• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

सुदुरको बाजुरा जिल्ला सरकारको ध्यान किन जाँदैन ? प्रतिनिधि सभा सदस्य पान्डेकाे प्रश्न

खप्तड मालिका न्युज February 1, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा – प्रतिनिधि सभा सदस्य एवम् कांग्रेस सहमहामन्त्रि समेत रहेका बद्रि प्रशाद पाण्डेले सुदुरको बाजुरा जिल्ला सरकारको ध्यान किन जाँदैन ?  भनेर प्रश्न गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै पाण्डेले यस्तो प्रश्न गर्नुभएको हो । माघ १० गते भुकम्प गएको र जिल्लामा धेरै ठाँउमा क्षेती गरेको हुन सक्ने  भन्दै प्रतिनिधि सभा बैठकमै जानकारी गराएको भएपनि अधिले सम्म सरकारले कुनै चाँसो नदेखाएको प्रति आफ्नो आपत्ति रहेको बताउनुभयो ।
बाजुरामा भुकम्पका कारण बाजुरा जिल्लाका अधिकांश ठाँउमा भौतिक एवम् मानविय क्षेती भएको र बाजुराका भुकम्प पिडितहरुले राज्यबाट उद्धार राहात र पुनरस्थापनाको माग गरिरहेको भएपनि सरकारलाई सोही दिन जानकारी गराउदा पनि व्यवास्ता गर्नुको पछाडी के सुदुरमा अझै सरकारको ध्यान नगएको हो  ? भन्दै प्रश्न सोध्नुभएको हो । यतिमात्र होइन पाण्डेले जिल्लामा भुकम्पका कारण भएको भौतिक एवम् मानविय क्षति बारे जानकारी गराउनुका साथै तत्काल सरकारको बाजुराका भुकम्प पिडितहरु प्रति ध्यान केन्द्रित होस् भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । पाण्डेले भुकम्पका कारण ज्यान गुमाएकी गौमुल गाँउपालिका २ की जमुना रोकाया मृत आत्मा प्रति  श्रद्धाञ्जली  व्यक्त गर्नुभएको छ ।
सरकारले उद्धार राहात र पुनरस्थापनका लागी तत्काल ध्यान दिन आवश्यक रहेको पाण्डेको भनाई छ । कार्तिकमा गएकाे भुकम्पका कारण सुदुरका अधिकांश  जिल्लामा क्षति गरेको भएपनि सरकारको सुदुर प्रतिको मौनता प्रति आपत्ति जनाउनुभयो । यो संगै पाण्डेले मनसुन सुरु हुनै लागेका कारण जुनसुकै बेलापनि बिपत्ति आउन सक्ने भन्दै सरोकारवाल निकायहरु तयारी अवस्थामा रहिरहनु पर्ने जानकारी गराउनु भयो । निर्वाचनका प्रचारका क्रममा आफुले देखे अनुसार जिल्लाका अधिकांस बस्तिहरु बस्ति स्थानान्तरण गर्नुपर्ने देखिएकाले सरकारको ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
जिल्लाका अधिकांस बस्तिहरुमा बस्ति स्थानान्तरण नरीकन बस्न नसकिने अवस्था रहेको संसदमा आफ्नो धारण राख्दै पाण्डेले सरकारलाई जानकारी गराउनुभयो । एकिकृत बस्ति बिस्तारको अवधारणाई कार्यान्वयन गर्नुपर्ने र दुई दुई पटक भुकुम्पका कारण बाजुरा लगायत  सुदुरका अन्य जिल्लामा भएको क्षेतिग्रस्त परिवारलाई राहात उद्धार, र पुनरस्थापनाका लागी गर्न सरकार संग माग गर्नुभएको छ । तत्कालका भुकुम्प पिडितहरुका लागी बस्ने व्यवस्था लगायत राहात उद्धार र पुनरस्थापना सैगै एकिकृत बस्ति बिस्तारका लागी बिशेष योजनाका कार्यक्रमहरु घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।   जिल्ला जिल्लाको बिकासका सवालमा बोल्दै पाण्डेले जिल्लामा खानेपानी, सिँचाई, यातायात, बिद्युत, संञ्चार  लगायातका समस्याहरु अझै रहेको पनि जानकारी गराउनुभयो ।पाण्डे पहिलो पटक प्रत्येक्ष  तर्फबाट कांग्रेसबाट  निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑