• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sat, 02, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

उपत्यकाभित्र २५ जनाभन्दा बढी भेला हुन रोक

खप्तड मालिका न्युज January 12, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गरेको अवस्थामा काठमाडौं उपत्यकाका सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाइएको छ।

मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी उपत्यकाभित्र २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै किसिमको भेला, मेला तथा महोत्सव एवं सामाजिक कार्य गर्न रोक लगाएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।

‘गृह मन्त्रालयबाट आएको निर्देशन कार्यान्वयनमा ल्याउने निर्णयअनुसार मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी उपत्यकाभित्र २५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने भेला, मेला तथा महोत्सव एवं सामाजिक कार्य गर्न रोक लगाउने निर्णय भएको छ,’ उनले भने, ‘सर्वसाधारणले आउँदो माघ ७ गतेदेखि सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य रूपमा साथमा बोक्नुपर्नेछ।’

आउँदो माघ ७ गतेदेखि कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवार्ईयात्रा र पार्कलगायत सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड–१९ विरुद्ध खोप लगाएको कार्ड ९मोबाइलमा फोटो भए पनि हुने० राख्ने र सबै निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था गरिएको छ।

माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य राख्नुपर्नेछ। जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरी सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन परीक्षण बुथ स्थापना गर्ने र नियमित परीक्षण गर्नुपर्नेछ।

जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा सबै विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई अनिवार्य रूपमा एक हप्ताभित्र कोभिडविरुद्ध खोप लगाइसक्ने गरी कार्यतालिका बनाई कार्यान्वयन गराउनुपर्नेछ। सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै मानिस उपस्थित हुने गरी प्रशासनिक तथा सामाजिक एवं यस्ता प्रकृतिका कार्यक्रम गर्न रोक लगाइएको छ। अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर मात्र स्वास्थ्य मापदण्डको पालना गर्ने व्यवस्था मिलाउनुपर्नेछ।

अर्को निर्णय नहुन्जेल कोभिड–१९को बढ्दो संक्रमणलाई दृष्टिगत गरी घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, समयसमयमा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नेलगायत स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्नेछ। यसअघि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नदिने नियम कार्यान्वयन गर्न निर्देशन दिएको थियो।

त्यस्तै कुनै पनि सभा, भेला, जुलसुलगायतका भीडभाड हुने कार्य रोक्ने निर्देशन दिइएको थियो। सोमबारको मन्त्रीस्तरीय बैठकले आउँदो माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेको थियो। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० को बैठकले खोप कार्ड अनिवार्य गर्न सिफारिस गरेको थियो।

सम्बन्धित पोस्ट
  • यूएईविरुद्ध नेपालकाे राेमान्चक जित
  • बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा
  • ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
  • देशका अधिकांश भागमा वर्षाको सम्भावना
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    समाचार

    यूएईविरुद्ध नेपालकाे राेमान्चक जित

    बाजुराकाे त्रिवेणी नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घाेषणा

    ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन

    देशका अधिकांश भागमा वर्षाको सम्भावना

    आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑