
अछाम– अछामको यातायात सुचारु भएको छ। बसको ठक्करबाट मृत्यु भएका हेमराज कुँवरका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि यातायात सुचारु भएको हो। जिल्लाको साँफेमा बजार तथा यातायात बन्द गरेको पाँच दिनपछि पूर्ण रुपमा सुचारु भएको अछाम प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय अछाममा पीडित, सुदुरपश्चिम बस व्यवसायी प्रालिका प्रतिनिधि बिच भएको छलफलमा औषधि उपचारमा लागेको सम्पूर्ण खर्च बेहोर्ने मृतककी श्रीमतीलाई बस काउन्टरमा रोजगारी दिने हेलिकप्टर मार्फत काठमाणडौ लैजादा लागेको खर्च सुन्दर सुदुरपश्चिम यातायात प्रालिले बेहोर्ने सहमतिपछि यातायात सुचारु भएको हो।

साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटको वडा कार्यालय नजिकै चैत १९ गते बसको ठक्करबाट कुँवर घाइते भएका थिए। कुँवरको उपचारका क्रममा काठमाडौंमा चैत २४ गते मृत्यु भएको थियो। सुप्रप ०१–००१ ख ३१५४ नम्बरका बसले हेमराजलाई ठक्कर दिएको थियो। मृतकका श्रीमती र दुई छोरी रहेका छन्।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर