
बाजुरा- नेपाल विद्यार्थी सघं बाजुराले दिप प्रज्वलन गरी शहिद दिवस मनाएको छ । बीर शहीदको सम्झना गर्दै नेपाल विद्यार्थी सघं बाजुराले दिप प्रज्वलन गरेको हो ।

नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा नेपाल विद्यार्थी सघं बाजुराले जिल्ला सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरी दिवस मना्रइएको नेविसंघ बाजुराले जनाएको छ ।
अमर शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा एवं प्रजातान्त्रिक आन्दोलनका योगदानको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘शहीद सप्ताह’ गरिन्छ । नेपाल विद्यार्थी सघ बाजुराको संयोजनमा बेलुकी ६ वजे सदरमुकाम मार्तडी लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरेको हो । सहीदहरुको तस्वीरमा माल्याअर्पण गर्दै नेपाल विद्यार्थी सघ बाजुराका अध्यक्ष जनक थापाले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहिदहरु प्रति श्रदा सुमन व्यक्त गर्दै सहिदहरुको योगदानलाई कहिले भुल्न नहुने बताएका छन् ।
थापाले शहिदहरुले देखाएको बाटोमा हिड्नुपर्नेमा थापाले जोड दिएका छन् । आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदले गरेको बलिदानको प्रतिफल रहेको बताउदैँ शहिदहरुको सपना समाकार गर्न सवैले हातेमालो गर्नुपर्ने बताए । शहीदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदहरुको सपना साकार गर्नु सरह हुने थापको भनाई छ । दिप प्रज्वलन कार्यक्रममा नेपाली काग्रेस बाजुराका पुर्व पार्टी सभापति कबिराज पण्डित , नेकाका उपसभापति पदम बडुवाल,महिला सघ अध्यक्ष अमृता सिह लगाएतले पनि सहीदको सम्मानमा माल्याअर्पण सहित दिप प्रज्वलन गर्नु भयो । कार्यक्रमको सचालन भने विद्यार्थी नेता सदिप बोहराले गरेका थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर