• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

मुक्तक संगालो (मुक्तकमाला) कुशुम कान्छो,गाेबिन्द्र

खप्तड मालिका न्युज November 6, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

गाेबिन्द्र राज पाध्याय, बाजुराः   साहित्य एक यस्तो क्षण हो जसले जिवनभरीको यादगार अनुभुतिको सिर्जना गरेर मानिसको जिवनमा प्रकाशको दियाले छरी दिने गर्दछ । साहित्य त्यस्तो सागर हो जसबाट एक अम्खोरा पानी झिक्दैमा त्यो कहिल्यै रितिदैन बरु थप प्रगाढ बनेर अगाडी बढीरहन्छ जति झिक्यो यात्रा थप सबल बन्दै जान्छ । साहित्यमा कलम चलाउने ब्यक्तिहरुले जहिले पनि यो संसारलाई सउदैब राम्रो आँखाले हेर्दछन किनभने उनिहरु संसार राम्रो भएको देख्न चाहन्छन । संसारलाई राम्रो आँखाले हेरे सबै राम्रा देखिन्छन,संसारलाई नराम्रो आँखाले हेरे सबै नराम्रो देखिन्छन भन्ने धेय लिएर साहित्यमा कललम चलाउने ब्यक्तिहरु अगाडी बढ्दछन यहि बिशाल शोचका कारण साहित्यमा कलम चलाउने ब्यक्तिहरु जिवनमा कहिल्यै असफल हुदैनन् ।साहित्य समाजको ऐना हो,जसले समाजको मुहार हेर्न सहयोग गर्दछ। साहित्य लाई माया गर्ने मान्छे जिवनमा कहिल्यै असफल हुदैन ,बरु उ जिन्दगीको नयाँ बाटोको सुरुवात गर्दछ ।जिवनमा संगितलाई जसरी जिवनको साधना सम्झेर अगाडी बढ्दर्छन साहित्यलाई पनि जिवनको साधना बनाएर अगाडी बढ्ने हो भने ब्यक्ति कहिल्यै पनि जिवनमा असफल हुदैन। समाज परिर्वतन,देश निमार्ण,माया प्रेम दुख पिडाको गहिरो सागरमा डुबेर साहित्य सिर्जना गर्ने हो भने ब्यक्ति समाजको अगाडी बलियो खम्बाको रुपमा परिचित हुन्छ ।

प्राय साहित्यलाई माया नगर्ने मान्छेहरु कमै मात्रामा भेटीन सक्छनसाहित्य जसले पनि रुचाउदँछ तर सबैले रुचाँउदैमा कसैको यात्रा अगाडी नै बढ्न सक्देन त्यो ब्यक्ति साहित्यमा कलम चलाउन र साहित्य यात्रा अगाडी बढाउन सक्दछ जुन ब्यक्ति साहित्यलाई सच्चा माया गर्दछ,जिवनमा दुख पिडा भोगेको हुन्छ उक्त ब्यक्तिले मात्रै साहित्यिक यात्रा अगाडी बढाउन सक्र्दछ । साहित्य एक समाजको ऐना हो । जसले समाजका हरेक बिकृति बिसंगतीहरुलाई पछि पार्दै समाज रुपान्त्ररणको बिकाशमा लागी पर्दछ । साहित्यले समाज मात्र नभई ब्यक्तित्व बिकाशमा अहम भुमिका निर्वाह गरेको हुन्छ ।साहित्य लेखनमा रुचि राख्ने मान्छेले हरेक कुराको अध्ययन गरी त्यसको बारेमा लेख सिर्जना निमार्ण गर्दछ । साहित्य समाज बिकाशको निम्ति एक गतिशिल पाटोको रुपमा अगाडी बढिरहेको हुन्छ ।साहित्यमा कलम चलाउनेहरु सदैब साहित्यलाई आत्मसाथ गरेर अगाडी बढ्दछन । यो साहित्यिक परिबेश भनेको यस्तो परिबेश हो जसमा मान्छे लाग्न चाहदैन तर लागीहाल्यो भने त्यो परिबेशबाट कहिल्यै बाहिर जान चाहदैनन । यसले देश बिकाशमा ठुलो भुमिका निर्वाह गने गर्दछ । समाज रुपान्त्ररणको बलियो आाँखाका रुपमा र समाजको ऐनाका रुपमा साहित्यलाई लिन सकिन्छ । साहित्यको गहिरो सागरमा डुब्ने मान्छेहरुले समाज परिर्वत,माया पिरतिको नौलो संसारको सिर्जना गर्ने गर्दछन ।
मुक्तक संगालाे
१ः पहिले पहिले झुटो मायाको प्यार देखाउछन ।
हेरन दुश्मनहरुकै जस्तो व्यवहार देखाउछन ।
जस्लाई मन पराएर मुटुमा राखिन्छ,
त्यसैले आफ्नो औकात लगातार देखाउछन ।।

२ः देश बचाउन युद्ध भुमिमै वीरगोर्खाली मरिरहेका छन ।
के हेरिरहेको छ सरकार युवाहरु सिमा तरिरहेका छन ।
यहि कारणले देशमा शान्ति छाउन सक्दैन,
सत्तामै बसेकाहरुले भष्टाचार गरिरहेका छन ।।

३ः दुश्मन छिर्न नदिन ग्रेटवाल भएर उभिनु छ ।
देश बचाउन यहाँ पर्खाल भएर उभिनु छ ।
जहाँ दुखि पिडितहरुको गाँस,बास खोसिन्छ,
त्यहाँ महानायक राजेश हमाल भएर उभिनु छ ।।

४ः कुरा गरेर हुदैन यहाँ गाउन जान्नु पर्छ ।
एक्लो भएनि जिन्दगीमा रमाउन जान्नु पर्छ ।
अनि मात्र त्याग,बलिदान दिए जस्तो हुन्छ
माया गर्ने मान्छे पनि कहिलेकाही गुमाउन जान्नु पर्छ ।

५ः उहीँ खेलेको उहीँ जन्मेको ठाउको माया लाग्छ ।
किन होला कुन्नि आजभोली गाउको माया लाग्छ ।
कहाँ भुल्न सकिन्छ मुटुमा बसेको मान्छेलाई
याद आँउछ उनकै नाउको माया लाग्छ ।।

६ः उर्लिदो भव सागर तरेर बाचेको मान्छे।
पेट पाल्न दुस् ख पीडा गरेर बाचेको मान्छे ।
कती पीडा दिन सक्छ यो जिन्दगिले,पनि
गहभरि आशु भरेर बाचेको मान्छे ।।

६ः घरिघरि मिस्कल गरि सताउने बानि तिम्रो
नानाथरि कुरा गरि तताउने बानि तिम्रो ।
ठान्दथे सबै कुरा भनोस भन्ने ,
एउटै अर्थमा सबै कुरा बताउने बानि तिम्रो ।।

७ः एक्लो जिन्दगि मेरो जसरि कटाउन सकुला ।
बिछोड भएनि कुनै दिन भेटाउन सकुला ।
याद आएछ भने तिम्रो कुनैबेला,
फोटो हेरि सम्झनाको प्यास मेटाउन सकुला ।।

८ः अलि अलि हसालु अलिअलि काली रैछ्यौ ।
मुटुखानि माया लाउने दिलवालि रैछ्यौ ।
चिन्नै सकेको रहेनछु मैलपनि,
म तिम्रो भेना तिमी मेरि साली रैछ्यौ ।।

९ः बेलाबेला सपनिमा आँउछौ रुवायर जान्छौं ।
झुटा बाचा कसम खुवायर जान्छौं ।
मलाई नै सबैको अपहेलित बनाउछौ के भन्नू ,
तिमी त दुनियाको अगाडि सुहायर जान्छौं ।।

१०ः एउटा मुटु अर्कै संग सारेर गई ।
म दुखिलाई अलपत्र पारेर गई ।
मत सोच्दथे जुनिभर संगै जीवन कटाउने,
सोचेका ईच्छा,चाहना सबै मारेर गई ।।

११ः आजभोली पराईको साथ पाएकि रैछ्यौ ।
त्यसैले त उसै संग माया लाएकि रैछ्यौ ।
मत अन्धकारमा जीवन बिताउने भए,
सुनसान रात बनेर जिवनमा छाएकि रैछ्यौ ।।

१२ः छोडेर गए अन्धकार रात पनि हुन सक्छ ।
माया गरेको छु नसोच घात पनि हुन सक्छ ।
आउ बरु संगै बसौ मुटु साटेर,
तितो मिठो जिन्दगीको बात पनि हुन सक्छ ।

१३ः नलाउ झुटो माया बरु छोडिदिय हुन्छ ।
जिन्दगिको यात्रा अन्तै मोडिदिय हुन्छ ।
जुनिभर साथ दिन सक्दिनौ भने,
लगाएको नाता साईनो तोडिदिय हुन्छ ।।

१४ः मायाको नाटक गर्ने यहाँ हजारौ देखिए ।
अरुकै भर पर्ने यहाँ हजारौ देखिए ।
जिवनभर साथ दिन्छु भन्ने मान्छे पनि,
पछि अर्कै तिर सरेको यहाँ हजारौ देखिए ।।

१५ः जिन्दगिको बाटो अन्तै मोड्ने तिम्रो बानि रैछ ।
लगाएको नाता सम्बन्ध तोड्ने तिम्रो बानि रैछ ।
तिमी त धोकेबाज पो रहिछ्यौ बल्ल थाहा पाए,
दोबाटोमा पुगाई साथ छोड्ने तिम्रो बानि रैछ ।।

१६ः नानाथरि कुरा काट्छन मेरै बारेमा हजुर ।
कहिल्यै नबोल्नु मुटु अन्तै सारेमा हजुर।
कहाँ वयस्क बन्न सक्छ जिन्दगी ,
नफुल्दै फुल कोपिलामै झारेमा हजुर ।

१७ः शहरमा बसेर केटाहरु पट्याउन जानिछौ ।
शरिरका कपडाहरु पनि छोट्याउन जानिछौ ।
सबै खाएरै लखतरान भयका छन,
नशा पिलाई पिरतिको लट्याउन जानिछौ ।।

१८ः तिमी संगै जुनिभरि हास्न पाए हुन्थ्यो ।
नछुटिने माया प्रीती गास्न पाए हुन्थ्यो ।
दिन्थे जुनिभरलाई पुग्ने गरि मेरि सानुलाई ,
मायाको भण्डार मुटुभित्रै साच्न पाए हुन्थ्यो ।।

१९ः जिन्दगि नै मृत्युु संग लडिरहेको छ ।
जिन्दगिले कताकता छलिरहेको छ ।
साचो माया गरेरै भएको होला,
निभेको छैन मायाको दियालो बलिरहेको छ ।।

२०ः चोखो माया तिमिलाई गरिरहेछु, ढाटेको होईन ।
दिलमा तिम्रै फोटो छ मुटु अन्तै, साटेको होईन ।
बाध्यता र परिस्थितिले गर्दा हिडाउन पुर्यायो
हामी हिड्ने बाटो अन्तै काटेको होईन ।।

२१ः धोका दिनेलाई पाउनुभन्दा गुमाउन सिक्नु पर्छ ।
एक्लै भएनि जिन्दगिमा रमाउन सिक्नु पर्छ ।
हुनत कति बस्न सकिन्छ एक्लै यो जिन्दगि भर,
मन मिल्ने मान्छेसँग माया लाउन सिक्नु पर्छ ।

२२ः छोडेर नजाउ पछि रुनु पर्ला है ।
रातभर मेरै तस्बिर छुनु पर्ला है ।
मत सताईरहने छु,रुवाईरहने छु ,
रुदारुदै आशुले मुख धुनु पर्ला है ।।

२३ः मन पर्ने मान्छे तिमी नै हौ माया गर्दिन कसरी भनु ।
सुवास छर्ने फुल तिमी नै हौ मन पर्दिन कसरी भनु ।
अबत भगवानको प्यारो मान्छे हुने समय आयो,
बस्नु है सानू, जादैछु सन्सारबाट मर्दिन कसरी भनु ।।

२४ः दुनियाका सारा खुसि किन्थे के भनु मेरि उनलाई
कसैले नदिसक्ने माया दिन्थे के भनु मेरि उनिलाई ।
साचो मन मुटु हिर्दय देखि माया गरेको छु ,
उनले दिएको बिष समेत पिन्थे के भनु मेरि उनलाई ।।

२५ः सबैका सपना लुटिएका छन पापि सहरले गर्दा ।
भाग्य नै ठगियो समयको प्रहरले गर्दा ।
आजभोलि यहाँ यस्तो पीडा खेप्नु परेको छ,
गाउबाट सहर आउने यस्तो रहरले गर्दा ।।

२६ः दुनियाको अगाडि ठुलाठुला बात देखाउछन ।
ती धनी मान्छेहरु आफ्नो औकात देखाउछन ।
दुनियामै कसैको छैन भनेजस्तो ठुला शान गरि,
गरिब मान्छेहरुको अगाडि धनको हात देखाउछन।।

२७ः मलाई छोडि आजभोली टाढा भयकि छौ ।
बिर्सन खोज्छु मुटुमा झन गाढा भयकि छौ ।
जता जाउ जे गर पुकार तिम्रै चल्या छ ,
सुन्छु बजारमा तिमी आजभोली छाडा भएकी छौ ।

२८ः जिन्दगिको यात्रा अब बुनि आउने भईन ।
सुन हो केटा शहरबाट मेरि उनी आउने भईन ।
बर्शौ पछि भेट हुने भयो खुसि लागेको छ ,
घरबाट मेरै कुरा सुनी आउने भईन ।।

२९ः ज्वरो आयो शरिरमा मापन गर्नु छ ।
सहज तरिकाको जिवनयापन गर्नु छ ।
खोल रेडियो ,पत्रपत्रिका ,टिभि र अनलाइन,
देशका राष्ट्रघाति मरे एक बिज्ञापन गर्नु छ ।।

३०ः व्यवहार नमिलेरै जिवनसाथि छुटिएका छन ।
घरभित्र भित्रै महिलाहरु कुटिएका छन ।
तपाईं शान्ति र शिक्षाको कुरा गर्नुहुन्छ,
बुद्दत्व भुमिमै नारिहरुको अस्मिता लुटिएका छन ।।

३१ः झुटा बाचा कसम खाएर के गछ्यौ ।
मन पर्दिन म माया लाएर के गछ्यौ ।
मत जुनिभर अर्कैको भईसके अबत,
पछिपछि मेरो जिवनमा धाएर के गछ्यौ ।।

३२ः मेरो दिलमा लेखिएको अझै तिम्रो नाम रहेछ ।
बेच्छन यहाँ आफ्नो ईज्जत कति दाम रहेछ ।
जान सकिन्न होला अब यहि रोकिए हुन्छ,
जिन्दगिको यात्राको अगाडि चक्काजाम रहेछ ।।

३३ः दुईटै मुटु सिए मिलन अब कहिले हुन्छ ।।
भनन मेरि सानू हाम्रो बिहे अब कहिले हुन्छ ।
जिन्दगिभर संगै बाचुलि,मरुलि आखिर ,
तिमिले चिनो दिए अब माया कहिले हुन्छ ।

३४ः आजभोली कता हरायौ मोहनि लगाई ।
छोड्यौ आज सबै दुनियाँलाई हसाई ।
मत रोगि मान्छे पो हु अरु केही माग्दिन,
दिएर जाउ बरु मेरो जिन्दगिको दबाई।।

३५ः स्विकार गर्न सकिदैन भने त्यस्तो माया लाको के काम ।
सुवास दिने फुल फुल्नै नसक्ने बगैचाको के काम ।।
बरु आफै जिन्दगिको गोरेटो बनाउमा लाग्छु,
माया नै गर्दिनौ तिम्रै पछि धाको के काम ।।

३६ः श्रीमान् आगो श्रीमती पानी हुनुपर्छ ।
मन मिल्ने मुटुमा बस्ने रानी हुनुपर्छ ।
अनि पो सबैले मन पराउछन,माया गर्छन,
कलिलो मेरो जस्तो आफ्नो जवानी हुनुपर्छ ।।

३७ः बस्दिन परदेश छोडेर आउछु ।
नजाने गरी बाटो मोडेर आउछु ।
आउन नदिए तापनि स्वदेशतिर
साहु संग दश औला जोडेर आउछु ।।

३८ः भुकम्पले गर्दा आज घर कस्तो भयो ।
फेरि आउने हो कि मनमा डर कस्तो भयो ।
चारैतिर सन्नाटा छायो,हावाहुरि चल्यो,
हेरन गाउँ अनि शहर कस्तो भयो ।।

३९ः ठुलाठुला घरहरु ढलायो के गर्नु ।
कतिपयका लाशहरु जलायो के गर्नु ।
नत बस्ने ठाउँ छ नत खानेकुरा,
चारैतिर हावाहुरि चलायो के गर्नु ।।

४०ः भुकम्पले सतायो आँखा ओभानो भयन ।
चिसोमा रात काटियो बस्नको लागि छानो भयन ।
भएको जति सबै भुकम्पले पुरिदियो,
खानको लागि पनि एकमुठि मानो भयन

गजल
१ः याद आउँछ तिम्रो छोडि जाने भयौ ।
जिन्दगिको यात्रा अन्तै मोडि जाने भयौ।
कोशिस गर्छु बिर्शनलाई तर सकेको छैन ।
अर्कै संग लगनगाठो जोडि जाने भयौ ।
किनेको थिय चुरापोते,रातोसाडि तिम्रैलागी ।
मलाई छोडि पराईको रातो घुम्टो ओडि जाने भयौ ।।
बर्शौदेखी संगै खेल्दै हुर्कीयका हामी ।
बर्शौदेखी लाको नाता तोडि जाने भयौ ।

२ः यो बर्ष पनि बित्यो नयाँ साल आए जस्तो छ ।
लाग्यो खडेरि गाउमा अनिकाल आए जस्तो छ ।
त्यसैले त मानिसहरु पनि अल्छि,बिलासि भयका होलान,
यो नयाँ नयाँ प्रबिधि पनि क्या बबाल आयजस्तो छ ।।
बिचरा ती भुकम्प पिडितहरुले खान लाउन पाएका छैनन ,
मात्रै राहत स्वरुप सरकारबाट त्रिपाल आए जस्तो छ ।
अरु त केनै खुसियालि छाउन सक्छ अनुहार यी आखामा
दुखका आशु पुछ्नै भएनि एउटा रुमाल आए जस्तो छ ।
कहिल्यै सुखका दिन आउन सकेन यो बस्तिमा ,
चारैतिर बाढि पहिरो बहालै बेहाल आए जस्तो छ ।।

साहित्य कहिल्यै हार्देन,साहित्य कहिल्यै थाक्दैन,जो निरन्तर नदि बगेजस्तै बगिरहन्छ,
गोबिन्द्र राज तिमिल्सेना(कुशुम कान्छो)

सम्बन्धित पोस्ट
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    समाचार

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑