• समाचार
  • समाज
  • बिचार
  • खप्तड मालिका न्युज
  • सम्पदा संस्कृति
  • कला/साहित्य
  • मनोरंजन
  • अन्तरवार्ता
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • स्वास्थ्य
Advertisement
Skip This
आज:  | Sun, 31, May, 2026
  • खप्तड मालिका न्युज
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • बिचार
    • कला/साहित्य
    • जीवनशैली
  • मनोरंजन
    • खेलकुद
    • स्वास्थ्य
  • प्रदेश
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिम
  • बाजुरा बिशेष
    • बजुरेली भाषामा
    • गौमुल गाउँपालिका
    • खप्तड छेडेदह गाउँपालिका
    • जगन्नाथ गाउँपालिका
    • त्रिवेणी नगरपालिका
    • बडिमालिका नगरपालिका
    • बुढीगङ्गा नगरपालिका
    • बुढीनन्दा नगरपालिका
    • स्वामिकार्तिका खापर गाउँपालिका
    • हिमाली गाउँपालिका
  • सुदुर पश्चिम
    • अछाम
    • कंचनपुर
    • कैलाली
    • डडेल्धुरा
    • डोटी
    • दार्चुला
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
  • अन्य
    • अन्तरवार्ता
    • व्यक्तित्व
    • प्रविधि
    • अर्थ वाणिज्य
    • समाज
    • सम्पदा संस्कृति
होमपेज /  खप्तड छेडेदह गाउँपालिका

पैसा नहुँदा भारत पुगेर सरकारी अस्पतालमा नि:शुल्क उपचार गराउने आशमा श्रीमती गुमाए वि.कले

खप्तड मालिका न्युज January 26, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मिन बहादुर खड्का बाजुरा –जिल्लाको बडिमालिका नगरपालिका वडा न. १ पिनालेख  स्थायी घर भएका रमेश विकले पैसा नहुँदा भारत पुगेर सरकारी अस्पतालमा नि:शुल्क उपचार गराउने आशमा श्रीमती गुमाएका छन् । मुटु रोगी समेत रहेकी बिककी २६ बर्षिय श्रीमति जानकी वि.क लुवारको सुत्केरी हुन नसकि सोमबार राति बयालपाटा अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो । जिल्ला अस्पताल बाजुराले रिफर धनगढी गरेकी जानकीलाई बसमा महेन्द्रनगर लिदै गदा अप्ठ्यारो भई अछामको बयालपाटा अस्पताल फर्काइएको थियो ।
दोस्रो पटक गर्भवती भएकी जानकीलाई  अस्पताल बाजुराले रिफर गरेपछि बसमा उनका श्रीमानले महेन्द्रनगर लगेका थिए ।
भारतमा उपचारको लागी महेन्द्रनगरको रात्री बस चढेर सिकिस्त श्रीमती लगेर गएका बिककी श्रीमतीलाई अछाम र डोटिको सिमाना चौखुट्टे पुगेपछि जानकीलाइ अफ्ठयारो भएको थियो । बस चालकले बसमा अफ्ठ्यारो भएको र गर्भवती महिलाको ज्यान जोखिम भएको भन्दै जिप मार्फत अछामको बयलपाटा अस्पताल जान भनेपछी जिपमा बयलपाटा अस्पताल लिदै गर्दा जानकीको बाटोमा मृत्यु भएको थियो ।श्रीमान विकका अनुसार उनलाई सुत्केरी व्यथा लागेर जिल्ला अस्पताल बाजुरा ल्याइएको भनेर प्रकाशीत समाचार भने सत्य नभएको बताइएको छ । उनको गर्भवती हुने समय आउन अझै एक महिना बाकी रहेको उनले बताए । श्वास प्रश्वासमा समस्या भएपछि मात्र अस्पताल ल्याइएको उनको भनाई छ ।
अस्पतालले दिने सेवा सुबिधा बारे जानकारी नहुँदा ऋण मागेर भारत लग्नु रहर नभई बाध्यता हो – विक
आर्थिक अभावले नेपालमा उपचार गराउन नसक्ने भएपछी भारतमा नि:शुल्क उपचार गराउने भन्दै भारत   निस्किएका उनले भारत पुग्न पागएनन् । बरु महेन्द्रनगर समेत नपुग्दै उनले बिच बाटोमै श्रिमती गुमाए । गर्भवती समेत रहेकी श्रिमतीलाई भारत लगेर यपचार गर्ने र सन्तान  देख्न पाउने आशमा रहेका विकको दोस्रो सन्तान देखन पाउने सपना बिच बाटोमै समाप्त भयो । सन्तान देख्न सपना मात्र खोसिएन जिन्दगीभरका लागी श्रिमतीको साथ समेत टुट्यो । विककी श्रिमती जानकी कहिले सधैका लागी अस्ताइन् र दास्रो सन्तान संगै श्रीमती समेत गुमाएर घर फर्किनुपर्यो ।
मृतकका श्रीमान रमेश विकलाई सोध्दा अस्पतालले दिने सेवा सुबिधा बारे आफुलाई थाहा नभएको अस्पतालले धनगढी रिफर गर्ने भनेपछि त्यहाँ धेरै पैसा खर्च हुने भएकाले डिल्ली लगेर जान लागेको बताए ।उनले भने जिल्ला अस्पताल बाजुरामा गयौं । डाक्टरले यहाँ उपचार सम्भव हुँदैन धनगढी रिफर गर्छौं धनगढी जाने व्यवस्था मिलाउनुस भने । गरिव मान्छे पैसा थिएन । लामो समय देखी भारतमै बस्दै आएको थिए । धनगढी लगौ भनेउपचारका लागी पैसा कहाँबाट ल्याउने भन्ने समस्या भयो । त्यो भन्दा दिल्लीमा सरकारी अस्पतालमा निशुल्क उपचार हुन्छ भन्ने सोचले पाँच हजार रुपैयाँ ऋण मागेर दिल्ली लग्न लागेको थिए ।
बाटोमै अप्ठ्यारो भयो र आधी बाटोबाट बयालपाटा अस्पताल ल्यायौ बाटोमै मृत्यु भैसकेको रहेछ । पैसा नहुदा एक दिन जिल्ला अस्पताल बाजुरामै बस्नु पर्यो । पछिल्लो दिन ऋणल मागे र घरबाट हिँडे । यदि निशुल्क उपचार हुन्छ भनेको भए धनगढी सम्म एम्बुलेन्समै पुर्याइदिन्छौ भनेको भए मैले ऋण मागेर किन जानुपर्थ्यो र ? आफु भारतमै बस्ने भएकाले केही जानकारी नभएको उनले बताए । अस्पतालले दिने सेवा सुबिधा बारे अस्पतालका कुनै पनि चिकित्सकले जानकारी नगराएको उनको भनाई छ । उपचारका लागी धनगढी रिफर गर्छाँ त्यहाँसम्म जाने व्यवस्था गर्नुस भनेपछि धनगढी गएर पैसा तिरेर उपचार गराउन नस्क्ने ठहरका साथ बसको टिकट काटेर गएको उनको दुखेसो छ । अस्पतालले यस्तो बताएपनी अन्य सहयोगी निकाय संग भने आफुले गुहार नगरी सिकिस्त अवस्थ रहेकी श्रीमतीलाई बसमा लैजानु आफ्नो कमजोरी रहेको उनले स्वीकार गरेका छन् ।
यो एउटा उनले मात्र भोग्नु परेको समस्या छैन । जिल्लामा समयमा उपचार नपाउदा यस अघि पनि धेरैले आफ्नो प्राण त्यागेका छन् । यो बिडम्वना सदियौँ देखि जिल्लामा रहदै आएको छ । उपचारकै अभावमा ज्यान गुमाउनुपर्ने बाध्यात्मक परिस्थिति जिल्लामा छ । बिभिन्न राजनिति घटनाक्रममा जिल्लाको नेतृत्व फेरियो तर नेतृत्व फेरिएपनि जिल्ला बासिका समस्याहरु भने जेनका तेन नै छन् । जिल्लामा एक सबिधा सम्पन्न अस्पताल समेत छैन । जटिल रोगका बिरामीहरुले उपचारका लागी जिल्ला बाहिर जानुपर्ने बाध्यता छ । उपचारका लागी घरबाट निस्किएकाहरु बिच बाटौमै ज्यान गुमाएर मृत सरिर फर्काइएका कयौँ घटनाहरु छन् । देशकै दुर्गम अनि बिकट पिछडीएको र पछाडी पारिएको बाजुरा देशकै गरिव जिललाका रुपमा चिनिन्छ । जहाँ खान लाउन समेत अभाव  हुने  कयौँ परिवार छन् । जसको आय स्तर समेत न्यन छ । जिनव निर्वाहका लागी समेत आर्थिक अभाव हुने परिावारका नागरिकले उपचार नपाई ज्यान गुमाउनु नौलो कुरा पनि त होइन । एकपटकलाई सिटामोल किन्न समेत आर्थिक अभाव हुने कयौँ नागरिकहरुले समयमा उपचार नपाई ज्यान गुमाउदै आएका छन् ।
बसमै चढाएर लिनसपर्ने अवस्था कसरी सिर्जना भयो त ?
बडिमालिका नगरपालिकाले नै सुत्केरी महिलाका लागि निशुल्क एम्बुलेन्सको घोषणा गरेको छ । संघीय सरकारले पनि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गर्दै आएको छ ।जिल्ला अस्पताल बाजुराले पनि गर्भवती महिलाका लागी निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । तर जानकीले न नगरपालिकाको एम्बुलेन्स पाइन् न अस्पतालको न त हवाइ उद्धारका लागी नै पहल भयो ।जिल्लाबाट गर्भवती महिलाको हवाई उद्धार समेत यो भन्दा अगाडि हुँदै आएको छ ।उनले श्रीमतीलाई सुरुमा जिल्ला अस्पताल बाजुरामा ल्याएका थिए । उनको मुटुमा समेत समस्या रहेको हुँदा विककी श्रीमतीको जिल्ला अस्पताल बाजुरामा अक्सिजनमा राखेर उपचार भैरहेको थियो ।बयलपाटाका एक चिकित्सकका अनुसार अक्सिजनसहित एम्बुलेन्समा राखेर ल्याएको भए उनलाई बचाउन पनि सकिने बताइएको छ ।
अक्सिजनमा राखेर उपचारत अवस्थामा रहेकी उनलाई जिल्ला अस्पताल बाजुराले रिफर गरिसकेपछि बसमा लिएपछि अक्सिजनको अभाव भएर थप समस्या भएको हुन सक्ने जिल्ला अस्पताल बाजुराका चिकित्सकको भनाई छ । सिकिस्त अवस्थामा रहेकी उनलाई अस्पतालले रिफर गरिसकेपछि बसमा लैजानु नै उनको मृत्युको कारण हुन गएको भन्दै कतिपयले टिकाटिप्प्णी गरिरहेका छन् । टिकाटिप्प्णी मात्र होईन जिल्ला अस्पताल बाजुरामा निशुल्क एम्बुलेन्सको व्यवस्था हुँदा हुँदै उनलाई बसमा लिनुपर्ने परिस्थिति किन आयो ? अस्पतालले दिने सेवा सुबिधा बारे सेवाग्राहीलाई जानकारी कि गराइएन ? हवाई उद्धारका लागी किन पहल भएन ? भन्दै जिल्ला अस्पताल माथी प्रश्न समेत कतिपयले गरिरहेका छन् । उसो त जिल्ला अस्पताल बाजुराको यो घटना हुनुको पछाडि च्रम लापरबाही गरेको आरोप समेत कतिपयले लगाइरहेका छन् ।
जिल्ला अस्पताल बाजुरा र बडिमालिका नगरपालिकाको सर्वसाधारण द्वारा कडा आलोचना
यो घटना पश्चात् जिल्ला अस्पताल बाजुरा र बडिमालिका नगरपालिकाको सर्वसाधारणले कडा आलोचना गरेका छन् । राज्यबाट पाउने सेवा सुबिधाको बारेमा समेत जानकारी नगराएर मानिसको जिन्दगी माथी नै खेलवाड गरेको भन्दै कडा आपत्ती समेत जनाएको पाइन्छ । उसो त गर्भवती महिलाले समयमा उपचार नपाउने समस्या रहदै आएको छ । जिल्ला अस्पताल बाजुराले गर्भवतीका लागि निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएको भएपनि उनलाई बसमा भारत लैजानु पर्ने अवस्था किन आयो ? यसको जिम्मेवारी के कसले लिन्छ ? हवाई उद्धारका लागी पहल किन भएन ? यि लगायतका प्रश्नहरु जिल्ला अस्पताल बाजुरालाई सर्वसाधारणले गरिरहेका छन् ।
जिल्ला अस्पताल बाजुराको मात्र नभैई बडिमालिका नगरपालिकाको पनि उत्तिकै आलोचना भैरहेको छ। स्थानीय सरकारका जनप्रतिनिधिले पनि लापरबाही गरेको आरोप लगाइरहेका छन् । मृतकको उपचारमा च्रम लापरबाही गरेको भन्दै जिल्ला वासीले आक्रोश व्यक्त गर्दै आएका छन् । कतिसम् मगर्भवती आमाले उपचारको अभावमा ज्यान गुमाउनुपर्छ ? जिल्लाबाट माननिय बनेर गएकाहरु केका लागी र कस्का लागी राजनिति गर्छन् ? जिल्लामा एउटा सुबिधा सम्पन्न अस्पतालको व्यवस्था गर्न नसक्नेहरुले राजनिति गर्न छोडे हुन्छ भन्दै जिल्ला स्तरका सिर्ष तहका नेताहरुको पनि उत्तिकै आलोचना भइरहेको छ ।
अस्पतालको तर्फबाट गर्नुपर्ने सवै पहल भएको हो । डाक्टर जोशीको दावी
यो बिषयमा जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर मिलन जोशीलाई घटना घटी सकेपश्चात सोध्दा जिल्ला अस्पताल बाजुराको लापरबाहीका कारण ज्यान नगएको दावी गरेका छन् । अस्पतालको तर्फबाट हुने सवै पहल भएको उनको जिकिर छ । मृतककस आफन्तले चिकित्सकको सल्लाह नमानी मनोमानी गर्दा यो अवस्था सिर्जना भएको उनको भनाई थियो । अस्पतालले ति गर्भवती महिलालाई अक्सिजनको आवश्यक हुने हुँदा बसमा समस्या हुन्छ । बसमा अक्सिजनको व्यवस्था हुँदैन । अस्पताल बाजुराले गर्भवती महिलाका लागी निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । एम्बुलेन्समा जानुस भन्दा पनि मृतकका आफन्तले नमानेको अस्पतालका एक चिकित्सकको भनाईलाई उदृत गर्दै डाक्टर जोशीले भनेका थिए । डाक्टर जोशीका अनुसार ति महिलालाई चिकित्सकले अर्को बच्चा नजन्माउन पहिला नै सुझाव दिइसकेको बताइएको छ ।
मृतक महिलाको मुटुमा समस्या भएका कारण अर्को बच्चा नजन्माउन चिकित्सकले सुझाव दिइएको हुन सक्ने जोशीको भनाई छ । तर उनी फेरिपनि गर्भवती हुने भएपछि जिल्ला अस्पताल बाजुरामा एक महिना अगाडि पनि आएकी थिइन् । उनलाई बच्चा जन्माउन गाह्रो हुने हुँदा सुभिधा सम्पन्न अस्पताल जानुपर्ने चिकित्सकले एक महिना अगाडि नै जानकारी गराइएको थियो । अस्पतालले दिने सेवासुबिधाका बारेमा मृतक महिलाका आफन्तलाई जानकारी गराई धनगढीमा बिरामी रिफर गरिएको जानकारी गराइसक्दा पनि मृतकका आफन्तले नमानेको उनले बताए । ‘परिवारले जानकारी नै नदिई र समन्वय नै नगरी लगेको उनको जिकिर छ । तर अस्पतालको तर्फबाट सवै पहल भएको जिल्ला अस्पताल बाजुराका निमित्त डाक्टर मिलन जोशीको दावी छ । यनका अनुसार गर्भवती महिलाले कतिपटक चेकजाच गराउनुपर्छ भन्ने कुरा नै थाहा नभएको बताएका छन् ।
उनले भने पहिला चार पठक मात्र चेकजाँच हुन्थ्यो भने अहिल १२ देखि ३२ हप्ता सम्म चार पटक र ३२ हप्ता भन्दा मागी दुई दुई हप्ताको एक पटक चेकजाँच गराउनुपर्ने भएपनि यो बिषयमा अधिकांसलाई थाहा नभएको बताए । निज मृतक जानकी पनि समय समयमा चेकजाँचका लागी नआएको उनको भनाई छ । चिकित्सकको लापरबाहीका कारण निजको ज्यान गएको भनी प्रकाशित भएका समाचारहरु प्रति चिकित्सकहरुको आपत्ति रहेको पनि उनले बताएका छन् । आफुले उपचार गरेको बिरामीको ज्यान बाचोस भन्ने सवै चिकित्सकहरुको चाहाना हुने बताउदै डाक्टर जोशीले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भनेर समाचार प्रकाशीत हुनुको पछाडि जिल्लामा चिकित्सकहरुलाई काम गर्ने सहज वातावरण नभएको उनले आरोप लगाएका छन् ।
उनले यस्तो बताएपनि सेवाग्राहीलाई अस्पतालले दिने सेवा सबिधा बारे जानकारी नै नगरानु भने अस्पतालका स्वतह कमजोरी देखिन्छ । समन्वयको अभावले सिकिस्त बिरामी बस चढेर जानु परेको हो । सिकिस्त अवस्थामा रहेकी जानकीलाई बसमा लैजानु आफन्तको रहर नभई बाध्यता हो । डाक्टर जोशीले यस्तो बताएको भएपनि मृतकका श्रीमानका अनुसार भने डाक्टर जोशीको यो अभिव्यक्ति झुट सावित हुन्छ ।
रात्रि बस चढेर भारत तफै लागेका  बिककी श्रिमतीले ज्यान गसमाइ सकेपछी  एम्बुलेन्स पाइन्…
आर्थिक अभावमा रात्रि बस चदेर भारत तफै लागेका रमेश बिककी श्रीमतीले ज्यान गसमाइसकेपछी भने एम्बुलेन्स पाएकी छन् । एम्बुलेन्समाभाडा तिरेर धन्गढी सम्म जान पैसा नभएको भन्दै बस चढेर गएका बिककी श्रिमतीलाई मरिसकेपछी एम्बुलेन्समा चदाएर घर ल्याइएको छ । यसको सवै कारण भने समन्वयको अभाव रहेको पाइएको छ ।अस्पतालका कर्मचारीले गर्भवती र परिवारलाई निशुल्क सेवाका बारेमा जानकारी नगराउँदा र परिवारले पनि आफूले पाउने सुविधाका बारेमा जानकारी नराख्दा समस्या भएको खुलेको छ । एउटै पक्षको कमजोरी भने देखिदैन । आफुले पाउने सेवा सबिधाबारे जानकारी नै नलिएर हतारमा बसमा चडाएर लैजानु मृतकका आफन्तको कमजोरी देखिन्छ । तर मृतक र यनका श्रिमान लामो समय देखि दने सेवा भारतमै बस्ने हुँदा अस्पतालले दिने सेवासुबिधा बारे जानकारी नभएको हो ।
के भन्छ त बडिमालिका नगरपालिकाको कार्यालय
यता नगरपालिकाको कार्यालयलाई बुझ्दा पिडित परिवारले नगरपालिका संग समन्वय केही नगरेको जनाएको छ । समन्वय को अभावले यो अवस्था सिर्जना  भएको नगरपालिकाका नगर प्रभक्ता धर्मराज पाध्यायले बताए । नगरपालिका संग बिरामीका आफन्तले आफु संग आर्थिक समस्या भएको भन्दै कुनै जानकारी नगराएको प्रवक्ता पाध्यायको भनाई छ ।यो बिषयमा नगरपालिकाको बिषयमा अनावश्यक टिकाटिप्पणी गनु अनुचित बिषय रहेको उनले बताए । नगरपालिका संग समस्या राख्दा पनि नगरले व्यवास्ता गरी चासो नदेखाएको खण्डमा मात्र आलोचना गर्नु ठिकै हो । तर हामिलाई कुनै जानकारी नै छैन् । कि त अस्पतालले जानकारी गराउन पथ्र्यो कित आफन्तले नै । समन्वयको अभावमा उनले ज्यान गुमाउनु परेको तर नगरपालिका संग यस्तो जानकारी आएमा आवश्यक सहयोग गर्न तयार रहेको उनको भनाई छ ।

सम्बन्धित पोस्ट
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने
  • कविता ‘सरकारी स्कुल’
  • नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    समाचार

    अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

    मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

    कविता ‘सरकारी स्कुल’

    नेपाली जनताको सङ्घर्ष र बलिदान : आज १९औँ गणतन्त्र दिवस

    गायक थापाकाे ‘काँ झुल्की झुलुक्क’ सांगीतिक बजारमा

    खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित

    खप्तड मालिका न्युज

    बाजुरा, मार्तडी, नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- ०९७५४१४१५

    स्थायी लेखा नम्बर: ६१५२०८७४९

    सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९

    खप्तड मालिका न्युजका लागि

    अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)

    कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)

    प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)

    कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)

    ब्यबस्थापक:

    सह-सम्पादक:

    समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)

    प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया

    अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)

    कानूनी सल्लाहकार जगत जङ्ग बम

    मार्केटिंग म्यानेजर

    © 2026: खप्तड मालिका न्युज मा सार्वाधिकार सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑