• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Wed, 24, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड मालिका न्युज

रास्वपा चाँडै नै देशको सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी भएर खडा हुँदैछ: रवि लामिछाने

खप्तड मालिका न्युज April 1, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी छिट्टै नै देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै लोकतान्त्रिक पार्टीको रुपमा उदाउने बताएका छन् । शनिवार पार्टी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले डा स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौं विज्ञ व्यक्तिहरुलाई पार्टीमा स्वागत गर्ने उल्लेख गरे । उनले भने ‘केही मानिसहरुले, केही समूहहरुले आफ्नो प्रगति, आफ्ना परिवारको प्रगति, आफ्ना वरिपरिका व्यक्तिहरुको प्रगतिको लागि मात्र राजनीतिलाई दुरुपयोग गरेका कारणले मात्र यस देशका मानिसहरुले दुःख पाएका हुन भन्ने कुरा सबैले बुझेका छन् ।

तर बुझेका सबैजना राजनीतिमा हामफाल्न आउँदैनन् । त्यो आँट र साहस राख्दैनन् । किनकि राजनीतिभित्र अपराधीकरण हो वा अपराधीहरु राजनीतिमा हुन भन्ने अवस्था छ । राजनीतिको त्यो फोहोरमा, त्यो हिलोमा हत्तपत्त मानिसलाई आउन मन लाग्दैन । मानिसहरु आफ्नो परिवारको भविष्य चाहन्छ सके देशमा नभए विदेशमा । आफ्नो परिवारको भविष्यका लागि कैयौँ मानिसहरु विदेशमा गइरहेका छन् । के सँधैभरी मुलुकको यही अवस्था भइरहने हो त अवश्य पनि हैन । क्षमतावान मान्छेहरुलाई राजनीतिमा ल्याएर उहाँहरुको विज्ञतालाई सदुपयोग गरेर यो देशको सुन्दर भविष्य कोर्न हामी सक्छौँ ।’

सभापति लामिछानेले अगाडि भने ‘अहिले देखिएका हामी ३ भाई देशको लागि अत्यन्तै धेरै क्षमता देखिएका ३ भाई हैनौँ, यो देशमा त्यस्ता कैयौँ दाजुभाई दिदी बहिनी हुनुहुन्छ जसका लागि प्रेरणा बन्न सकोस्, कहाँ गएर आफ्नो विज्ञता प्रकट गरुँ भन्नेहरुका लागि हामीले ठाउँ राखेका छौँ । म यहाँहरुलाई संकेत गर्छु कि कैयौँ त्यस्ता क्षमतावान व्यक्तिहरु हाम्रो पार्टीको माध्यमबाट सेवा गर्न तयार भएर बस्नुभएको छ । यो संकेत हो कि राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ ।’

उनले डा‍‍‌. स्वर्णिम वाग्ले, रमेश खरेलसहित गरिएको यो प्रेस भेटघाट कार्यक्रम जनाउ घण्टी मात्र भएको बताउँदै हजारौं क्षमतावान व्यक्तिहरु पार्टीमा आउन लागेको उल्लेख गरे । उनले रास्वपाले २ तिहाईको बहुमत ल्याउने पार्टी बन्ने, वाग्ले, खरेल जस्ता व्यक्तिले मन्त्रालय हाँक्ने र त्यहाँ बिचौलिया, भष्टाचारीको प्रवेश निषेध गर्ने व्यवस्थाको आफूले सपना देखेको र त्यो पूरा हुने आधार रहेको बताए ।

सम्बन्धित पोस्ट
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • कक्षा १२ को नतिजा सार्वजनिक
  • बाजुरामा दाँते ओखर खेती (तस्वीर)
  • ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    समाचार

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    बाजुरामा दाँते ओखर खेती (तस्वीर)

    ‎बुढिगंगामा दुईदिने डिजिटल मिडिया तथा भिडियो डकुमेन्ट्री तालिम सुरु

    बाजुरामा चक्कु प्रहारबाट महिला घाईते

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑