
खार्तुम- सुडानकी चर्चित गायिका साडेन गार्डुडको दुई समूहबीच भएको गोलाबारीमा ‘क्रसफायर’ मा परेर मृत्यु भएको छ । सुडानी सहर ओमर्डुनमा सेना र अर्धसैनिक बल आरएसएफ बीच भएको भिडन्तमा परेर उनको मृत्यु भएको उल्लेख गरेको छ ।

सर्वसाधारणमा पर्ने असर कम गर्न दुई समूहबीच सम्झौता भएको एक दिनपछि नै ३७ वर्षीय गायिकाले आफ्नो ज्यान गुमाउन परेको छ । गार्डुड अल–हसमाब क्षेत्रमा बस्दै आएकी थिइन् । पछिल्ला केही दिनमा त्यहाँ आरएसएफको उपस्थिति बढेको थियो ।
उनकी भान्जी हिरा हसान मोहम्मदले फेसबुकमार्फत निधनको पुष्टि गरेकी छन् । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा गार्डुड गोलबारीबाट बच्ने प्रयास गरिरहेको र आफ्नो छोरालाई झ्यालहरु बन्द गर्न आग्रह गरिरहेको देखिएको छ ।
गार्डुड नियमितरुपमा फेसबुक लाइभमा आएर त्यहाँ जारी दन्द्ध बारेमा जानकारी दिइरहन्थिन् । सुडानमा सेना र आरएसएफको शक्ति संघर्षका कारण गत अप्रिलदेखि दन्द्ध जारी रहेको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर