
बाजुरा: पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विदेशी आगन्तुकलाई नेपाली आकाश सुरक्षित रहेको विश्वास दिलाउनसके पर्यटन विकासमा सघाउ पुग्ने बताउनुभएको छ ।(शुक्रबार)नेपालगञ्जमा होटेल व्यवसायी संघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री पाण्डेले देशको आर्थिक अवस्थामा सुधार ल्याउन हवाईसँगै सडक यातायातसमेत भरपर्दो तुल्याउन सक्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

यसका लागि विद्यमान पर्यटन नीति र ऐन बाधक देखिएको हुँदा संशोधनका लागि गठित कार्यदलले अबको तीन महिनाभित्रै पर्यटन तथा होटेल व्यवसायलाई दिशाबोध गराउने गरी प्रतिवेदन बुझाउने जानकारी उहाँले दिनुभयो ।
अधिवेशनमा होटेल व्यवसायीहरूले नारायणी नदीदेखि पश्चिम महाकालीसम्मको आर्थिक विकासका लागि योगदान दिनसक्ने भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर