• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Fri, 14, Aug, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  अछाम

मुख्यमन्त्री रावलले विश्वासको मत लिने समय घर्किदै,

खप्तड मालिका न्युज January 29, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

धनगढी-सुदूरपश्चिमको दोस्रो मुख्यमन्त्रीमा गत पुस २८ गते नेकपा एमालेका नेता राजेन्द्रसिंह रावल नियुक्त भए।

एमाले संसदीय दलका नेता रावललाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरेको शनिवार १७ दिन पुगेको छ। मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था छ। तर मुख्यमन्त्री रावललाई भने विश्वासको मत पाउने वातावरण अझै तयार भएको छैन्। प्रदेशको सत्ता साझेदारमा रहेको नागरिक उन्मुक्ति पार्टीको मुद्दा सम्बोधन नभएकाले विश्वासको मत पाउने वातावरण तयार नभएको हो।

नागरिक उन्मुक्ति पार्टीको संरक्षक रेशम चौधरीलाई रिहा गर्नुपर्ने माग छ। चौधरी रिहा नभएसम्म सुदूरपश्चिमका मुख्यमन्त्री रावललाई विश्वासको नदिने पक्षमा नागरिक उन्मुक्ति पार्टीको अडान कायमै छ। नागरिक उन्मुक्तिको साथ बिना मुख्यमन्त्री रावलले विश्वासको मत पाउने अवस्था देखिदैन्।

अन्य प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेश सरकारलाई पूर्णता दिएर विश्वासको मत हासिल गर्दा सुदूरपश्चिमका मुख्यमन्त्री रावलले भने दुईजना मन्त्रीलाई मन्त्रालय पनि तोकेका छैनन्। यस्तै, उनले प्रदेश सभाबाट विश्वासको मत कहिले लिने भन्ने कुरा पनि टुङ्गो लागेको छैन। नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका रावल अहिले आफैं अलमलमा परेका छन्। नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यले मत नदिए मुख्यमन्त्री रावलले विश्वासको मत हासिल गर्न असमर्थ हुनेछन्। रावल अल्पमतमा परेपछि सुदूरपश्चिममा काँग्रेसलाई सरकारको नेतृत्व गर्ने बाटो खुल्ला हुने छ।

प्रदेशमा काँग्रेसका १९, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेश सभा सदस्य छन्। प्रदेश सभाबाट बहुमत तथा विश्वासको मतका लागि २७ जना प्रदेश सभा सदस्यको मत आवश्यक हुन्छ। मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०, एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग छलफल गरेका छन्। उनी बिहीवार मात्र धनगढी फर्किएका हुन्।

तर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले विश्वासको मत पाउने वातावरण अझै बनेको छैन्। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी व्यवस्था छ। यहीँ व्यवस्थाअनुसार प्रदेशसभाबाट मुख्यमन्त्री नियुक्त रावलले माघ २७ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने समयसीमा छ।

तर प्रदेशसभामा सत्ता गठबन्धनमा रहेको नागरिक उन्मुक्ति पार्टीको मुद्दा सम्बोधन नभएकाले विश्वासको मत पाउने वातावरण तयार नभएको हो। सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत पाउने अवस्था नभएपछि प्रदेश सभाको बैठक समेत अनिश्चित बनेको छ। प्रदेश मन्त्रीमण्डल विस्तार तथा मन्त्रालय भागबण्डाको काम समेत रोकिएको छ।
दिनेश खबरबाट साभार

सम्बन्धित पोस्ट
  • अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम
  • बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
  • जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ
  • बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    समाचार

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वृक्षरोपण,बालविवाह अन्त्य र लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम

    बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

    जिल्ला खेलकुद समिति बाजुराले पायो पूर्णता , पदाधिकारी र सदस्यले लिए सपथ

    बझाङ जिल्ला खेलकुद समितिले पायो पूर्णता , अध्यक्ष सिंहद्वारा नवनियुक्त पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण

    देउडाका धराेहर गायक थापाकाे ‘मधुवन सिर्क्या रुमाल’ बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑