

काठमाडौं – सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत सोमबार९आज० ६ खेलहरू हुँदैछन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार महिलातर्फ दुई र पुरुषतर्फ चार खेलहरू हुनेछन् ।
सुरुआती दुई खेल महिलातर्फको हुनेछ । जसअन्तर्गत नयाँबजार सामाजिक युवा क्लब र न्यु डायमण्ड एकेडेमीबीच खेल हुनेछ । खेल बिहान ८ बजेबाट सुरु हुनेछ ।
महिलातर्फको दोस्रो खेलमा एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लबको बीचमा हुनेछ । खेल बिहान १० बजेबाट सुरु हुनेछ ।
पुरुषतर्फको पहिलो खेलमा हेल्प नेपाल र बुढानीलकण्ठ भलिबल क्लबबीच खेल हुनेछ । खेल मध्यान्ह १२ बजेबाट सुरु हुनेछ ।
पुरुषतर्फको दोस्रो खेलमा केशवलाल मेमोरियल भलिबल क्लब र मधेश प्रदेशबीच खेल हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।
पुरुषतर्फको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ४ बजेबाट सुरु हुनेछ ।
त्यस्तै पुरुषतर्फको चौंथो तथा दिनको अन्तिम खेलमा एपीएफ क्लब र जावलाखेल भलिबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको महिला र पुरुष विजेताले नगद ४ लाख पाउनेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।विधागततर्फ उत्कृष्ट हुने लिइबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ पाउनेछन् ।त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोलीले सातौं आरबीबी९एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।

खप्तड मालिका युवा सञ्जालद्वारा सञ्चालित
खप्तड मालिका न्युज
बाजुरा, मार्तडी, नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- ०९७५४१४१५
स्थायी लेखा नम्बर: ६१५२०८७४९
सूचना विभाग दर्ता नम्बर: ३०२४-२०७८/७९
अध्यक्ष/संचालक: शुक्रराज बोहरा (९८६५९५६३५५)
कार्यकारी निर्देशक: जय बहादुर रावत (९८६५६६८०३२)
प्रधान सम्पादक: बिष्णु बहादुर रोकाया (९८४७५२१६००)
कार्यकारी सम्पादक: मान बहादुर ऐडी (९८४८४८०१४३)
ब्यबस्थापक:
सह-सम्पादक:
समाचारदाता: गणेश बहादुर धामी (९८६५५६९५७९)
प्रदेश क ब्युरो प्रमुख शर्मिला रोकाया
अनलाईन सम्पादक गाेविन्द्रराज तिमिल्सेना (९७४५५८०८७६)
कानूनी सल्लाहकार जगत जङ्ग बम
मार्केटिंग म्यानेजर