
होली बिषेश ६ वटा मुक्तकहरु (गोबिन्द्र राज तिमिल्सेना)

आँउ साथी हात समाई होली खेलौला
एक आपसमा रंग लाई होली खेलौला
आजको दिनमा रमाइलो गर्ने हो साथि,
गाँउ अनि शहरमा धाई होली खेलौला ।।
शरिर भरी रंग छरेर होली खेल्छौ
पानी संगै लोला भरेर होली खेल्छौ
आखिर कुनै दिन त मरेर जानु छ,
माया साटासाट गरेर होली खेल्छौ ।।
होलीमा सबैलाई दल्नुपर्छ रंग
रमाइलो गर्नुपर्छ साथिहरु संग
निरासतामा नभएर हामीहरु त,
होलीलाई मनाउछौ भएर उमंग।।
होली खेल्न साथि नजिक तान्नुपर्छ हेर
पानी र भरिएको लोलाले हान्नुपर्छ हेर
खाली नबुझेर कहिल्यै खेल्नु पनि हुन्न,
होली खेल्न पनि तरिका जान्नुपर्छ हेर।।
सुन् मेरी स्वर्गकी परी होली खेल्नु पर्छ
एकैसाथ रमाइलो गरी होली खेल्नु पर्छ
आजको दिन रमाइलो गरेर बिताउने हो,
शरीर भरि रङ्गैरङ्ग छरी होली खेल्नु पर्छ।।
पहाडमा आज तराईमा भोली परेछ
आउँ साथि रमाउँ आज होली परेछ
सधै केही परेन् भनेर गुनासो गर्थिन्,
आज त उनलाई फुलबुट्टे चोली परेछ।।
लेखक तथा रचनाकारः गोबिन्द्र राज तिमिल्सेना- उहाँ बिगत ३ बर्ष देखि पत्रकारीता पेशामा आबद्ध हुनुहुन्छ

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर