
घोराही दाङः कवि तथा समालोचक पुष्कर रिजाल “पुष्प” को एकल कविता वाचन घोराही दाङमा भव्य रूपमा सम्पन्न भएको छ।राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख अतिथ्यता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा वरिष्ठ साहित्यकार उत्तम कृष्ण मजगैयाँ विशिष्ट आतित्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कवि तथा समालोचक साहित्यकार रिजालले गद्य तथा पद्य गरी एक दर्जनभन्दा बढी कविता वाचन गर्नुभएको थियो। ती वाचित रचनाहरूको समीक्षा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष तथा वरिष्ठ साहित्यकार डा।टीकाराम उदासीले गर्नुभएको थियो। समीक्षक उदासीले पुष्कर रिजालका रचना भाव तथा कलाका दृष्टिकोणले उत्कृष्ट रहेको बताउनुभएको थियो। राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा प्रगति लेखक संघ केन्द्रका सल्लाहकार पदमप्रसाद शर्मा,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा ूसमीरू र वरिष्ठ साहित्यकार गणेश विषमले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
लेखक संघ दाङ शाखाका अध्यक्ष खगराज न्यौपाने, प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य रामप्रसाद जैसी, सिस्नुपानी नेपाल दाङ शाखाका अध्यक्ष डा।लोकराज पराजुली,विश्व साहित्य सङ्घ दाङका अध्यक्ष तथा साहित्यकार डा।कृष्णराज डिसी ,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेशका सल्लाहकार केशव थापा, प्रगतिशील लेखकसघ दाङका कोषाध्यक्ष चन्द्रबहादुर थापा लगायत विभिन्न साहित्यिक संघसंस्थाको बाक्लो उपस्थिति रहेको थियो।
त्यसैगरी सो कार्यक्रममा गीतकार प्रकाश केसी, गायक तथा संगीतकार सन्तोष रजौरे ,गजलकार खिम केसी, साहित्यकारहरू नगेन्द्र गुरु, डा।प्रेम योगी, शारदा शर्मा,गोपाल भुसाल अभिलाषी,धनसिंह गिरी,सुशीला आचार्य, वीणा रोका, विन्दु अधिकारी,देवेन्द्र रिजाल, महेश कुमार न्यौपाने, सुवाष न्यौपाने,शरद गौतम, रामकुमार पौडेल,दामु शर्मा,वसन्त पोखरेल, शोभाकान्त अधिकारी ,नमा शर्मा, वसन्त अनुभव, तारा न्यौपाने, होम बहादुर रेग्मी , सुशीला कुमारी रेग्मी, रिमा गौतम,एच।एन ।पाण्डे,अरुण कुमार नेपाली योजना बुढाथोकी लगायतको उपस्थिति रहेको थियो।
राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालक सचिव घनश्याम केसीले गर्नुभएको थियो। सो कार्यक्रममा एकल रचना वाचक साहित्यकार रिजाललाई परिषद्को तर्फबाट प्रशंसापत्रले सम्मान गरिएको थियो।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर