• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 13, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

ग्लोबल आईएमई बैंक बाजुराद्धारा सुरक्षित आवास गृहलाई आर्थिक सहयोग

खप्तड मालिका न्युज December 10, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बाजुरा : – ग्लोबल आईएमई बैंक बाजुरा शाखाले महिला सुरक्षित आवास गृहलाई आर्थिक सहयोग गरेको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको आज अन्तिम दिनको अवसरमा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुरामा रहेको महिला सुरक्षित आवास गृहलाई आर्थिक सहयोग गरेको हो । आइतबार सदरमुकाम मार्तडीस्थित खुल्ला मञ्चमा भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा ग्लोबल आईएमई बैंक बाजुराले सो कार्यक्रमको अवसरमा बिस हजारको चेक सुरक्षित आवास गृहलाई हस्तान्तरण गरिएको ग्लोबल आईएमई बैंक बाजुरा शाखाका प्रबन्धक भेषराज देवकोटाले बताए ।

लैङ्गिक हिंसामा प्रभावित महिला तथा बालबालिकाहरुलाई केहि सहयोग पुगोस् भन्ने उदेश्यका साथ आवस गृहलाई आर्थिक सहयोग गरिएको ग्लोबल आईएमई बैंक बाजुरा शाखाका प्रबन्धक देवकोटाले बताए । अहिले सानो आर्थिक सहयोग भएपनि आगामी दिनहरुमा थप सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गरेका छन । त्यसै गरि हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म अन्तराष्ट्रिय रुपमा बनाइने लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बाजुरामा एक कार्यक्रमका बिच आज समापन गरिएको छ । १६ दिनसम्म लैङ्गिक हिंसा रोकथामका लागि १६ दिने अभियानमार्फत विभिन्न कार्यक्रम गरेर मनाइने अभियान डिसेम्बर १० अर्थात आज समापन भएको हो ।

लैङ्गिक हिंसाको प्रतिकार तथा कानुनी उपचारका बारेमा देशको संविधानमा नै प्रष्ट उल्लेख गरिएकाले घर तथा समाजमा हुने कुनै पनि प्रकारका हिंसा कसैले पनि सहेर नबस्न कार्यक्रममा बोल्ने वक्ताहरुले आग्रह गरेका छन । बडिमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना र पिसविन नेपाल, उपाहार नेपाल, युनएपपिए, भिएसो, आइपास, एचआरसी साहस नेपाल, गिफ्ट नेपाल लगायतका संस्थाहरुको समन्वयमा सुरु गरिएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रमको समापन गरिएको छ ।

वडा नंः ८ का वडा अध्यक्ष तथा कार्यवाहक नगर प्रमुख चन्द्र बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल रहेका थिए । त्यस्तै बिशिष्ट अथितिमा बडिमालिका नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत देवेन्द्र सापकोटा, बडिमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी रोकाया लगायत रहेका थिए भने अथितिमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कबिन्द्रसिंह बोहरा, सशस्त्र प्रहरी अश्रीत गुल्म प्रहरी नावय उपरीक्षक संकरदत्त तिवारी, ग्लोबल आईएमई बैंक बाजुरा शाखाका प्रबन्धक भेषराज देवकोटा, सर्वसाधारण, बिद्यार्थी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन बडिमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा सहायक अधिकृत बिन्दु बडालले गरेकी थिइन् ।

 

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑