
मिन बहादुर खड्का बाजुरा – प्रेस युनियन जिल्ला शाखा बाजुराका सदस्य राजेन्द्र रोकाया नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको सचिव खुल्लामा सर्वसम्मत चयन भएका छन् । २७ गतेबाट धनगढीमा सुरु भएको प्रथम अधिवेशनबाट रोकाया सर्वसम्मत चयन भएका हुन । हाल जिल्लामा संचालित रेडियो पौरखी र खप्तड मालिका न्युजमा कार्यरत रोकाया बिगत लामो समय देखि पत्रकारिता पेशामा आवद्ध थिए । २७ गतेबाट सुरु भएको प्रथम अधिवेशनले सर्वसम्मत नयाँ कार्य समिती चयन गरेको हो । रोकायाले रेडियो पौरखीमै कार्यरत रही समाचार प्रमुख हुँदै सहायक स्टेशन म्यानेजर भएर काम गरिसकेका छन् ।

यस्तै जिल्लामै संचालित खप्तड मालिका न्युजमा सह-सम्पादक हुँदै व्यवस्थापक भएर काम गरिसकेका छन् । रोकाया नेपाल टेलिभिजनका बाजुरा सम्बाददाता समेत रहेका छन् । यो संगै यौनिक अल्पसंख्यक अपाङ्ग सदस्यमा बाजुराकै धन बहादुर बोहरा चयन भएका छन् । रेडियो बुढिनन्दा, रेडियो शिम्वुनाथमा काम गरेका बोहरा हाल रेडियो पौरखीमा प्राबिधिक प्रमुखका रुपमा कार्यरत छन् । बोहरा प्राइम टेलिभिजनका बाजुरा सम्बाददाता समत हुन् । यति मात्र होइन बाजुरा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका सदस्य हुन् ।
यस्तै नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनमोहन स्वार निर्विरोध निर्वाचित भएका छन् । स्वारको नेतृत्वमा नयाँ कार्य समिती चयन भएको छ ।यस्तै उपाध्यक्ष खुल्ला मा टेकेन्द्र देउवा, महिलामा गीता कुँवर र समावेशीमा जगत खडका सर्वसम्मत चयन भएका हुन । प्रदेश समितिको महासचिवमा हरिश भट्ट, सचिव खुल्लामा राजेन्द्र बहादुर रोकाया, महिलामा बन्दना बम र समावेशीमा भिमबहादुर चौधरी चयन भएका छन् भने कोषाध्यक्षमा वीर बहादुर गडाल चयन भएका छन् ।
यस्तै खुल्ला सदस्यमा टेकबहादुर कुँवर, दीपक भण्डारी, हर्कबहादुर विष्ट, केशव दत्त भट्ट, चन्द्र प्रशाद खनाल, महिला सदस्यमा कुमारी लक्ष्मी बम, सरस्वती भाट, करुणा जोशी, डालीकुमारी पाण्डेय, दलित सदस्यमा लक्ष्मण विक, आदिवासी र जनजातीमा विनीता चौधरी, प्रेमकुमार चौधरी, मधेशमा रामदास राना, सागर कुश्मी, यौनिक तथा अल्पसङ्ख्यकमा धनबहादुर बोहरा र पदम भाट गाउँले चयन भएका छन् । यस्तै कृत बहादुर विष्टको संयोजकत्वमा लेखा समितिमा दुई सदस्य चयन भएका छन् । लेखा समिति सदस्यमा नवराज पनेरू र गगन अयडी रहेका छन् ।
यि हुन पधातिकारी नाम सहित


खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर