
बाजुरा – जिल्ला प्रशासन कार्यालय बाजुराले प्रमुख सडक खण्ड साँफे(मार्तडी सडक खण्डको छेउछाउमा थुपारिको माटो २ दिन भित्र हटाउन निर्देशन दिएको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काको अध्यक्षतामा बसेको बैठकले सो निणर्य गरेको हो । राजमार्ग अबरोध हटाउने समन्वय समितिको बैठकले निर्देशन गरेको जिल्ला प्रशासन कार्यालय बानुराले जनाएको छ ।
सदरमुकाम मार्तडी नजिकै पक्की सडकमा माटो थुपार्ने, घर टहरा बनाउने, बङगुर खोर बनाउने, फोहोर वस्तुहरु फाल्ने जस्ता कार्यहरु भएकोले २ दिन भित्र हटाउन निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्टले बताए ।
उनका अनुसार सडकमा थुपारिएको माटो सम्बन्धित व्यक्तीलाई हटाउन निर्देशन दिइएको बताइएको छ । त्यस्तै साँफे मार्तडी सडक खण्डका खाल्डा खुल्डी पुर्ने, मार्तडी कोल्टी सडक खण्डमा काम गर्न निर्माण व्यवसायीलाई यथासिघ्र काम गर्न निर्देशन दिने लगायतका निणर्य गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
मार्तडी कोल्टी सडकको चुथी देखी ढम्कने सम्मको जिम्मा लिएको ठेकेदार कम्पनीले काम नगरेकोले तत्काल काम गर्न निर्देशन दिने निणर्य समेत गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
सदरमुकाम मार्तडी नजिकै सडकमा जथाभावी माटो फाल्दा पनि प्रशासन, प्रहरी, नगरपालिका मौन अवस्थामा रहेको भन्दै स्थानियहरुले गुनासो गर्दै आएका थिए ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर