
...गजल…

भन्नेहरू किन भन्छन् तक्दिर उस्तै छ,
सधैं तन मन खियायौँ आखिर उस्तै छ।
आलो घाउमा नुन चुक नदलौँ कसैले,
आफुलाई सधैभरी आफ्नै पिर उस्तै छ।
कसलाई दोशदिने हाम्रो समाज नै उस्तै,
अपराधी हो फूलमाला र अविर उस्तै छ।
भन त उसले के दियो र हामिले केपायौँ,
आफ्नो जीवनमा ऋणको भिर उस्तै छ।
सबै बुन्छन् तानावाना उही बारीका मूला,
यो पनि उखान टुक्कामा माहिर उस्तै छ।
उ सँग आधुनिक हतियार भएर केलाग्यो,
मुटुकै आरपार पुग्ने नजरको तिर उस्तै छ।
✍️सुरेशकुमार पाण्डे

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर