• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 24, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

बझाङमा १२ हजार ३७६ घरमा भूकम्पले गर्यो  क्षेति

खप्तड मालिका न्युज October 15, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढीः भूकम्पले बझाङका १२ हजार तीन सय ७६ वटा घर तथा भवनमा क्षेति पुगेको छ । जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय तहबाट प्राप्त विवरण सार्वजनिक गरेको हो।जिल्लामा पूर्ण, आंशिक र सामान्य क्षति भएका १२ हजार तीन सय ७६ घर तथा भवन छन्। विवरण अनुसार जिल्लामा दुई हजार ४४५ घरमा पूर्ण क्षति पुगेको छ । छ हजार ८४ आंशिक र तीन हजार ५२४ घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट १२३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
जलविद्युत्, शौचालय, सामुदायिक भवनतर्फ ५० वटामा क्षति भएको छ । भूकम्पमा जिल्लाभरि छ वटा चौपाया मरेका थिए । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली बझाङ पुगेर भूकम्पको क्षति तथा पुनर्निर्माण सम्बन्धमा अध्ययन गरेको थियो । बझाङमा भूकम्पको प्रभाव, क्षति र भावी रणनीतिका सम्बन्धमा जिल्लाका सरोकारवालासँग आयोजित छलफलमा पुनर्निर्माणका लागि प्राधिकरणले आवश्यक तयारी थालेको जानकारी दिइएको थियो ।राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव कृष्ण गैरेले भूकम्पपछिको पुनर्निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यक्त गरेको योजना अनुसार प्रभावित क्षेत्रमा प्रारम्भिक अवलोकन, अनुगमन गर्न आफूहरू आएको बताएका छन्।
उनले पुनर्निर्माणमा स्थानीय तह, जिल्ला विपत् व्यवस्थापन समिति, प्रदेश सरकार तथा सङ्घ सरकारको भूमिकाका बारेमा समेत सरोकारवालासँग जानकारी लिएको बताए। निजी आवास पुनर्निर्माण, प्रबलीकरण, बस्तीको जमिनको अवस्था, घरको अवस्थालगायत विषयमा एक हप्ताभित्र प्राधिकरणबाट प्राविधिक खटाएर पुनर्निर्माणको कार्य अघि बढाइने भएको छ।सुरुमा प्राधिकरणका कर्मचारीले स्थानीय तहको समन्वयमा पीडितको घरमा पुगेर विस्तृत विवरण तयार गर्ने, पालिकास्तरीय विपत् व्यवस्थापन समितिको बैठकबाट अनुमोदन, जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा अनुमोदनपछि पुनर्निर्माण कार्य अघि बढाइने छ ।
 
पीडित नागरिकको घर घरमा गएर सत्यतथ्य विवरण ल्याई पुनर्निर्माणको कामलाई छरितो बनाउनुपर्नेसमेत स्थानीयले सुझाव दिएका छन्। जयपृथ्वी नगरपालिका, मष्टा गाउँपालिका, थलारा गाउँपालिकालगायत स्थानीय तहका विद्यालय भवन भत्किएकाले विद्यालय बन्द अवस्थामा छन । जिल्लाका झन्डै आठ हजारभन्दा बढी नागरिक त्रिपालमुनि रात काट्न बाध्य छन् ।बझाङमा असोज १६ यता झन्डै ५२० पटक परकम्प गएको छ । अहिले पनि भूकम्पको परकम्प नरोकिएकाले स्थानीयस्तरमा त्रास कायमै छ ।
 

सम्बन्धित पोस्ट
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु
  • बाजुरामा चक्कु प्रहारबाट महिला घाईते
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    समाचार

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    बाजुरामा चक्कु प्रहारबाट महिला घाईते

    बाजुरामा पाेखरीकाे पानीमा डुवेर एक बालिकाकाे मृत्यु

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑