• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Thu, 25, Jun, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

आयोजकको तर्फबाट गर्नुपर्ने समन्वय र सहकार्य गर्न हामी चुकेका छैनौँ – अध्यक्ष बोहरा

खप्तड मालिका न्युज February 26, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का  बाजुरा –  खप्तड मालिका युवा संजाल बाजुराका अध्यक्ष शुक्रराज बोहराले आयोजकको तर्फबाट गर्नुपर्ने समन्वय र सहकार्य गर्न कहिलेकाहीं नचुकेको बताएका छन् ।

शनिवार नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुराले  जिल्लामा महोत्सव हुँदा अग्रज कलाकारहरु संग कुनै समन्वय नै नगरी जिल्ला भित्रका गीत संगीतमा जीवन बेतित गरि लामो समय देखि बाजुराको कला संस्कृतिको जगेर्नाका लागि अहोरात्र लागिरहेका कलाकारहरुको अपमान हुने गरि आयोजना हुन लागेको महोत्सवमा जिल्लाका कोही कलाकार सहभागी नहुने जानकारी विज्ञप्ती मार्फत जनाकारी गराएको थियो । सोही बिषयमा आयोजकको तर्फबाट अध्यक्ष बोहराले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रत्येक व्यक्तिगत रुपमा कसैलाई भन्न छेटेतापनी प्राय जसो गीत संगीतको क्षेत्रमा तलिन् व्यक्ति र संस्थालाई महोत्सव वारे जानकारी गराएको दावी गरेका छन् । यता आयोजक कमिटीले भने जिल्ला स्थित सवै कलाकारहरुलाई महोत्सवमा सहभागी गराउने जानकारी गराउँदा पनि सवै तयारी पुरा भैसकेपछि जारी भएको विज्ञप्ती प्रति आफुहरुको पनि आपत्ति रहेको जनाएको छ । काममा बाधा अड्चन हुने गरी विज्ञप्ती जारी भएको आयोजकको निष्कर्ष छ ।

प्राय जसो सवै तयारी पूरा भैसकेको अवस्थामा संस्थागत रुपमा जारी गरिएको प्रेस बिज्ञप्तीमा जिल्लामा अन्य संस्थाले काम गर्ने वातावरण छैन भन्ने कुरा सिद्ध गरेको उनले बताए । प्रेस बिज्ञप्तीमा आयोजकलाई लगाइएका आरोपहरु कुनै अर्थ नराख्ने पनि अध्यक्ष बोहराको जिकिर छ । कसैले राम्रो गर्न खोजेपछि उसको खुट्टा तान्ने प्रवृत्ति रहेको बताउदै सवै तयारी पुरा गर्न दिएर संस्थाको नै बदनाम हुने गरि सम्पुर्ण लगानी दुखाउने हेतुले षड्यन्त्र पूर्वक आफुहरुको विरुद्ध विज्ञप्ती जारी भएको आरोप लगाएका छन् । आयोजकका थुप्रै कमजोरी होलान् । सवैलाई खबर गर्न नसकेका हौंला तर प्रेस बिज्ञप्तीमा जुन कुरा उल्लेख छ ती कुरा सवै अर्थात होइनन् । हामीले सवैभन्दा पहिला उद्योग बाणिज्य संघलाई सोधेका छौँ ।

जिल्ला स्थित अग्रज कलाकार राजेन्द्र शाह बिपी, प्रकाश थापा बिनोद बा जुरेली लगायतलाई सोधेका छौँ । कमजोरी केही भएन त भन्न सकिन्न काम गर्दा जो जोकोही का कमि कमजोरीहरु हुन्छन् । तर जसरी संस्थाका विरुद्ध योजना नै चौपट हुने गरि गर्न लागेको काममा बाधा पुर्याउने उदेश्यले जारी भएको प्रेस विज्ञप्ती प्रति आफुहरुको पनि घोर आपत्ति रहेको अध्यक्ष बोहराको भनाई छ । जिल्लामा आफुहरु बाहेक कसैले कला संस्कृतिको जगेर्ना गर्न सक्दैनन् भन्ने खालका आसय व्यक्त हुने गरि जारी भएको सो बिज्ञप्तीमा के अर्थ राख्दछ भनी प्रश्न समेत गरेका छन् । यस्तै महोत्सव अरुले गर्दा कला संस्कृतिको जगेर्ना हुने तर अरुले गर्दा नाफा कमाउने उदेश्य हो भन्ने कुरा सस्थामाथिको आवेग र कुण्ठा वाहेक अरु नभएको आयोजकको ठहर छ ।

जिल्लामा महोत्सव गर्ने उनीहरुको पनि तयारी भएका कारण त्यो भन्दा पहिला आफुहरुले आयोजना गरेको हुँदा आफ्नो योजना चौपट पारिदिएको आरोपमा यो सव गरेको आयोजक कमिटीले बताएको छ । जसले जस्तो सुकै टीकाटिप्पणी भएपनि अब आफुहरुको तयारीबाट पछाडि नहट्ने आयोजक खप्तड मालिका युवा संजालको महासचिव जय बहादुर रावतले बताएका छन् । जसले जे आरोप लगाए पनी जिल्ला भित्रका कलाकारहरुलाई महोत्सवमा प्राथमिकता दिने उनले बताए । आयोजकको तर्फबाट सामान्य कमजिह्भएको हुन सक्ने रावतको भनाई छ ।

जिल्ला स्थित कलाकारहरुलाई उपेक्षा गरेको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुराको आपत्ति

नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुराले जिल्लामा हुन गइरहेको महोत्सवमा जिल्ला भित्रका कलाकारहरुलाई उपेक्षा गरेको भन्दै एक प्रेस विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ । जिल्लाका कलाकारहरुको हक हित बिपरित हुन लागेको महोत्सवमा सहभागी नहुने बिज्ञप्तीमा भनिएको छ । कृषि,उद्योग, पर्यटन व्यापार जडिबुटी संस्कृती समृद्ध बाजुराको आधार नारा बनाएर सर्वसाधारण बा जुरेली जनताबाट टिकट उठाई नाफा कमाउने उदेश्यले महोत्सव हुन लागेको कुरा जिल्लाका प्रत्येक स्थानीय तहलाई जानकारी गराउँछौँ नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुराका अध्यक्ष बिष्णु धामी र सचिव डम्बर बिश्वकर्मा द्वारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

जिल्ला बाहिरका व्यक्तिहरु संग समन्वय गरी नाफा कमाउने उदेश्यले महोत्सव गर्न खोजेको आरोप समेत लगाएको छ । आफुहरुलाई खबर गरेको भएपनि सुरुवातमै समन्वय हुनुपर्नेमा जिल्ला स्थित अग्रज कलाकारहरुको भनाई छ ।केही व्यक्तिहरुले बाजुरामा आएर आफू अनुकुल लाभ लिने गरि एकलौटी महोत्सव गर्न लागिएको प्रति स्थानीय कलाकार र क्रियाशिल कलाकर्मी आवद्ध निकायले विरोध  जनाएका छन् । सबैलाई सँगै लिन नसकेपनि समेट्ने र सहकार्य गर्ने प्रयास  गर्नुपर्ने स्थानिय कलाकारहरुको भनाई छ ।

 यस्तो छ  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुरा  द्धारा जारी बिज्ञप्ती

बाजुरामा हुने भनिएको महोत्सव विवादीत, स्थानीय कलाकारले नै गरे विरोध

उसो त जिल्लामा हाल सम्म भएका महोत्सवहरूमा जिल्ला स्थित सवै कलाकारहरुलाई स्थान दिइएको पाइदैन । राष्ट्रिय स्तरका कलाकारहरु बोलाएर नाफा कमाउने उदेश्यले नै महोत्सवहरू बिगतमा पनि हुँदै आएका छन् । जिल्लाका कलाकारहरु सवै सहभागीतामा महोत्सव प्राय भएका छैनन् । आफू खुसी आफुलाई मनपर्ने कलाकारहरु बोलाएर महोत्सवको नाममा नाफा कमाउने कुरामा कोही अछुत छैनन् । जिल्लामा महोत्सवको आयोजना हुनु नै नाफा कमाउने उदेश्य हो भन्ने सर्वसाधारणको बुझाई छ ।

खप्तड मालिका युवा संजाल बाजुराको आयोजनामा उद्योग कृषि पर्यटन र व्यापार जडिबुटी संस्कृती बाजुराका आधार भन्ने मुल नाराका साथ  फागुन १९ गते बाट हुने तयारी भइरहेको प्रथम खप्तड मालिका कृषि, पर्यटन, सँस्कृति तथा व्यापार महोत्सवको चौतर्फी विरोध सुरु भएको छ ।  खप्तड मालिका युवा क्लबले फागुन १९ देखि २७ गतेसम्म ९ दिनसम्म महोत्सव आयोजना गर्ने पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो ।राष्ट्रिय स्तरमै चर्चा कमाएका कलाकारहरु  महोत्सवमा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकार सहित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

महोत्सवमा मुख्य आकर्षक कलाकारका रुपमा एलिना चौलान, बिनोद बा जुरेली, प्रकाश थापा, दुर्गेश थापा, एल्वी चन्द, चक्र बम, गौरी भट्ट, टंक तिमिल्सेना बावु राजा, राम्जि खाँड, हास्य कलाकार मनिश खड्का, पुष्कल शर्मा, जेआर भट्ट, शंकर बिसी, अञ्जली अधिकारी, बद्री पन्गीनी , लाल बहादुर धामी अछामी बड्डो, चेतन बोहरा, पविन्द्र सुनार, सुप्रिम मल्ल, डम्मर बिश्वकर्मा, बिष्णु धामी, दिर्ग शाही, राजेन्द्र बाजुरेली, अमृत नाथ, शोभा थापा, प्रभुराज  पाण्डे,  लगायत स्थानिय कलाकारको बेजोड सांगितिक प्रस्तुति रहने छ । महोत्सव १९ गते देखि २७ गतेसम्म करिव एक साता सम्म चल्नेछ । बाजुरा जिल्लाका कलाकारहरु भने सहभागि नहुने  अडान लिएका छन् । आयोजकले रु ४० लाख खर्च हुने र रु ४४ लाख बराबरको आ गर्ने उदेश्य राखेको छ ।

सम्बन्धित पोस्ट
  • बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान
  • बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?
  • बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली
  • बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    समाचार

    बाजुरामा असारे रोपाईँः परम्परा,श्रम र संस्कृतिको पहिचान

    बाजुराका ९ वटै स्थानीय तहकाे बजेट:कुन पालिकाको कति ?

    बाजुराको हिमाली सौन्दर्यः जहाँ बादलले चुम्छन्,डाँडाकाँडा,हिमालले ओढ्छ हरियालीको चोली

    बडीमालिकाकाे जनमुखी बजेट: ५१ कराेड ६९ लाख, कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन पहिलो प्राथामिकता

    कक्षा १२ को नतिजा सार्वजनिक

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑