• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 26, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

बार्जु महोत्सवमा भोली कोकिल कण्ठी स्वरका धनी गायक प्रकाश थापा लगायतको प्रस्तुती रहने

खप्तड मालिका न्युज May 11, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का / बाजुरा –बार्जु महोत्सवमा बार्जु महोत्सवको भोली कोकिल कण्ठी स्वरका धनी गायक प्रकाश थापा लगायतको प्रस्तुती रहने भएको छ ।

आयोजक कमिटीका अनुसार उनको साथगायक चन्द्र सर्मा र बिष्णु धामीको पनि प्रस्तुती रहने छ । साथमा नवप्रतिभालाई समेत स्थान दिइने छ । बार्जु सभ्यताको पहिचान समृद्धिको सहयात्रा भन्नेमुल नाराका साथ सुदुर साहित्य प्रतिष्ठान बाजुरा द्वारा आयोजित प्रथम बार्जु महोत्सव यहीँ बैशाख २० गते देखि संचालन भएको थियो । महोत्सव यहीँ चैत्र ३० गते सम्म संचालन हुनेछ । सुदुरपश्चिमको देउडा गितका राजा भनेर चिनिने थापा सुदुरको सान बाजुराको पहिचान गायक थापा सबैको लोकप्रिय देउडा गायक हुन् ।

ठाडी भाका संगै देउडा भाका गाउने थापा सुदुरपश्चिम् वासिको मन मुटुका ढुकढुकी हुन् । थापाले गायका गितहरु नसुन्ने बिरलै होलान् । विशेष गरेर बुढापाखा देउडा पारखीहरुका रोजाका गायक पनि हुन् । विशेष गरि उनले सुनाएका ठाडी भाका गीतहरू सुन्ने मात्र हो भने पनि जोकोहिको आखा रसाउन्छ । २०५७ सालबाट सुदुरपश्चिम् बिकटै भएनी सम्झना छ मै मरी गएनी नामक देउडा गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थापाले आफ्नो दुई दशक भन्दा लामो सांगीतिक यात्रामा करिब ७०० गीतहरुमा आवाज दिसकेका छन् । मान्छेको परानी करकली पातको पानी, आगो सल्किगयो, गंगीका किनार, पहेंली धानका बाला शिबरात्री मेला, बासनपुरी धान, सेती महाकाली लगायतका थुप्रै गीतहरु गाएर तत्कालीन समयमा चर्चा बटुलेका थापा हाल सम्म पनि उत्तिकै चर्चा कमाउन सफल छन् । पेशाले शिक्षक समेत रहेका थापाको गीत संगीत क्षेत्र प्रतिको लगाव पनि कहिले कम भएन । बरु आफ्नो सांगीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेका थापाका पछिल्लो समयमा बिरशपती यारा, बाजुरा बैकुण्ठ रैछ, रुन्या मन बुझाई जा, लगायतका गितहरु चर्चामा छन् । केही दिन अगाडि मात्र बजारमा सार्वजनिक भएको रेल गाडी लेट भया नामक देउडा गीत पनि यतिबेला सबैको रोजाईमा परेको गीत सर्वाधिक बजारमा छ ।

यो गीतले पनि उत्तिकै चर्चा पाएको छ । आफ्ना हरेक गीतहरूबाट चर्चा कमाएका थापाको प्रस्तुतीले भोलि दर्शकहरुको बाक्लो उपस्थिति हुने अपेक्षा आयोजक कमिटीले गरेको छ । बिगतम पनि थापाले प्रस्तुती राख्दा जुनसुकै महोत्सवमा पनि दर्शकहरुको बाक्लो उपस्तिथिती रहने गरेको छ । थापा आउने कुरा सुनेपछि उनलाई हेर्न र उनले गाएको सुन्न दर्शकहरु महोत्सवमा आउने गर्छन् । गत चैत्रमा जिल्ला सदरमुकामा मार्तडीमा खप्तड मालिका युवा संजाल बाजुराले आयोजना गरेको प्रथम खप्तड मालिका कृषि उद्योग, पर्यटन तथा व्यापार महोत्सवमा पनि थापाको प्रस्तुतीको दिन धेरै दर्शकहरुको उपस्तिथिती थियो । उनले गीत गाउन सुरु गरेपछि बाहिर रहेका दर्शकहरु समेत भित्र प्रवेश गरेका थिए । उनी आउने कुरा सुनेपछि बिशेष गरेर वृद्धबृद्धाहरु जस्तोसुकै काम पनि थाती राखेर आउने गरेका छन् ।

साथमा समृद्धिका लागी बार्जु सम्बाद कार्यक्रम पनि निरन्तर संचालन भैरहेका छन् । समृद्धिका लागि बार्जु सम्बाद कार्यक्रम अन्तरगत बाजुराको भोली बाजुराको पहिचान बदल्ने जिम्मेवारी कसको ? बिषयक सम्बाद संचालन हुनेछ । जसको सहजीकरण नेपाल प्रेस चौतारी सुदुरपश्चिम् प्रदेशका अध्यक्ष कृष्ण ओलीले गर्नेछन् । यो संगै स्थानीय झाकीहरु समेत प्रस्तुत हुँदै आएका छन् ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑