
मोरङ– सुन्दरहरैचा नगरपालिका(४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमिली होटलमा भएको बलात्कार घटनामा संलग्न रहेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उक्त होटलका सञ्चालक ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, सोही ठाउँ बस्ने २५ वर्षीय सुरज श्रेष्ठ र झापाको मेचीनगर नगरपालिका(३ का २५ वर्षीय रामबहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् ।
गत शुक्रबार ती महिलालाई इटहरीबाट घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट घर पुर्याइदिन्छु भनी गाडीमा चढाएर उक्त होटलमा लगी बलात्कार गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले तत्काल होटल संचालक अर्जुन र सुरजलाई पक्राउ गरेको थियो ।
उक्त घटनामा संलग्न फरार रहेका सुधान्सुलाई मंगलबार इलाम सूर्योदय नगरपालिका(१२ तीनघरेमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजना उपर बलात्कार मुद्दामा आवश्यक कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर