सञ्चालनमा ल्याईएको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।

दुरदराजका सेवाग्राहीहरुलाई गुणस्तरीय स्वास्थ्य पहुँचमा र स्वास्थ्य सुधारका लागि यो सेवा सुचारु गरिएको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताएकी छन् । सेवालाई सहज रुपमा उपलब्ध गराउँन पालिकाका ७ वटै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र स्वयंमसेविकालाई टेलिहेल्थ अर्थात स्मार्ट हेल्थ ग्लोवल परियोजनाका बरिष्ठ प्रबन्धक दिपीका श्रेष्ठको टोलीले तालिम प्रदान गरेको थियो ।
स्वास्थ्य सेवा पहुँच भन्दा बाहिर रहेका गाउँका मानिसहरुलाई लक्षित गरी प्रविधि मार्फत घरबाटै विशेषज्ञ डाक्टर सम्म जोड्ने र समस्या समाधान गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको श्रेष्ठले बताएकी छन् । स्मार्ट हेल्थ कार्यक्रम अन्र्तगत विभिन्न समस्याका बावजुत रोग पालेर बसिरहेका समुदायका मानिसहरुलाई टेलि हेल्थ एप मार्फत विशेषज्ञ डाक्टर सहितको सेवा उपलब्ध हुने र टेलि हेल्थको बारेमा जानकारीका साथै कसरी चलाउँने भन्ने विषयमा स्वास्थ्यकर्मीलाई तालिम दिईएको बताएकी छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर