• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अन्तर्राष्ट्रिय

एसिया कप क्रिकेट ; पाकिस्तानको नयाँ ‘हाइब्रिड मोडेल’प्रति श्रीलङ्का र बङ्गलादेश सकारात्मक

खप्तड मालिका न्युज May 17, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ- भारत र पाकिस्तानको असहज राजनीतिक सम्बन्धको असर यसै वर्ष आयोजना हुने भनिएको एसिया कप क्रिकेट प्रतियोगितामा परेको छ । एसिया कपको विषयलाई लिएर भारत र पाकिस्तान आ(आफ्नो अडानमा कायमै छन् ।

सहभागी अन्य राष्ट्र भने मूक दर्शक बनेका छन् । प्रतियोगिताको मुख्य आयोजक एसियाली क्रिकेट काउन्सिल एसीसीले पनि कुनै ठोस निर्णय लिन सकिरहेको छैन । पछिल्लो समय एसिया कपको विषयलाई लिएर दिनदिनै नयाँ नयाँ समाचारहरू बाहिर आइरहेका छन् ।

पछिल्लो समाचार अनुसार, पाकिस्तानको नयाँ ‘हाइब्रिड मोडेल’प्रति श्रीलङ्का क्रिकेट बोर्ड र बङ्गलादेश क्रिकेट बोर्ड सकारात्मक देखिएका छन् । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष नजाम सेठीको निरन्तरको प्रयासपछि श्रीलङ्का र बङ्गलादेश नयाँ ‘हाइब्रिड मोडेल’प्रति सकारात्मक बनेका हुन् ।

पीसीबीले २ वटा विकल्पसहितको नयाँ ‘हाइब्रिड मोडेल’ एसीसीमा पेश गरेको छ । पीसीबीको पहिलो प्रस्तावमा एसिया कपका सबै खेल पाकिस्तानमै खेलाउने तर, भारतको खेल भने कुनै ‘न्यूट्रल भेन्यू’ मा खेलाउने उल्लेख गरिएको छ ।

यसैगरी दोस्रो प्रस्तावमा भने एसिया कपका खेलहरूलाई २ चरणमा विभाजन गरेर खेलाउने उल्लेख गरिएको छ । पहिलो चरणमा भारतबाहेकका खेलहरू पाकिस्तानमा खेलाउने र दोस्रो चरणमा भारतका खेलहरू ‘न्यूट्रल भेन्यू’ मा खेलाउने उल्लेख छ । पीसीबीको दोस्रो प्रस्तावमा एसिया कपको फाइनल खेल पनि ‘न्यूट्रल भेन्यू’ मै खेलाउने उल्लेख गरिएको छ ।

एसीसीका अध्यक्ष जय शाहले पनि पीसीबीको नयाँ ‘हाइब्रिड मोडेल’ लाई बैठकमा प्रस्तुत गर्ने आश्वासन दिएका छन् । शाह भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव पनि हुन् । तर, बीसीसीआई भने सम्पूर्ण प्रतियोगिता नै पाकिस्तानबाट अन्यत्र सारिनु पर्ने पक्षमा देखिन्छ ।

‘मैले हालसम्म पाकिस्तानले प्रस्तुत गरेको नयाँ हाइब्रिड मोडेल हेरेको छैन । तर, हामी अहिले पनि आफ्नो अडानमा कायमै छौं । हामी प्रतियोगिताका सबै खेल न्यूट्रल भेन्यूमा खेलाइयोस् भन्ने चाहन्छौँ,’ बीसीसीआईका एक अधिकारी भन्छन् ।

उनले भारतीय टोलीले संयुक्त अरब इमिरेट्स यूएईमा पनि नखेल्ने बताएका छन् । ‘यूएईमा चर्को गर्मी हुन्छ । हामी आफ्ना खेलाडीको स्वास्थ्यप्रति कुनै जोखिम मोल्न चाहँदैनौँ । प्रतियोगिताका लागि श्रीलङ्का उपयुक्त स्थान हुनसक्छ भन्ने हाम्रो मान्यता हो । प्रतियोगिता बहिस्कार गर्ने बारेमा पनि हामीले कुनै निर्णय गरेका छैनौँ,’ ती अधिकारी भन्छन् ।

यसअघि पीसीबीले अगाडि सारेको ‘हाइब्रिड मोडेल’लाई भने बीसीसीआईले अस्वीकार गरेको थियो । बीसीसीआईले प्रतियोगिताका सम्पूर्ण खेल अन्यत्र सारिनु पर्ने अडान लिएको थियो । श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान पनि प्रतियोगिता आयोजना गर्न इच्छुक देखिएको थियो ।

तर, पीसीबी अध्यक्ष सेठीको निरन्तरको दौडधुपपछि श्रीलङ्का र बङ्गलादेश नयाँ ‘हाइब्रिड मोडेल’प्रति सकारात्मक देखिएका हुन् । यस विषयमा अफगानिस्तानको आधिकारिक धारणा भने आइसकेको छैन । तर, पीसीबी भने अफगानिस्तानको पनि समर्थन पाउनेमा विश्वस्त देखिन्छ ।

पीसीबीले श्रीलङ्कालाई धम्क्याउन आगामी जुलाईमा हुने भनिएको श्रीलंकासँगको २ टेस्टको शृङ्खला रद्द गर्ने चेतावनी पनि दिएको थियो । भारतले सुरक्षाको कारण देखाउँदै एसिया कप खेल्न पाकिस्तान नपठाउने अडान लिएपछि पाकिस्तानले पनि भारतमा विश्वकप नखेल्ने चेतावनीसमेत दिएको थियो ।

यस विषयमा छलफल गर्न यसै साता एसीसीको बैठक बस्दैछ । बैठकमा पीसीबीको नयाँ ‘हाइब्रिड मोडेल’को विषयमा छलफल हुनेछ । आगामी एसिया कपमा नेपाल पनि सहभागी हुँदैन । नेपालका अतिरिक्त प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान सहभागी छन् ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑