
धनगढीः धनगढीमा रहेको एसपीए कलेजका छात्राहरुमाथि भएको यौन द्रुव्यवहार प्रति गम्भीर ध्यानाकर्षण भएको छ। कलेजमा अध्यननरत छात्राहरुमाथि शिक्षकबाट गरिएको यौन द्रुव्यवहारको घटना प्रति महिला मानव अधिकार रक्षक सञ्जाल, मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले गम्भीर ध्यानाकर्षण गराएका हुन्।

छात्राहरुमाथि अश्लिल शब्द प्रयोग गर्ने, रातीको समयमा भिडियो कल गरेर अनुहार देखाउनका लागि दबाव दिने, फोन गरेर कोठामा बोलाउने नगएमा सोही कुरालाई जोडेर कक्षामा तनाब दिने, आफुले भने बमोजिम नगरे परीक्षामा नम्बर कम दिने, जस्ता कार्य गरी पटक पटक यौन द्रुव्यवहार गरेको घटना प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
यस घटनाले बालिका तथा किशोरीको सुरक्षित, सम्मानित र स्वतन्त्रता पुर्वक बाँच्ने अधिकारको खण्डित गरेको जनाइएको छ। घटनाको सत्य, तथ्य छानविन गरी घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाही, प्रभावित बालिकाको सुरक्षाको सुनिश्चितताको लागि महिला मानव अधिकार रक्षक सञ्जाल लगायतका मानव अधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले जोडदार माग गरेको ध्यानाकर्षण पत्र मार्फत जनाएका छन्।
आगामी दिनमा यस्ता घटना हुन नदिन ध्यानाकर्षण गरिएको जनाइएको छ। उक्त ध्यानाकर्षण पत्र धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी राना र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दलाई बुझाइएको छ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर