• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Mon, 17, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  कला/साहित्य

प्रथम बार्जु महोत्सव सुरु,भोलि एलिना चौहान लगायतको प्रस्तुती रहने

खप्तड मालिका न्युज May 3, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का / बाजुरा- जिल्लाको बुढीगंगा नगरपालिका वडा न . ६ फालासैनमा आयोजित प्रथम बार्जु महोत्सव आजबाट सुरु भएको छ । बुधबार एक औपचारिक कार्यक्रमका बिच सुदुरपश्चिम् प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहले उद्घाटन गर्नु भएको हो ।

सुदुर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा नयाँ बर्ष नयाँ उत्सव भन्ने मुल नाराका साथ महोत्सवको आयोजना हुन लागेको छ ।यहीँ वैशाख २० गते गते देखि सञ्चालन हुने गरि १० दिनसम्म चल्नेगरि महोत्सवको आयोजना गरिएको आयोजक सुदुर साहित्य प्रतिष्ठान बाजुराले जनाएको छ । बिगतमा आयोजना हुने महोत्सवमा नयाँ फरक गर्ने आयोजकको दावी छ । समग्रमा जिल्लाको आर्थिक, सामाजिक तथा सास्कृतिक बिकास, कला र सस्कृतिको जगेर्ना, स्थानीय कलाकारको सम्मान, जिल्ला भित्र रहेका आसपासका धार्मिक एवम् पर्यटकिय स्थलको प्रचार प्रसार, समग्रमा पर्यटन पर्वद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो । स्थानीय कला सस्कृतिको संरक्षण र सम्बर्द्धन र बिकास सवैको साझा दायित्व भएकाले महोत्सव संचालनमा सवैले साथ सहयोग गर्ने अपेक्षा आयोजकले लिएको छ ।

जिल्लामा जुनसुकै कुरामा पनि राजनीति करण बढी हुन्छ भन्ने कुरा सुन्नमा आउने गरेको बताउदै जिल्ला स्थित सवै राजनीति दलको सहकार्य, समन्वय र सहयोगमा महोत्सव संचालन गरिएको आयोजक सुदुर साहित्य प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताएका छन् । समृद्धिका लागि सम्बाद समेत महोत्सवमा संचालन गरिने भएको छ ।
आजबाट संचालन भएको महोत्सव ३० गते सम्म चल्नेछ । महोत्सवमा नायिका रेखा थापा, लगायतका २० भन्दा बढी राष्ट्रिय कलाकारका बेजोड प्रस्तुती रहनुका साथै ५० बढी स्थानीय कलाकारका पनि बेजोड प्रस्तुती रहनेछन् ।

महोत्सवमा स्थानीय उत्पतित बस्तुको पर्दशन संगै स्थानीय झाकीहरु समेत प्रस्तुत गरिने बताइएको छ । साझा सहमति सहकार्य र एकताका माध्यमबाट आयोजित प्रथम बार्जु महोत्सवलाई धेरौले केही सिक्ने, केही सिकाउने यात्रा, विकास र समृद्धिकाे अभियान,गीत, संगीत र कला साहित्य अनि भाषा सँस्कृतिकाे प्रवर्द्धन,विकास, समृद्धि र मनाेरञ्जन अनि व्यवसायीक उत्सव बार्जु महाेत्सव समेत भनेका छन् । यो बिगतको भन्दा नयाँ सुरुवात हो पनि भनेको पाइन्छ ।

कुल ५० लाख भन्दा लगानी गरेर आयोजना गर्न लागिएको महोत्सवमा करिब ८० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने आकलन आयोजकले गरेको छ । एक औपचारिक कार्यक्रमका बिच सुदुर साहित्य प्रतिष्ठान बाजुराका अध्यक्ष हर्क खडायतको अध्यक्षतामा उद्घाटन गरिएको बार्जु महोत्सवको प्रमुख अथिती सुदुर पश्चिम् प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाह रहेका थिए ।

कार्यक्रममा बिशिस्ट अथिती प्रदेश सभा सदस्य पदम बहादुर शाही, प्रदेश सभा सदस्य जुना दानी, रहेका थिए । कार्यक्रममा अथिती जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुक, जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, जिल्ला स्थित राजनीति दलका प्रमुख एवम् प्रतिनिधि,पत्रकार, कलाकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य आयोजक  मुल कमिटीका संयोजक नरेन्द्र थापाले राखेका थिए भने कार्यक्रमको संचालन प्रतिष्ठानका सचीव एवम् पत्रकार कृष्ण ओलीले गरेका थिए । कार्यक्रममा प्रमुख अथिती बिशिस्ट अथिती, अथिती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शुभकामना मन्तव्य राख्ने वक्ताहरुले यो महोत्सव अहिलेसम्मकै साझा अभ्यास रहेको बताउदै आयोजक कमिटीलाई धन्यवाद दिएका थिए । राजनीति दलिय प्रवृत्ति बाट माथी उठ्न सकेमा मात्र जिल्लाको बिकास गर्न सहज हुने वक्ताहरुको भनाई थियो । जिल्लाको बिकासका लागि सवै राजनीति दलहरू साझा, सहमति सहकार्य र एकताका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिती समेत रहेका प्रदेश सरकारका मुख्य मन्त्री कमल बहादुर शाहले महोत्सवको आयोजना गर्ने आयोजक कमिटीलाई धन्यवाद दिदै यो महोत्सवले जिल्लाको समग्र बिकासमा टेवा पुग्ने बिश्वास व्यक्त गरेका थिए । पुछारमा रहेको बाजुरालाई अगाडि ल्याउन महोत्सवले महत्त्वपूर्ण योगदान पुर्याउने बताउदै मुख्य मन्त्री शाहले बाजुराको विकासका लागि मुख्य मन्त्रीको हैसियतले आवस्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पिछडिएको र पछाडि पारिएको बाजुरा जिल्लालाई अन्य जिल्लाको बराबरीमा ल्याउन प्रदेश सरकारले मुख्य प्रथामिकतामा राखेर बजेट बिनियोज गर्ने पनि उनले बताएका हुन् ।

यसैबिच भोलि अर्थात बिहिवार बहुचर्चित आधुनिक गायिका एलिना चौहान, ज्ञानेन्द्र गिरी, लालबहादुर थापा लगायतको प्रस्तुति रहने भएको छ । यो संगै स्थानीय झाकीहरु समेत भोलि प्रस्तुत गरिने बताइएको छ । समृद्धिका लागि सम्बाद अन्तरगत बिहिवार बाजुराको बिकासमा जनप्रतिनिधिको भुमिका बिषय सम्बाद समेत हुनेछ । जसको सहजीकरण पत्रकार मदन राज जोशीले गर्नेछन् ।

 

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑