
मिन बहादुर खड्का बाजुरा– जिल्लामा तिन दिन यता निरन्तर इन्टरनेट सेवा अबरुद्ध भएको छ । छिनमै आउने र छिनमै जाने हुँदा जिल्लामा इन्टरनेटबाट हुने कामकाज निकै नै अस्तव्यस्त बनेका छन । जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका काम काज तिन दिन यता इन्टरनेट सेवामा सुस्त भएपछि ठप्प बनेका छन् ।
याे समयमा अति आवश्यक कामहरु समेत इन्टरनेटबाट नै गरिने हुँदा इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवा प्रभावित भएका छन । एक ठाँउबाट अर्को ठाँउमा खवर आदान प्रदान गर्न समेत समस्या भएको पत्रकार हेमराज उपाध्यायले बताएका छन् । गाँउमा मान्छे मरेको खवर समेत समयमा सम्वन्धित ठाँउमा पुर्यााउन समस्या भएको उनले बताएका छन ।
इन्टरनेट सेवा अवरुद्ध हुँदा बिशेष गरी संचार क्षेत्र बढी प्रभाबित भएको अर्का पत्रकार मदन वि.कले बताएका छन् । वि.क ग्यालेक्सी फोर के का बाजुरा सम्बाददाता समेत हुन् । जिल्लामा इन्टरनेत सेवा अवरुद्ध भएपछी जिल्लाका समाचारहरु केन्द्रिय मिडिमाया पुर्याउन नसकिएको उनको भनाई छ । जसका कारण अतिआवश्यक सेवा लिनका लागी सरकारी वा गैर सरकारी कार्यालय पुगेका सेवाग्राचहले रित्तो हात फर्किनु परेको छ । त्यसै पनि जिल्लाका अधिकांस ठाँउमा इन्टरनेटको समस्या छ । यता यो बिषयमा नेपाल टेलिकम बाजुरालाई बुझ्न खोज्दा टेलिफोनको टावर नहुँदा सम्पर्क हुन सकेको छैन ।
नेट चलाउनु त टाढाको कुरा हो फोन मात्रै गर्नका लागी रुख चड्नुपर्ने, डाँडापाखा धाउनुपर्ने बाध्यता जिल्लाका कयौँ बस्तिहरुमा छ । जिल्ला सदरमुकाम मै समेत बिद्युत, संचार, र यातायातमा अनियमितता छ । सदरमुकामकमा पनि बर्षभर ६ महिना मात्र नियमित रुपमा यातायात संचालन हुन्छन् । बिद्युतमा समेत अनियमिता अझै छ । तर जिल्लामा यी यावद समस्याहरु जिल्ला बासिहरुले भोग्दै आएको भएता पनि सम्वन्धित सरोकारवाला निकाय भने मौन देखिन्छन् ।


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर