
बाजुरा :- नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिको आयोजना प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । काँग्रेस बडीमालिका नगर कार्य समितिले शनिबार आयोजना गरेको प्रथम नगर सम्मेलनमा नेतृत्वपंतिले जनमैत्री बन्न सुझाव दिइएको छ । शनिबार नगर पार्टी कार्यालयमा आयोजना गरिएको सम्मेलनमा पार्टीलाई चलायमान बनाउन र आगामी निर्वाचनमा बहुमत सहित नगरको सरकार बनाउने गाउँमा गएर जनताका समस्या सुन्ने र मागहरुको सम्बोधनका लागि पहल गर्न सहभागीले सुझाव दिएका हुन् ।
स्थानीय तहको निर्वाचनपछि भएको प्रतिनधी र प्रदेश सभाको निर्वाचनमा पार्टीले जितेपछि आशा गरेका काँग्रेसका कार्यकताले अहिलेका बजेटबाट असन्तुष्टी जनाउन थालेकाले कार्यकर्ताको मागलाई आत्मसाथ गर्दै पार्टीले ठोस,निर्णय लिनुपर्ने सुझाव कार्यकर्ताको रहेको छ ।

नगरका ९ वटै वडाबाट सिफारिस भएर आएका योजनाहरु संघ र प्रदेशमा समावेश नगरी अर्कोबाट योजना आएको असन्तुष्टी जनाउदै यस्ता कार्य रोक्न बडीमालिका नगरपालिका वडा नम्बर ८ का वडा सभापति बीरबहादुर थापाले आग्रह गरेका छन् ।
बडीमालिका नगर कार्य समितिका सभापति गोपाल कार्कीको अध्यक्षतामा संचालन भएको सम्मेलनमा पुर्व पार्टी सभापति कविराज पण्डित प्रमुख अतिथी रहेका थिए ।सम्मेलनमा पार्टी उप सभापति पदम बडुवाल,प्रदेश ख का सभापति रंगबहादुर खाती,महाधिवेशन प्रतिनिधी कविता विष्ट,त्रिवेणी नगर सभापति सुरेन्द्रराज गिरी,बुढीगंगा नगर सभापति जयराज उपाध्याय,पार्टीका भाृत संघ,शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधी अतिथी रहेका थिए । नगर सम्मेलनको संचालन सचिव कर्णबहादुर रावलले गरेका थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर