• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 15, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

आज गौरा पर्वको मुख्य दिन, सुदूरपश्चिममा उल्लास, देशभर सार्वजनिक बिदा

खप्तड मालिका न्युज August 30, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी– आज गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो। यस दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ।
भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने सुदूरपश्चिमेलीहरुको महान पर्व गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा पाँच प्रकारका अन्न भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन्।
भदौ शुक्ल पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ। भदौ शुक्ल पञ्चमीका दिन बिरुडा भिजाउने चलन रहिआएकाले सुदूरपश्चिममा यस पञ्चमीलाई बिरुडा पञ्चमीका नामले पनि चिन्ने गरिन्छ।
भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ। त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो चढाउने चलन छ। अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ।
गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ। देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य गरी पनि गरिन्छ। त्यस्तै देउडा गीतका माध्यमबाट सुख दुःख बाँड्नुका साथै सामाजिक सदभाव कायम पनि गरिन्छ। गौरा पर्व भदौ शुक्ल पञ्चमीका दिन आरम्भ हुने भएपनि गौरा विसर्जन भने आ–आफ्नै चलन अनुसार गर्ने गरिन्छ।
यस्तै आज नै कृष्णजन्माष्टमी पर्व पनि मनाइदैछ। संघीय सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। यसअघि गौराको अवसरमा सुदूरपश्चिम प्रदेशमा मात्रै बिदा दिएको संघीय सरकारले आजकै दिन श्रीकृष्ण जन्माष्टमी पर्व पनि परेपछि देशभरी नै बिदा दिने निर्णय गरेको हो। प्रदेश सरकारले भने गौरा पर्वमा छुट्टै बिदा दिएको छैन। सुदूरपश्चिम प्रदेश सरकारले पनि आज कृष्णजन्माष्टमी पर्वको सार्वजनिक विदा दिने निर्णय गरेको थियो। दिनेश खबर बाट साभार…..

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑