• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Tue, 26, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अर्थ वाणिज्य

‘जुवाडे’को चेक फिर्ता गरेकोबारे छानबिन गर्न डिआईजीको नेतृत्वमा समिति गठन

खप्तड मालिका न्युज December 30, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

‘जुवाडे’बाट चेक बरामद गरेपछि मुद्दा चलाउनुको साटो काठमाडौँ प्रहरीले आरोपीलाई नै फिर्ता गरेको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ । अपराध अनुसन्धान विभागका डिआईजी राजेश कुमार लाल कर्णको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

असोज २५ मा काठमाडौँ प्रहरीले सुभाष भेटवालबाट २ करोड २९ लाखको बैंक अफ काठमाडौँको चेक बरामद गरेको थियो । सो चेक जुवा खालमा काटेको र जुवा खेलेको सिसिटिभी फुटेजमा देखिए पनि एसएसपी अशोक सिंहले मुद्दा चलाउन अस्वीकार गरेर चेक फिर्ता गरेको आरोप छ । घटनाबारे गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले समिति बनाएको हो । समितिका सदस्यहरूमा एसपी आभूषण तिम्सिना र डिएसपी सन्तोष तामाङ सदस्य छन् ।

असोज २२ मा सिन्धुलीका राजकुमार बराल र सुभाष भेटवाल बानेश्वरस्थित ‘९९ आना’ नामको घरजग्गा कारोबार गर्ने अफिसमा जुवा खेलेका थिए । त्यहाँ आफूलाई बोलाएर मदिरामा अखाद्य बस्तु मिसाएर खुवाएको र ७ थान चेक चोरेको भन्दै बरालले भोलिपल्ट प्रहरीमा उजुर गरेका थिए ।

काठमाडौँका तत्कालीन एसएसपी अशोक सिंहले चेक चोरेको आरोप लागेका सुभाष भेटवालालाई बोलाएर चेक फिर्ता लिएर आफैँ राखेका थिए । ‘९९ आना’को सिसिटिभी फुटेज हेर्दा बरालको चेक अर्का जुवाडेले भरेको देखिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरीले सो कार्यालयमा छापा मारेर केही बुक तास, किताब र सिसिटिभी फुटेज पनि लिएको थियो । जुवा खेलेको र खेलाएको फुटेज प्रमाण भए पनि एसएसपी सिंहले मुद्दा अघि बढाउन अस्वीकार गरेर लामो समय चेक आफैँसँग राखेका थिए । पुस २ मा सरुवा भएर अर्का एसएसपी सुदिप गिरी काठमाडौँमा हाजिर हुन आए । गिरीलाई स्वागत गरेर हिँड्ने बेलामा सिंहले आरोपी भेटवाललाई बोलाएर २ करोड २९ लाखको चेक फिर्ता गरेको उजुरी परेको छ ।

गृह मन्त्रालयले पत्राचार गरेपछि घटना छानबिनका लागी अपराध अनुसन्धान विभागलाई जिम्मा दिइएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए । उनले भने–‘अपराध अनुसन्धान विभागले आवश्यक अनुसन्धान गरिरहेको छ ।’

सम्बन्धित पोस्ट
  • लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग
  • तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना
  • बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय
  • परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    समाचार

    लाम्पाटा क्षेत्र विवाद: घटनामा संलग्न अराजक समूहमाथी कार्वाहीकाे माग

    तीन मौसमी प्रणालीको असर कायमै,आज ६ प्रदेशमा वर्षाको सम्भावना

    बाजुरा-हुम्ला विवादः सर्वदलीय बैठकले गर्यो पाँच निर्णय

    परम्परागत ‘तान’: सीप,संस्कृति र संघर्षकाे चिनारी

    ४ स्थानीय तहको संयुक्त विज्ञप्तिः झडपमा घाईते ४ जनाको हेलिकप्टरमार्फत उद्धार

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑