
काठमाडौँ- नेपालको बिजुलीलाई सहज रुपमा निर्यातको अनुमति पाउने गरी सम्झौताको तयारी सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दुई पक्षबीच नेपालको बिजुलीलाई सहज रुपमा भारतीय बजारको पहुँच दिने सम्झौताको तयारी भइरहेको हो । प्रधानमन्त्री दाहाल वैशाख दोस्रो साता भारत भ्रमणमा निस्कने तयारीमा छन् । उक्त भ्रमणका क्रममा नेपाल र भारतले बिजुली व्यापारलाई प्राथमिकतामा राखेका छन् । दुई देशले बिजुली व्यापारमा नयाँ आयाम थप्ने गरी सम्झौताको तयारी भइरहेको छ । अहिले नेपाल विद्युत प्राधिकरणले भारतीय बजारमा बिजुली बेच्न भारतका नियामक निकायसँग दुई पटक अनुमति लिनुपर्ने बताए।

प्राधिकरणले कति क्षमताको बिजुली भारततर्फ पठाउने भन्ने अनुमति लिनुपर्छ । त्यसपछि कुन–कुन आयोजनाबाट भारतमा उक्त क्षमतामा बिजुली बेच्ने भनेर छुट्टा–छुट्टै अनुमति लिने गरिन्छ । यी दुई प्रकारका अनुमति आएपछि बल्ल प्राधिकरणले भारतीय बजारमा बिजुली बेच्न पाउँछ । तर, प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नेपाली बिजुली सिधै भारतमा बेच्न पाउने व्यवस्था सहितको सम्झौता गर्ने तयारी छ ।
अहिले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा हुने सम्झौताको ड्राफ्ट तयार पार्दैछ । उक्त ड्राफ्टमा नेपाली बिजुलीले सिधै भारतीय बजारमा पहुँच पाउने व्यवस्था समेत समेटिएको छ । ‘प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा बिजुली व्यापारमा ठूला सम्झौताको तयारी भइरहेको छ,’ ‘त्यो तयारीले नेपाली बिजुलीले भारतीय बजारमा सहज पहुँच बन्छ ।’ हाल विद्युत प्राधिकरणले भारतीय बजारमा बिजुली बेच्न झन्झटिलो रहेको बताएको छ ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर