
गाेबिन्द्र राज तिमिल्सेना बाजुराः सामाजिक अभियान्ता,साहित्यकार तथा गायिका रिता शाही ऋृतुको दोस्रो गजल संग्रह (चिनारी) यहि मंसिर २२ गते बिमोचन हुने भएको छ । लामो समय देखि साहित्यिक पेशा लगायत सामाजिक कार्य,र गित संगितको क्षेत्रमा अहोरात्र खटिने शाहिको दोस्रो गजल संग्रह चिनारीको बिमोचन हुने भएको छ । पिता धनबहादुर शाही र माता कृष्णादेबि शाहीको कोखबाट बुढीनन्दा नगरपालिका ५ कोटिला जन्मिएकी शाही बढीजसो सामाजिक कार्यमा परिचालन हुने गरेकी छन । भोककै कारण कसैले अकालमा मर्न नपरोस् भन्ने उदेश्य ध्यानमा राखेर दिनरात नभई दुखि,पिडितहरुको सहयोगको लागी सधै लागी पर्ने शाहीले सप्तरंगी साहित्य समाजको केन्द्रिय सहसचिवको रुपमा समेत काम गरीसकेकी छन, काँग्रेसको १४ औँ महाअधिबेशनको महाअधिवेशन प्रतिनिधि समेत हुन् । त्यतिमात्रै होइन नेसन पाटी डट. कम.मिडियामा सह सम्पादकको रुपमा समेत काम गरीसकेकी छन ।

बाल अधिकार मंञ्च,बाजुरामा कोषअध्यक्षको रुपमा बि.सं. २०६६ देखि २०६८ सम्म,त्यस्तै बाल अधिकार मंञ्चमा उपाध्यक्षको रुपमा बि.सं.२०६८ देखि २०६९ सम्म,जिल्ला किशोरी संञ्जालमा उपाअध्यक्षको रुपमा बि.सं.२०६९ देखि २०७० सम्म,लगायत अन्य बिभिन्न ठाँउमा सामाजिक अभियान्ता शाहिले काम गरीसकेकी छन । बाजुरा जस्तो बिकट ठाँउमा जन्मेर बिभिन्न क्षेत्रमा योगदान तथा सहयोग पुर्याउन सफल उनै सामाजिक अभियान्ता शाहीको दोस्रो गजल संग्रह चिनारी बिमोचन हुन लागेको हो ।वि.पी.स्टडी युथ सर्कलले आयोजना गर्ने उक्त बिमोचन कार्यक्रममा नेपाली काँग्रेसका बरिष्ठ नेता केन्द्रिय सदस्य सांसद डा. शेखर कोइराला ज्युको प्रमुख आतिथ्यमा नँया बानेश्वर,शंकलमुल जाने बाटो मा रहेको होटल अर्यालमा उक्त गजल संग्रहको बिमोचन कार्यक्रमको आयोजना गरीने भएको छ । सानै समयमा लेखन पेशामा पोख्त रहेकी शाही पछिल्लो समय बाजुराकी मात्रै नभई सिंगो देशले चिन्ने सामाजिक अभियान्ता तथा साहित्यकारको रुपमा परिचित भएकी छन ।

शाही एक गायिका पनि हुन उनले आवाज भरेका गितहरु सांगितिक बजारमा सुन्न पनि सकिन्छ । जसमा उनको आफ्नै शब्दमा रहेको देउडा गित (छाड्या रुँदारुदै) त्यो समय निकै चर्चित समेत बनेको थियो,तिम्लाई खुसी नामक लोकदोहोरी गित पनि उहाँको निकै चर्चित गित रहेको छ । बिभिन्न पेशा तथा क्षेत्रमा आबद्ध शाही हिजोआज भने सामाजिक कार्यमै ब्यस्त रहनुहुन्छ । साहित्यकार शाहीका (तीतामिठा पलहरु) नामक गजल संग्रह यो भन्दा अगाडी बजारमा आइसकेको छ भने (चिनारी) गजल संग्रह अबको केहि समयपश्चात तँपाई समक्ष आइपुग्ने भएको छ । सामाजिक अभियान्ता तथा साहित्यकार शाही बिभिन्न पुरस्कार बाट सम्मानित समेत भएकी छन । द्धारिका देबि ठकुरानी राष्ट्रिय सम्मान पुरस्कार,कोभिड १९ हिरो अवार्ड उनका उत्कृट पुरस्कारको रुपमा पर्छन भने अन्य बिभिन्न पुरस्कार बाट पनि उहाँ सम्मानित समेत भइसक्नुभएको छ । उहाँलाई द्धारिका देबि ठकुरानी राष्ट्रिय सम्मान पुरस्कार २०७७ फागुन २९ र कोभिड १९ हिरो अवार्ड २०७७ अषाढ १५ मा प्रदान गरीएको थियो ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर