• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 25, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

पाल्पा दुर्घटना : बुबाको शव लिएर जाँदै गर्दा छोराको पनि मृत्यु

खप्तड मालिका न्युज January 3, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

शनिबार रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वीरवहादुर रसाइलीको मृत्यु भयो। त्यसपछि अन्तिम संस्कारका लागि बसमा शव लिएर छोराहरू छिमेकीसहित आइतबार बिहान ७ बजे गुल्मी, पाल्पा र स्याङजाको सिमानामा पर्ने रिडी लागे। शव र मलामी बोकेर जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन–तम्घास सडकखण्डअन्तर्गत रिब्दीकोट गाउँपालिका २ मा बिहान साढे १० बजेतर सडकबाट खस्यो। घटनास्थलमै ७ जनाको मृत्यु भयो।

तीमध्ये वीरबहादुरका साहिँला छोरा ३० वर्षिय पशुपति रसाइली पनि परे। ​

​रसाइलीसहित बुटवल –१७, कै ४० वर्षीय खुमबहादुर राना, बुटवल –११, का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२, मरेङका २८ वर्षीय भोजेन्द्र विक, २५ वर्षीय शंकर विक, ३३ वर्षीय अर्जुन विक, ३६ वर्षीय मोहन कुँवरको पनि दुर्घटनामा ज्यान गएको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। दुर्घटनामा मृत्यु भएका ६ जनाको शव पोस्टमार्टम गरी आफन्तलाई बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्वातीले बताए।

दुर्घटनामा परी १५ जना घाइते भएका छन्। घाइतेमध्ये ९ जनाको उपचार लुम्बिनी मेडिकल कलेज र ६ जनाको उपचार मिसन अस्पताल पाल्पामा भइरहेको छ।

प्रहरीका अनुसार घाइेतमा बुटवल उपमहानगरपालिका–१७ का ३८ वर्षीय विशाल रसाइली, सैनामैना नगरपालिका–६ का ३१ वर्षीय मीरा रामदाम, सोही स्थानका ५० वर्षीय श्यामबहादुर विक, बुटवल–१७ का ४५ वर्षीय धनबहादुर सुनार, अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ का ५४ वर्षीय गोपाल नेपाली, छत्रकोट गाउँपालिका–३ का ४३ वर्षीय लालबहादुर विक, मालारानी गाउँपालिका–२ का ३७ वर्षीय रमेश टोहटो, तिलोत्तमा नगरपालिका– १४ का ४५ वर्षीय दिलमाया सुनार र सोही स्थानका ४५ वर्षकै तारा सुनार छन्।

यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का ३९ को तुल्सिराम विक, सोही ठाउँका २२ वर्षीय को दीपक विक, बुटवल उपमहानगरपालिका–१२ का ४८ वर्षीय माधवप्रसाद बस्याल, मलारानी गाउँपालिकाका अर्जुन रसाइली, सोही ठाउँका ३५ वर्षीय लक्ष्मण टोहटा र २७ वर्षीय विष्णु विक घाइते भएको प्रहरीले जनाएको छ।

घटनापछि बुटवलको रानीगन्ज र अर्घाखाँचीको मालारानी शोकमा डुबेको छ।

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑