
काठमाडौँ –गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवारी दिएका ७४ उम्मेदवारले खर्च विवरण नबुझाए पछि निर्वाचन आयोगले ताकेता गरेको छ ।
चार महिनासम्म पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगरे पछि आयोगले उम्मेदवारहरूलाई सात दिनभित्र सफाइ सहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।

बुधबार एक सूचना प्रकाशित गर्दै निर्वाचन आयोगले उम्मेदवार र संलग्न पार्टीको नाम नै उल्लेख गरेर समय सीमासहित निर्देशन दिएको हो । प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ३७ जना उम्मेदवारले खर्च विवरण नबुझाएको सूचनामा उल्लेख छ ।
निर्वाचन सम्पन्न भएको ३५ दिन भित्र बुझाउनु पर्ने खर्च विवरण के कारणले नबुझाएको हो , र कारबाही किन गर्न नहुने हो , भन्दै आयोगले सोधेको स्पष्टीकरणमा उल्लेख छ ।
प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाहीको प्रक्रिया समेत अघि बढाइने आयोगले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर