• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 12, Mar, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

नेपालविरूद्ध खेल्न मरिससको फुटबल टिम आइपुग्यो काठमाडौं (तस्बिरहरू)

खप्तड मालिका न्युज January 24, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नेपालसँग दुइटा मैत्रीपूर्ण खेल खेल्न अफ्रिकी मुलुक मरिससको राष्ट्रिय फुटबल टिम काठमाडौं आइपुगेको छ। मरिसस सोमबार बिहान काठमाडौं आइपुगेको हो।

मरिसस र नेपालबीच दशरथ रंगशालामा आगामी शनिबार र मंगलबार गरी दुइटा मैत्रीपूर्ण हुँदैछ।

साफ च्याम्पियनसीपअन्तर्गत गत अक्टोबर १६ मा भारतविरूद्ध फाइनल खेलेपछि नेपाली टिम पहिलो पटक मैदान उत्रन लागेको हो।

यस्तै सेप्टेम्बरपछि नेपाल पहिलो पटक घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ।

नेपालले पछिल्लो पटक भारतसँग गत सेप्टेम्बरमा दुइटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिँदा दोस्रो खेलमा नेपाल १-० गोलले पराजित भएको थियो।

हाल फिफा वरीयाताको १६९ औं स्थानमा रहेको नेपालका लागि मरिसस नयाँ प्रतिद्वन्द्वी हो।

फिफा वरीयताको १७२ औं स्थानमा रहेकाले मरिसस नेपालका लागि समान स्तरको प्रतिद्वन्द्वी हो। जसका कारण खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ।

नेपालसँग प्रतिस्पर्धा गर्न सोमबार बिहान काठमाडौं आइपुग्ने मरिससले सन् २०१९ को मार्चदेखि जित निकाल्न सकेको छैन।

२०१९ मार्च २१ मा न्यू क्यालेडोनियालाई ३-१ ले हराएयता मरिसस जितविहीन छ। त्यसयता मरिससले ९ खेल खेल्दा १ खेल बराबरी गर्नु नै उपलब्धि हो। बाँकी ८ खेलमा मरिसस पराजित भएको थियो।

तीन वर्षको अवधिमा अफ्रिका कप अप नेसन्सको छनोटअन्तर्गत जिम्बावेसँग समग्रमा ७-१ ले पराजित हुँदा मरिसस विश्वकप छनोटमा मोजाम्बिकसँग समग्रमा ३-० ले हारेको थियो।

मरिससको टिममा युरोपका क्लबबाट व्यवसायिक खेल्ने खेलाडी छन्। डिफेन्डर लिन्ड्ले रोस पोल्यान्डको शीर्ष डिभिजनको क्लब लेगिया वार्साबाट खेल्छन्।

यस्तै मिडफिल्डर एडेल लाङले स्पेनिस ला लिगा क्लब अलाभेसबाट खेल्ने गरेका छन्। मिडफिल्डर जेरेमी भिलेनिभ फ्रान्सको दोस्रो डिभिजनको क्लब लु पे र फरवार्ड ग्यारी नोइल इंग्ल्यान्डको क्षेत्रीय लिग खेल्ने क्लब लेविस एफसीमा आबद्ध छन्।

नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिससविरूद्धको खेललाई सिक्ने अवसरको रूपमा लिएको बताएका छन्। यो खेलका लागि नयाँ खेलाडीलाई मौका दिने पनि उनको भनाइ छ।

गत सातादेखि प्रशिक्षण थालेको टिममा प्रशिक्षक अब्दुल्लाहले ३४ खेलाडीलाई बोलाएका छन्। यीमध्ये पाँच खेलाडीलाई कोभिड-१९ को संक्रमण देखिएको छ। पाँचमध्ये तीन खेलाडी नेपाली टिमका महत्वपूर्ण खेलाडी भएको बताइएको छ।

सम्बन्धित पोस्ट
  • बाजुरामा निर्वाचन प्रहरीकाे विदाई (तस्वीरहरु)
  • पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
  • दुर्गमका समस्या कहालिँलाग्दा: बाटाेमै बच्चा जन्माउन बाध्य बाजुराका आमा
  • बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलाे दल
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा निर्वाचन प्रहरीकाे विदाई (तस्वीरहरु)

    पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    दुर्गमका समस्या कहालिँलाग्दा: बाटाेमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

    समाचार

    बाजुरामा निर्वाचन प्रहरीकाे विदाई (तस्वीरहरु)

    पश्चिमी वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    दुर्गमका समस्या कहालिँलाग्दा: बाटाेमै बच्चा जन्माउन बाध्य बाजुराका आमा

    बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलाे दल

    आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑