
सुरेशकुमार पाण्डे/ निर्मली स परिवार रोइरहेको देखेर भाडालिन आएको घरमालिक भित्र नपसी फर्कियो।केही दिन भाडा तिर्न ढिला भएको थियो।आकास्मिक आज नैनासिहँको मृत्यु भएको त्यही लास कुरेर ससाना बालबालिका सँगै निर्मली बसेकी थिई।

एकछिन पछि सव गृहबाट भ्यान आयो।उसलाई दिने पैसा निर्मली सँग थिएन।ऊ सव नलिएर फर्कियो।”के भयो किन सव नलिएर फर्कियो भ्यान?-छिमेकीले सोध्यो।”उसलाई दिने पैसा छैन मसँग”-निर्मलिले रून्चे स्वरमा भनी।”एकछिन पछि यो गल्लि नै दुसित हुन्छ।छिट्टै सव तह लगाउ।” -आर्को छिमेकिले नगिचै आएर भन्यो।
नजिकै नैनासिहँले चलाउँदै आएको रिक्साले ट्वाल परेर आफ्नो मालिकको सव हेरिरहेको थियो।निर्मलिले बालखहरूको सहयोगमा श्रीमानको सव रिक्सामा राखी।आफुले रिक्सा तानी छोरा छोरीले ढकेल्दै-ढकेल्दै बिधुतिय सव दोहन गृहमा पुराई।”नानी! सव दोहन गर्नलाई पर्चा काट”-एकजनाले सुझायो।ऊ काउँटरमा पुगी र सव दोहनको लागि पर्चा मागी।त्यहाँपनि पैसा मागियो।
निर्मलि सँग पैसा थिएन।ऊ पुनः पर्चा नकाटेर सवको नजिक पुगी।
“आमा केभयो?-सानो बालखले सोध्यो।केही होइन छोरा यो नर्कबाट स्वर्ग जान मृतकलाई पनि पैसा तिर्नुपर्छ।”-निर्मलिका आँखाबाट दुःखको तापमा उब्लिएको आँशु पुनः चुन थाल्यो।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर