• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

मेरो अधुरो प्रेम(लेख)

खप्तड मालिका न्युज February 29, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

“ जिवनमा घटेको अधुरो प्रेम”
गोबिन्द राज तिमिल्सेना,बाजुरा/ जिन्दगिको पहिलो खुड्किलामा कसैलाई मन पराएर मुटुमा राखिन्छ,जसलाई आफ्नो ज्यान सम्झिन्छ,जिन्दगिका सारा खुसि ल्याएर दिन तैयारि भईन्छ त्यो प्रेम हो । त्यहि प्रेम जिवनको कुनै कालखण्डमा कुनै सानो कुरामा बाझिएर जोडिएको गहिरो प्रेम सम्बन्ध टुट्छ भने त्यो नै हो “अधुरो प्रेम” जिवनभर साथ दिन नसकेर जिन्दगिको दोबाटोमा पुगाई बिचमै साथ छोडेर जान्छन भने त्यो पनि हो अधुरो प्रेम, जिवनभर साथ दिन्छु भन्नेले,पहिला मायाको नाटक देखाउछन्,पछि उसलाई छोडेर अर्कैको साथमा रमाउछन भने त्यो पनि हो अधुरो प्रेम ।वास्तविक जिवनमा यस्ता अधुरा तथा अपुरा प्रेम सम्बन्ध सबैले जोड्ने गरेका हुन्छन् । कसैले साचो मनले माया गरेका हुन्छ, तर त्यो साचो मनले माया गरेको प्रेम धेरै बेर टिक्न सक्दैन,साचो मायाको बिचमा कोहि न कोहि पर्खाल बनेर उभिहाल्छन्। जसले धन सम्पतिको आडमा माया गरेका हुन्छन्,तिनिहरुले जिवनमा ठुलो धोका दिने गर्छन। पहिला एक जना संग मायाको नाटक गर्छ्न पछि गएर अरुको साथमा रमाउछन्,त्यो हृदय देखि ने माया गरेको मान्छेलाई छोडेर जान्छन् ।

जबजब कसैलाई जिवनमा मन पराउन थालियो । बिस्तारै बिस्तारै हामी दुई बिचको सम्बन्ध गहिरो हुदै गयो उनिले पनि खुब माया गरेकि थिईन् मैले नि मन मुटु देखि नै माया गरेको थिय । दुरिले अलि टाढा भए पनि मायाले हामी झनै नजिक थियौ । बिस्तारै हाम्रो माया फोन बाटै झन गहिरो बन्दै गयो तर एक आपसमा देखासिकि भने हामी दुबैको भएको थिएन् । फोनबाटै गहिरो माया बस्न थाल्यो । जिवनमा यस्तो लाग्थ्यो उनी नै मेरो प्राण हुन,उनी नै जिवनको सबथोक हुन,उनी नै मेरो बाच्ने आधार हुन,भन्ने लाग्थ्यो पहिला पहिला खुबै माया प्रीती हामी दुबैको बिच चल्यो । रातिराति खाना नखाएरै फोनमा बोलिन्थ्यो ,गफगाफ गरिन्थ्यो रिस उठेको बेला गालि गरिन्थ्यो उनी पनि रिसाउथिन् अनि फोन काट्नु हुन्थ्यो अनि म फेरि फकाउन फोन गर्थे तर उनी फोन उठाउदिन थिन । म धेरै पटक कोसिस गर्थे तर पनि फोन उठ्दैन थियो । रातभर फोन नउठ्दा म निकै निरास हुन्थे,मन पराएको मान्छेले एकछिन फोन नउठाउदानि निकै नरमाइलो लाग्थ्यो रातभर कतिपय अबस्थामा रोएर समेत बस्थे त्यहि माया लाग्थ्यो मेरि उनिको ।

जब भोलि बिहान हुन्थ्यो म उनिलाई कल नगरि बस्थे उतेबाट कल आउथ्यो अनि लजाएको जस्तो आवाजमा भन्नुहुन्थ्यो ” हिजो हजुरले कति फोन गर्नु भयो मैले उठाईन, सरी नरिसाउनुस ल” भनेर भन्नू हुन्थ्यो तर पनि म बोल्दिन थिय फोन उठेकै हुन्थ्यो म नबोलि चुपचाप बस्ने उहाबाट जवाफ आउथ्यो नबोल्ने भए म कहिल्यै पनि फोन गर्दैन ,तर पनि म बोल्दिन थिय ।मेरो बिचार उनिलाई सताउने मात्रै थियो उनी फेरि फकाउनु हुन्थ्यो र भन्नुहुन्थ्यो” ए मेरो हजुर अब जहिल्यै पनि फोन उठाउछु बाबा, अब त बोल्नुस भनेर जवाफ आउथ्यो ” अनि म बल्ल तल्ल बोल्थे र भन्ने ” चोर हिजो बेलुकि किन फोन नउठाएको अनि,आफू फोन नउठाउने अनि अहिले यसो भयो भन्ने” भनेर म प्रश्न गर्थे उहाँ बताउनु हुन्थ्यो भने त सरि बाबा भनिराछु फेरि किन चाहियो बढि कुरा भनेर बताउनु हुन्थ्यो । यस्तै प्रक्रिया निरन्तर चलिरहन्थ्यो फोन बाटै गहिरो माया बसेको म अनुभूति गर्थे ।यो निरन्तर प्रक्रिया करिब एक बर्ष सम्म चल्यो । दुबै बिच गहिरो सम्बन्ध स्थापना भयो भनेर म अनुभूति गरिरहन्थे । कुनै दिन फोन नभएको बेला त्यो दिन कटाउन निकै समस्या हुन्थ्यो माया गरेको मान्छेले नसम्झदा मन निकै दुख्थ्यो । भन्छन गहिरो माया भयो भने त्यो माया लामो समयसम्म टिक्दैन भन्छन,म पनि सोच्दथे हाम्रो यति गहिरो माया छ कहिल्यै यो पछि गएर अधुरो त हुने होईन् भनेर कतिबेला म सोचिरहन्थे र भन्ने उनिलाई ए चोर हाम्रो यति गहिरो माया बसेको छ धेरै गहिरो माया भयो भने त्यो माया अधुरो हुन्छ भन्छन कतै हाम्रो माया पनि अधुरो त हुने होईन् ।

उताबाट जवाफ आउथ्यो तपाईंले अरु कतै मन डुलाएको भए त अधुरो हुन पनि सक्छ तर मेरो मनबाट मेरो आखले यो सम्बन्ध कहिल्यै अलग हुने छैन भनेर जवाफ आउथ्यो ।माया प्रीती निकै गहिरो बन्दै गयो कुनै बेला यस्तो लाग्थ्यो रातभर पनि बोलिरहु, उनको आवाजले पनि मुटुमा शाान्तिको आवास अनुभूति हुन्थ्यो, उनिले बोलेको बेलामा म उनकै कुरामा डुलिरहन्थे,मिठो आवाजमा बोल्ने मेरि उनी मलाई झनै माया गरेर बोल्नु हुन्थ्यो त्यो बोलिले म झनै उनितिर तानिएको थिए । जिन्दगिमा लाग्थ्यो सबै थोक मेरि उनी मात्रै हुन्, उनी संग बोल्न लागेको बेला अरु कसैको पनि याद आउन्न थियो फोनमा बोलेको बोल्यै हुन्थ्यो एक दिन उनी संग गफ गर्दा गर्दै पकाउन लगाएको भात समेत पुरै जलेर कालो समेत भएको घटना ताजै छ , राति ८ बजे फोन गर्न लागेको बिहान ६ बजेको पनि घटना मनमा ताजै छ । त्यहिसम्म पनि कुरा हुने हामिबिच त्यस्तो माया बसेको थियो ।यस्तो कार्य निरन्तर चल्दै गयो ।बाहिरका मानिहरु पनि भन्न थाले कतिसम्म फोन गर्छस, खालि किन पैशा सक्छस् रिचाज हालेर भन्ने गुनासो आउथे मलाई उनिहरु देखि खुबै रिस उठ्थ्यो सकिए मेरा सकिन्छन तपाईलाई किन टेन्सन चुप लागेर बस्नुस भन्ने, उनिहरु भन्थे तेरो यो सम्बन्ध कहिल्यै पूरा हुदैन अधुरो प्रेम हुन्छ तेरो आजभोलि केटिहरुको भर हुन्न एक जना संग मन मुटु देखि माया गरेका हुन्छन् भने अर्को लाई फोन गरेर टाईम पास गरिरहेका हुन्छन् तेरो पनि सेम त्यस्तै हुन्छ भन्थे । तरपनि मलाई फेरि रिस उठ्थ्यो मन परेको मान्छेलाई नानाथरि कुरा भनेको म सहन सक्दैन थिय ।

उनी क्षेत्रि हुनुहुन्थ्यो तर म ब्राहमण थिए ।तर पनि मायामा कुनै जातभात नठानेर मैले चोखो मनले माया गरिरहे,उहाँ चाहिँ कुनै बेला भन्नुहुन्थयो तपाईंको जात म भन्दा ठुलो छ पछि तपाईंको घरकाले आफ्नो भन्दा सानो जातको केटि ल्यायो भनेर मलाई होच्याउने त होईनन् भनेर भन्नुहुथ्यो म भन्थे माया भनेको जातले गर्ने होईन्,माया मन र मुटुले ,गरिन्छ ।यदि तिमी जातले माया गर्न चाहन्छौ भने अहिल्यै नलाग्दा ठिक हुन्छ भनेर पनि म भन्थे ।तर पनि उहाले माया गरिराख्नु भयो । हामी बिचको सम्बन्ध यति गहिरो भयो कि कहिल्यै नछुटाउन सकिने जस्तो । पहिला पहिला फोन बाट खुबै कुराकानी हुन्थ्यो पछि तिर गएर प्रत्यक्ष भेटघाट समेत भयो ,भेटघाट भएको दिन एक आपसमा छातिमा टासिएर धेरै बेर सम्म पनि बस्यौ हामी अरु साथिहरुले पनि भन्ने गर्थे तिमी दुई बिचको सम्बन्ध कती गहिरो छ ,यस्तो प्रेम हामिले कतै पनि देखेका थियनौ । तिमी दुईको सम्बन्ध सोचेभन्दा पनि गहिरो छ ,सफा स्वच्छ मनले भरिएको माया तिमिहरु दुईको बिचमा छ तर गहिरो माया लामो समयसम्म टिक्दैन भनेर साथिहरु बताउने गर्थे ,हामी दुई बिच निकै गहिरो सम्बन्ध स्थापित भईसकेको थियो ।

ज्यान समेत दिनको लागि हामी तयार थियौ, संगै खायौ,हिड्यौ त्यो तरिका बाट पनि माया थप बलियो बन्दै गयो । तर को ले कुन तरिकाले माया गरेको छ भन्ने कुरा पहिला त थाहा हुन सकेन हाम्रो माया यसरी अगाडि बढ्दै गयो । म केही काम बिषेषले करिब दुई चार महिनाको लागि बाहिर जानू पर्ने काम पर्यो तर यता मन देखि माया गरेको मान्छेलाई छोडेर जान कत्ति पनि मन थियन । तर पनि काम पूरा गर्ने जानै पर्ने भयो ।राति फोन गरेर भने म भोलि बिहानै केही महिनाको लागि बाहिर जादै छु,मन नदुखाउनु म छिट्टै आउने छु भने तर उहाँले मान्नुभयन नजानुहोस् भन्नुभयो तर पनि म जानैपर्ने थियो ।त्यो राति उहाले फोन अफ गरेर सुत्नुभयो मैले कति फोन गरे तर अफ भन्यो । भोलि बिहानै म हिडिसके उता गएर कामकाजमा ब्यस्त भए फोन गर्ने समय नि मिलेन करिब तीन महिना सम्म फोन नि हुन सकेन चार महिना पुग्न लाग्दा मैले कल गरे तर तपाईंले डाईल गर्ने भएको नम्बर अहिले ब्यस्त छ भन्यो मैले सोचे कुनै काम परेको होला र अनि ब्यस्त हुनुहुन्छ त्यो प्रक्रिया निरन्तर चलिरह्यो , फोन बिजिको बिजि हुन थाल्यो तर पनि मैले केही सोचिन् ।

काम सकाएर म गृह जिल्ला आईपुगे राति करिब १० बजेतिर पुगियो घरतिर खाना खाएर ओच्छ्यानमा पल्टिए फोन गर्न खोज्छु तर फोन काटिन्छ धेरै चोटि गरे तरपनि भयन । अनि सुते भोलि बिहान जब उज्यालो भयो अनि सिरानिमा राखेको मोबाइल समातेर फोन गरे कल लाग्यो र उठ्यो अनि मनको मान्छे बोल्नुभयो ” यतिका दिनसम्म फोन पनि गर्न सक्नुभएन थियो ,कता हराउनु भयको थियो,अरु कसैको चक्करमा लागेर होलानि हामीलाई नसम्झेको भनेर जवाफ आयो मैले भने ए बाबा त्यसो होईन म उता लगातार काममा ब्यस्त भए फोन गर्ने समय नि भयन अस्ति गरेको थिय बिजि भन्यो अनि म के गरु भनेर भने ल हुन्छ अनि अरु सुनाउनुहोस सकुसल पुग्नु भयो कि नाई भनेर उहाँले सोध्नुभयो मैले लाटि माया गर्ने मान्छे छदै भय सकुसल पुगिहाल्छु नि तिम्रो आशिर्वाद ले पुग्न सफल भय भनेर भने । उहाले मेरो दिदी को फोन आयो राख्नुहोस त तपाई भन्नुभयो अनि मेले फोन राखे । फोन राखेको करिब २ घन्टा भयो उनिलाई कल गरे तर पनि बिजि भन्छ राति दुई बजे पनि कल बिजि हुदा मलाई अलि बिस्वास लाग्न छोड्योे , राति पनि दिदी को फोन त नआउने हो भनेर मैले मन मनै सोचे , भोलि बिहान अबेर सम्म पनि फोन आएन फेरि यतैबाट मैले कल गरे हिजो अबेर सम्म कल बिजि थियो त किन हो भनेर भने उहाले जवाफ दिनुभयो तपाईंको नम्बर कताबाट कालो सुचिमा गएछ भन्नुभयो ।मैले जवाफ दिए हुनत् अब कालोसुचिमा राखे पनि भयो नि पहिला पहिला चोखोमा मायाको प्यार देखाउने यहाँ तमाम भेटिन्छन् पछि गएर सबै यस्तै भन्छन भनेर मेले फोन कट गरे ।

त्यो दिन देखि अलि सबै देखि नरमाइलो लाग्न थाल्यो त्यति मन मुटु देखि मन पराएको मान्छेले फोन नै कालोसुचिमा राखिदिदा दिक्क लाग्न थाल्यो । दिन पर्ती दिन उनको फोन बिजिको बिजि हुन थाल्यो कहिल्यै दाजुको,कहिल्यै बुबाको,कहिल्यै दिदि को फोन आयको हो भनेर उनिले मलाई सुनाउन थालिन् । उनको यस्तो बानिले मलाई लाग्यो यिनले दुईटा मान्छे बनाएका रहेछन् । एउटा जीवन बिताउने एउटा समय बिताउने साथिहरु भन्ने गर्थे तेरो सम्बन्ध अधुरो रहन्छन कताकता त्यस्तै अनुभूत हुन थाल्यो । यसरी ज्यान दिने सम्म मन पराएको मान्छेको फोन रातादिन ब्यस्त हुुदा मलाई दिक्क लाग्न थाल्यो । त्यो दिन देखि खासै पहिलाको जस्तो सम्बन्ध पनि रहेन् उनको फोन ब्यस्त हुन थाल्यो यता म माया गर्ने मान्छेको यस्तो हर्कत ले गर्दा तनाबमा हुन थाले उनी बिस्तारै मलाई फोन नै गर्न छाडिन्। म यता बाट कल गर्छु ब्यस्त मात्रै भन्छ । यो दिनहु चलिरह्यो मलाई अब त उनिदेखि पनि दिक्क लाग्न थाल्यो,खानाखाने मन समेत भयन,जिन्दगि नै बोझ लाग्न थाल्यो,माया भन्ने शब्द देखि घृणाा उत्पन्न हुन थाल्यो,यति माया गर्ने मान्छेको फोन ब्यस्त हुदा मलाई हतास भयो,पिडाले सतायो,रातदिन उनको सम्झनाले सिरानि भिज्यो तर उनिले फोेन गरिनन् ।

यताबाट म कल गर्छु काटिन्छ, लाग्यो मलाई उहाले खालि समय बिताउन मलाई झुटोमाया को प्यार देखाएको रहिछन्। सबैले भन्ने गर्थे तेरो माया अधुरो रहन्छ,सफल कहिल्यै हुदैन सायद त्यस्तै हुने जस्तो लाग्यो रातदिन भोकभोकै उनको यादले सतायो,कतेै गएर हाम फाल्ने आट जस्तो आयो तर सकिन् माया गर्ने मान्छेको फोन ब्यस्त हुदा यसो गर्नु हुन्न भन्ने मनमा सोच आयो ।सम्हालेर बसिरहे करिब दुई हप्ता पछि उहाले फोन गरेर भन्नुभयो” हाम्रो नाता जात मिल्दैन त्यहि भएर हामी बिचको यो माया पूरा हुन सक्दैन,तपाई ठुलो जातको मान्छे म सानो जातको केटि यो सम्बन्ध यहि तोडेनि भयो मेरो अब बिहे हसदै छ” यसरी जवाफको ओहिरो लाग्दा मेरो मुटु भक्कानियो, आखाबाट बलिन्धारा आँसु बगे,ठिकै हो पहिला जात छानिनौ मेरो स्वार्थ लुट्यौ अहिले आएर नानाथरि जात भातका कुरा गर्यौ ठिकै हो किन जातका कुरा गर्छौ बरु मेरो घरपरिवारले तिमिलाई नस्विकार्नु ठिकै हो तिमिलाई के को समस्या ,बरु झुटो माया गरेको थिय भनन् कुरा सकियो नि किन धेरै कुरा पचाएको भनेर मैले भने ।उनिले बताईन् मैले तिमिलाई कहिले पो माया गरेको थिए, त्यो त देखावटि माया थियो अबदेखि मलाई कल त के सम्झने कोसिस पनि नगर्नु भनेर उतर आयो मैले भने जिन्दगिमा तिमिलाई कति माया गरेर मुटुमा सजाएको थिय । आज आज आखिर यहि फल पाउन रहेछ् हुनत भाग्यमा तिमी रहिनछ्यौ मेरो साथमा भन्दा अरुको साथमा खुसि हुन्छौ भने जाउ , म यसरी बाचुला या मरु ।

उनले यस्तो जवाफ दिदा म छागोबाट खसे झै भए।लाग्यो यति सम्म मैले मात्रै चोखो मनले माया गरेको रहेछु उनले लास्टमा आएर जात माथि दोष देखाएर यति गहिरो सम्बन्ध टुटाएर गइन,आफैले धिक्कारे र बसे धेरै समयसम्म उनकै फोटो हेरेर बसे,कतिपय रात रोए र कटाए,कतिपय रात भोकभोकै सुते,हरेक रात उनको सम्झनाले छाति पोल्यो,सिरानि भिज्यो तर पनि छोडेर गएको मान्छेलाई सम्झन उचित लागेन तर पनि उनको यादले मन पोलिरह्यो,छातिदुखिरह्यो,हुनत छोडेर जाने मान्छेलाई केनै भन्न सकिन्छ र भिरतिर जाने गोरुलाई रामराम भन्न सकिन्छ,तर काधै थाप्न सकिन्नि भने जस्तै छोडेर जाने मान्छेलाई छोडेर जान दिनु पर्छ भनेर सम्हालिएर बसे। तर पनि सकिदो रहेनछ् माया गरेको मान्छेलाई भुल्न आजभोलि पनि उनको यादले सताउने गर्छ उनी पराईको साथमा रमाए ता पनि यता आफुलाई उनको यादले सताउने गरेको हुन्छ । यसरी मनको माया अरु तिर जादा मेरो प्रेम अधुरो रहन पुग्यो ।

यदि तपाईं माया यस्तो ब्यक्ति संग गर्नुहोस, जसले तपाईलाई सुख मात्रै होईन,दुखमा पनि साथ दिन सकोस ।जिवनमा त्यस्तो ब्यक्तिलाई कहिल्यै भुल्न सकिन्न जसले दुखमा साथ दिन्छ र जसले दुखको भुमरिमा फाल्छ यी दुई ब्यक्तिलाई जिवनमा कहिल्यै पनि भुल्न सकिन्न । किनकि यिनिहरु मुटुमा गहिरो किलो गडिए जस्तै मुटुमा अटल भएर बसिरहन्छ ।प्रेम भनेको मुटु देखि हुन्छ भन्थे तर यहाँ प्रेम कतिपयले धन र सम्पति र जात माथि गर्ने रहेछन् । दुनियाँमा निस्वार्थ मनले माया गर्ने यहाँ कमै मात्रामा भेटिने रहेछन्,प्राय सबैले धन सम्पति माथि आँखा लगाएर उसको धन सम्पतिको आडमा माया गर्ने रहेछन्।पहिला पहिला साचो मायाको प्यार देखाउने धेरै भेटिदा रहेछन् पछि उसको धन सम्पति सकुञ्जेल माया गर्दा रहेछन् पछि बिचमै छोडेर जादा रहेछन् । कति स्वार्थी रहेछ यो दुनियाँ पनि कसैलाई चोखो मनले माया गर्न नि नपाउनु,कसैलाई आफ्नो मुटुभित्र राख्न नि नपाउनु,कसैलाई धेरै मायाले बेर्न नि नपाउनु,कति चाडैं एक अर्का बाट छुट्टाई दिदो रहेछ।

भन्छन धेरै माया भएको प्रेम जीवन भर रहन सक्दैन् साच्चै रहेछ यो दुनियामा धेरै माया गर्नु भनेको पाप रहेछ,कसैलाई मन पराएर मुटुमा राख्नु पनि पाप रहेछ अरुले खोसेर लिन्छन भने त्यो मन पराएको मायाको के नै अर्थ रह्यो र ।यस्ता घटनाहरुले मन धेरै दुख्ने गर्दो रहेछ आखिर ,जिवनमा सबैभन्दा ठुलो आमा बुबा भन्छन तर प्रेममा फसेको मान्छेलाई आफ्नो आमाबुबा भन्दा पनि त्यहि प्रेम ठुलो हुने रहेछ । लाग्छ हामी कतै टाढा गएको बेला फोनबाट आफ्नो प्रेमीकालाइ कति सम्झन्छौ तर आमा बुबालाई ख्याल नै गर्दैनौ किनभने आमा बुबा भन्दा नि प्रेम ठुलो लाग्छ साचो मनले माया गरिरहेको मान्छेको झनैमाया लाग्ने रहेछ ।त्यहि साचो माया गरेको मान्छेले छोड्दा खेरिको पीडा कस्तो हुन्छ जसले भोगेको हुन्छ त्यहिले मात्रै थाहा पाउछ जिवनमा अधुरो प्रेमले कस्तो पीडा दिन्छ त्यो पनि भोगेको मान्छेलाई मात्रै थाहा हुने गर्छ ।मनमा बसेको मान्छे पराईको घुम्टोमा सजिदाको पीडा,अरुले सिउदो सिन्दुरले भरिदिदा,मन कति भक्कानिएर आउँछ । माया गर्ने मान्छेले छोड्दा मुटु छिया छिया हुने रहेछ ।

हुनत माया दोहोरो भए मात्रै सम्भव हुने रहेछ,एकले मात्रै माया गरेर कहिल्यै पूरा हुने रहेनछ्। भन्थे जिन्दगिमा मायाको लागि कसैलाई हात नफैलाउन किन कि माया हात फैलाएर ,खोसेर पाईदैन माया पाउन आफुलाई मायाको लायक बनाउन जरुरि रहेछ । दुनियामा माया भन्ने शब्द यति अमुुल्य छ माया किनेर पाइदैन,माया त मनबाट भएपछि मात्रै उक्त माया पाईदो रहेछ । यो दुनियामा जात ,सम्पति, माथि माया गर्न धेरै भेटिदा रहेछन् चोखो मनले माया गर्ने यहाँ कमै भेटिदा रहेछन् ।पहिला तपाईं जिन्दगिमा मायाको लायक बन्न चाहनु हुन्छ भने,दुबै पक्षबाट दोहोरो माया भयो भने पछि मात्रै त्यो माया पाउन सक्नु हुन्छ । चोखो माया नपाएरै कतिपयले यहाँ ज्यान समेत गुमाउनु परेका घटनाहरु धेरै छन । तर म मेरो मायाले साथ छोडेर गएता पनि बरु उनकै यादले पिडाले रुमलिएको छु , तर मर्न सकेको छैन् किन भने छोडेर जाने मान्छेको अगाडि आफुले राम्रो भएर देखाउनु छ । उनको अगाडि आफ्नो नाम कमाउनु छ ।

उनलाई याद आओस कि यो मान्छेलाई धोका दिएर मैले ठुलो पाप गरे यस्तो माया गर्ने मान्छे जिवनमा कहिल्यै भेटाउन्न सकिन्न उनमा अनुभुुति होस् अनि मात्रै हामी दुनियामा मायाको लायक हुन्छौ । तपाईं जिवनमा यस्तो माया गर्न मान्छेको खोजि गर्नुहोस जसले सुखमा मात्रै होईन्,दुखमा पनि साथ दिउन् अनि मात्रै चोखो माया गरेको सफलता प्राप्त हुन्छ । जिन्दगिमा प्रेम यस्तो चिज हो,जसमा कयौं प्रेमी प्रेमीकाले ज्यान गुमाउछन् पनि ज्यान जोगाउछन् पनि । त्यहि भएर जिन्दगिमा माया को भिख मागेर तपाईं कहिल्यै अगाडि नबढ्नुहोस,माया भिख मागेर होईन,मायाको लायक बनाएर तपाईंले सजिलै माया प्राप्त गर्न सक्नुहुन्छ । माया नै संसार,माया नै जीवन भनेर कहिल्यै अगाडि नबढ्नुहोस यदि यहि सोच लिएर अगाडि बढ्नुभयो भने कुनै दिन भर्याङबाट लडेको जस्तो अनुभुति तपाईंलाई हुनेछ। त्यहि भएर जिवनमा “अधुरो प्रेम” गर्ने धेरै भेटिन्छन् तिनिहरुको भरमा कहिल्यै नपर्नु होेस् समयमै उनको वास्तविकता थाहा पाएर माया गरेको खण्डमा तपाईंले सफलता प्राप्त गर्नु हुनेछ ।
कुनै कुनै प्रेम बिचमै अधुरो हुने गर्छ,एउटाले म तिमिलाई प्रेम गर्छु भन्ने हिम्मत नै जुटाउन सक्दैन र अर्कोले सम्झिने कोशिस नै गर्दैन । यहि कारणले कतिपयका प्रेम सम्बन्ध अधुरो तथा अपुरा हुने गर्छन्।

लेखक: गोबिन्द्र राज तिमिल्सेना( कुसुम कान्छो)- उहाँ बिगत ३ बर्ष देखि पत्रकारिता पेशामा आबद्ध हुनुहुन्छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑