• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 16, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

स्वामीकार्तिकको रैथानेबाली खाद्य ब्यापार कम्पनिले बजारीकरण गर्ने,

खप्तड मालिका न्युज April 5, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

जीवन कुमार कैला
बाजुरा –खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड काठमाण्डौं ले स्वामीकार्तिक खापर गाउँपालिकाको रैथाने बालिको विक्रि वितिरण तथा बजारीकरण गर्ने भएको छ । कम्पनिले स्थानिय रैथाले बालिको खरीद, संकलन, मुल्य श्रृङखला, विक्रि वितरण तथा बजारीकरण गर्ने भएको हो । स्वामीकार्तिक खापर गाउँपालिका र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड विच मंगलवार गाउँपालिकाको रैथाने बालिको विक्रि वितरण तथा बजारीकरणका लागि सम्झौता भएको छ । गाउँपालिकाका अध्यक्ष र भरत बहादुर रोकाया र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत महोन प्रकाश चन्द विच भएको सम्झौतामा गाउँपालिकाको रैथाने बाली चिनो, कागुनो, जौ, फापर र दलहन बालिको विक्रि वितरण तथा बजारीकरणका लागि सहकार्य गर्ने समझदारी भएको छ ।
नेपालको विद्यमान कृर्षि प्रणालीलाई ब्यवसायीक प्रतिष्पर्धात्मक बनाई सिमान्तकृत किसानको जीवनस्तरमा सुधार ल्याउन गाउँपालिकाको रैथाने बालि, जैविक खेतीको संरक्षण र विकाश गर्नुका साथै कुर्षिको आधुनिकिरण, विविधिकरण र विशिष्टीकरणका माध्यमबाट उत्पादन, उत्पादकत्व बढाउन र बजारीकरणमा सहलगानि गर्न दुवै पक्ष विच सम्झौता भएको गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाले बताउनुभयो । उहाँले गाउँपालिकाका सवै वडा र आसपास क्षेत्रका स्थानिय किसानले उत्पादन गरेका रैथाले बालीको उचित मुल्य प्रदान गरी किसानलाई प्रोत्साहान गर्न तथा बालीको संरक्षण गरी खरीद, संकलन तथा प्रशोधन, मुल्य श्रृङखला तथा बजारीकरण गर्ने गरीे दुई पक्ष विच सम्झौता भएको जानकारी दिनुभयो । सम्झौता पत्रमा गाउँपालिकाका तर्फबाट अध्यक्ष रोकाया र कम्पनीका तर्फबाट कार्यकारी प्रमुख चन्द विच विभिन्न सर्त र बन्देजमा रहने गरी सहमति र साझेदारी संगै हस्ताक्षर भएको छ ।

गाउँपालिकामा बजार समस्याका कारण खेर गईरहेका तथा लोप हुने अवस्थामा पुगेका रैथाने बाली कोदो, जौ, चिनो, कागुनो, फापर, रायाे चामल, मार्सि चामल र दलहन बालीमा सिमिका विभिन्न प्रकार र गहत, मास, भटमास लगायतका बाली किसान, कृर्षक समुह वा सहकारी समुह मार्फत खरिद, संकलन प्रशोधन तथा भण्डारणको ब्यवस्था गरीने छ । पशुचौपाया अन्र्तगत भेडा तथा बाख्रा पालक कृर्षकलाई दशैँ तिहार जस्ता चाडपर्वमा कम्पनिको आवश्यक्ता बजारको माग र सम्भाब्यताको आधारमा गाउँपालिकाले प्रोत्साहन गर्ने र बजारीकरणको समेत ब्यवस्था मिलाउने अध्यक्ष रोकायाले बताउनुभयो । उहाँले बजारीकरणको समस्याले उचित मुल्य पाउन नसकि खेर गईरहेको तथा लोप हुने अवस्थामा पुगेका गाउँपालिकाका रैथाने तथा दलहन बालीको संरक्षण र सम्बर्द्धन गरीने बताउनुभयो । किसानले मेहेनत गरी उत्पादन गरेका विभिन्न वस्तुले बजार पाउन नसकि खेर जाने अवस्थामा गाउँपालिकाले विक्रि वितरणको ब्यवस्थापन मिलाएको बताउनुभयो । बजारीकरणको समस्याका कारण उत्पादित वस्तुबाट किसानले उचित मुल्य पाउन नसकेको अवस्था भएको बताउदै उहाँले स्थानिय उत्पादन पनि घट्दो अवस्थामा पुगेको बताउनुभयो । दिन प्रतिदिन उत्पादन घट्ने अवस्थामा रैथाने बालिको संरक्षण र बजारीकरणको ब्यवस्थापन भए उत्पादन पनि वृद्धि हुने र रोजगारीका अवसर सृजना हुने बताउनुभयो ।
गाउँपालिकाले खरिद तथा संकलन गरेका खाद्य वस्तुमा चिनो, कागुनोको हकमा प्रशोधन संगै सफा सुग्घँर गरी गुणस्तरीण बनाएको खाद्य वस्तु काठमाण्डाै‍ँ लगायतका प्रमुख शहरमा पुर्याउन उचित मुल्य कायम गरी गाउँपालिकाले आफुलाई पायप पर्ने र सहज हुने गरी खरिद गरी आफ्नो जिम्मा लिनु पर्ने सम्झौता पत्रमा उल्लेख छ । गाउँपालिकाले खरिद गरेका बस्तु देशका विभिन्न शहरमा विक्रि वितरण गर्ने कम्पनीले आफ्नै लगानीमा तत्काल ढुवानि गर्ने ब्यवस्था मिलाउने छ । ढुवानि गरीएका बस्तुको गाउँपालिकाले आफै प्याकेजीङ गरी वितरण गर्ने र बजारीकरणका लागि दुवै पक्षको छाप, लोगो र निशानी प्रयोग गरिने छ । प्याकेजीङ्ग सामाग्रीको खरीद, छपाई, डिजाईन सम्वन्धिका विविध कार्य गाउँपालिकाले ब्यहोर्ने । प्याकेजीङ्ग तथा बजारीकरणका लागि लाग्ने रकम कम्पनीले ब्यहोर्ने लगायतका बुदा समावेश गरीएको छ ।

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑